शुक्रवार, असार ०८ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ १४ गते ०३:५७

नेपाल टेलिकमले मिस्ड कल एलर्ट सेवालाई पुनः सञ्चालन गर्ने भएको छ । गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले सो सेवा मंगलबारदेखि पुनः सञ्चालनमा ल्याउने भएको हो । 
  
जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध हुनेछ । यो सेवा शुभारम्भ भए पश्चात् सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको वारेमा एसएमएस मार्फत नोटिफिकेसन आउने कम्पनीले जनाएको छ । 
 
सेवा शुभारम्भ गर्नको लागि उपभोक्ताले म्यासेज बक्समा गएर  sub mca  लेखेर १४०० मा एसएमएस गर्ने वा *1400# डायल गर्नुपर्ने हुन्छ ।
 
नेपाल टेलिकमको जीएसएम मोबाइल फोन प्रयोगकर्ताहरुलाई हाल यो सेवा १५ दिनका लागि कम्पनीले निःशुल्क उपलब्ध गराउने छ । त्यसपछि भने मासिक रुपमा ५ रुपैयाँ शुल्क लाग्ने कम्पनीले  आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 
यस्तैगरी गणतन्त्र दिवसकै अवसरमा कम्पनीले १८ रुपैयाँमै एक घण्टासम्म भ्वाइस, एसएमएस र डाटा चलाउन सकिने ‘अनलिमिटेड प्याक’ अफर ल्याएको छ । जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्ताले सो अफर उपभोग गर्न सक्ने छन् । प्रयोगकर्ताले एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न र एसएमएस पठाउन तथा डाटा चलाउन सक्ने छन् । 
 
त्यसैगरी १२ रुपैयाँमा कम्पनीको नेटवर्क भित्र १ सय २० वटा एसएमएस पठाउन सकिने ‘एसएमएस प्याक’ पनि ल्याएको छ । सो प्याक ५ दिन भित्र प्रयोग गरिसक्नु पर्नेछ । 
 
अनलिमिटेड प्याक र एसएमएस प्याक आज (जेठ १४ गते) देखि आगामी जेठ २८ गते सम्म खरिद गर्न सकिन्छ । प्याकेज खरिद गर्नका लागि *1415*8#  डायल गर्न सकिने जनाइएको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता
2.   सल्यानमा इन्भेष्टमेण्टको ७२ औ शाखा संचालनमा
3.   मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
4.   'खेलौं रमाऔँ बैंङ्कक जाऔ' अफर सहित 'आइएमई वल्र्ड कप उत्सव–२०१८' शुरु
5.   प्रभू टिभीको सुरुवात, देशमै पहिलो डिजिटल भिडियो प्रसारणमा आधारित सेवा
6.   आइएमईले चौथो अन्तराष्ट्रिय पारिवारिक विप्रेषण दिवस मनायो
7.   आइएमई जनरल इन्स्योरेन्स र बयोधा हस्पिटलबीच सम्झौता
8.   महालक्ष्मी विकास बैंकको एकैसाथ २ शाखा संचालनमा
9.   आइएमईले मनायो १८ औं वार्षिकोत्सव
10.   माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा
11.   रेमिटयान्स वृद्धिदरमा आयो सुधार
12.   टेलिकमको सबै सेवा मोबाइल एपबाटै
13.   एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान
14.   गोपाल खड्काले राजिनामा दिए
15.   सेयरमा लाभकर लगाउने निर्णयबाट सरकार पछि हट्यो
16.   मेगा बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
17.   तनहुँमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर खुल्यो
18.   ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा
19.   युनाइटेड बेभरेजले ल्यायो 'पल्पी' र 'हेप्पी' ब्राण्डका नयाँ जुस
20.   नेपालमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई ढकालको आग्रह
21.   'किरानामा' कुमारी बैंकको महाबचत योजना
22.   सिद्धार्थ बैंक आइएमई पे वालेटमा आवद्ध
23.   इन्भेष्टमेन्ट बैंकको एक्स्टेन्सन काउन्टर थापाथलीमा, २४ घन्टा नै सञ्चालन हुने
24.   आर्थिक वर्ष २०७५र०७६ का लागि १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत (बजेटको पूर्ण पाठसहित)
25.   टेलिकमले ल्यायो मिस्ड कल एलर्ट सर्भिस
Results 887: You are at page 1 of 36
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media