शुक्रवार, असार ०८ गते, २०७५
परराष्ट्रमन्त्री र मलेसियामाका राजदूत छलफल
मंगलवार, २०७५ जेष्ठ १४ गते ०६:१४

 
 
मलेसिया रोजगारीलाई लिएर नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत अहमद फाद्ली इस्मेलले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटेका छन् । उनले परराष्ट्रमन्त्रीलाई भेटेर वान स्टप सेन्टर (ओएससी) र भिएलएन मलेसियन कानुन अनुसार भएकोले हटाउन नसकिने जनाउ दिएका छन् । 
 
उनले यो सेवा मलेसियन कानुन अनुसार सबै देशमा लागु भएकाले नेपालमा मात्र हटाउन नमिल्ने बताएका हुन् । यद्यपी उनले नेपाल सरकारले चालेको कदमको स्वागत गर्दै मलेसिया सरकारसँबाट अहिलेसम्म कुुनै जवाफ नआएकोले अन्योलता बढेको परराष्ट्रमन्त्री सामु राखेका छन् ।  
 
मलेसिया राजदूतले मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि परराष्ट्रमन्त्री ज्ञवालीलाई ध्यानाकर्षण समेत गराएका छन् । 
यता मन्त्री ज्ञवालीले मलेसिया जाने नेपाली कामदारसँग मनोमानीरुपमा लिइएको अतिरिक्त शुल्क हटाउने विषयमा छलफल गरेका छन् ।

मलेसिया जाने कामदारबाट बायोमेट्रिक, भिएलएन, ओएससी, जिएससी र माइग्रामका नाममा लिइँदै आएको अतिरिक्त शुल्क खारेज गर्ने सरकारको निर्णयपछि कामदार र व्यवसायीमा अन्योल देखिएका बेला मन्त्री ज्ञवालीले त्यस्ता शुल्क तत्काल हटाउन आग्रह गरेका हुन् । त्यस प्रकारका अवाञ्छित, गैरकानूनी र एकपक्षीय शुल्कले नेपाली कामदारले झण्डै रु १८ हजार रकम तिर्दै आएका छन् । 
 
मन्त्री ज्ञवालीले नेपाल सरकारले निःशुल्क प्रवेशाज्ञा र निःशुल्क टिकटमा कामदार पठाउन प्राथमिकता दिएको सन्दर्भमा मलेसियामा जाने कामदारमाथि लादिएको अतिरिक्त शुल्क न्यायोचित नभएकाले यस समस्यालाई तत्काल सम्बोधनका लागि सम्बन्धित सरकारको नेतृत्वलाई सन्देश दिन आग्रह गरेका हुन् । नेपाल र मलेसियाबीच श्रम सम्झौता गरेर यस समस्याको समाधान गर्न पनि भेटमा कुराकानी भएको मन्त्रालयका सहसचिव भृगु ढुंगानाले जानकारी दिए । 
 
कार्यबाहक राजदूत फाद्लीले  मलेसियाले अन्य मुलुकबाट कामदार ल्याउँदा पनि सोही प्रकारको प्रक्रिया भएको अवगत गराउँदै आफ्नो मुलुकमा नयाँ सरकार आएकाले त्यहाँ सन्देश पु¥याउने बताएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारमाथि लिइएको त्यस्तो शुल्क खारेज गर्न परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न अनुरोध गरेको थियो ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   १ सय ९७ मेनपावर कम्पनीको इजाजतपत्र खारेज, ६४ रोजगारदाता कम्पनी कालो सूचीमा
2.   भीएलएनका सञ्चालक श्रेष्ठलाई ललितपुर अदालतले दियो धरौटीमा रिहाइ गर्ने आदेश
3.   सुनसान वैदेशिक रोजगार, असर सर्वत्र
4.   सकसमा वैदेशिक रोजगार
5.   भीएलएनका सञ्चालक श्रेष्ठ अदालतद्धारा धरौटीमा रिहा
6.   ‘फ्रि भिसा र टिकट’ पुनरावलोकन गर्न राष्ट्र बैंकको सुझाव
7.   अर्को बर्षदेखि कोरिया जान सीप, कार्यक्षमता र अन्तर्वार्ता पनि उत्कृष्ट हुनुपर्ने
8.   कोरियन भाषा परीक्षाका नक्कली विद्यार्थी पक्राउ, परीक्षा आज पनि जारी
9.   विदेश पठाउने बाहनामा ठगेको आरोपमा पक्राउ
10.   २०२५ भित्र नेपाललाई बालश्रम मुक्त देश बनाउछौ : श्रममन्त्री विष्ट
11.   कोरिया जान अब भाषासँगै सीप परीक्षण पनि हुने
12.   सबै प्रदेशमा श्रम कार्यालय स्थापना, के–के समेटिए बजेटमा श्रम र वैदेशिक रोजगारको विषय ?
13.   आगामी साउनबाट नियुक्त्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने
14.   ओएससी र भिएलएन तत्काल हटाउन नसकिने मलेसियाको भनाई
15.   स्वेच्छिक अवकाशबाट कर्मचारीले नाम फिर्ता लिन पाउने, पेन्सन पट्टाको बाटो खुल्यो
16.   दक्षिण कोरियासँग श्रम समझदारी नवीकरण
17.   व्यवसायीसँगको छलफलमा मन्त्रीले भने–मेनपावरको धरौटी बढ्छ
18.   एक लाख घरेलु कामदार पठाउन नेपाललाई साउदीको प्रस्ताव
19.   जेठभित्रै तीन वटै तहमा कर्मचारीको व्यवस्थापन गर्ने सरकारको तयारी
20.   विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’
21.   दुबईमा नेपालीले फेला पारेको १ लाख १८ हजार डलर फिर्ता गरेपछि सम्मानित
22.   नेपालीलाई टीपीएस सुविधा नविकरण गर्न अमेरिकी सरकारको आह्वान
23.   विदेशबाट फर्किएका युवालाई नीति तथा कार्यक्रममा वेवास्था गरिएको गुनासो
24.   मलेसियन दूतावास भन्छ : ओएससी र भिएलएन बन्द नगर्नु
25.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
Results 415: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media