शुक्रवार, असार ०८ गते, २०७५
सोमवार, २०७५ जेष्ठ १३ गते ०६:१२

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मेनपावर व्यवसायीहरुबीच वैदेशिक रोजगारको पछिल्लो अवस्थाको बारेमा छलफल भएको छ । मन्त्रालयमा आइतबार साँझ भएको छलफलमा मन्त्री विष्टले मेनपावर व्यवसायलाई मर्यादित बनाउन सरकारले धरौटी बढाउने तयारी गरेको जानकारी दिए ।
 
‘च्याउसरी उम्रिएका मेनपावरहरुलाई कानुनी दायरामा ल्याउन र ठगि नियन्त्रण गर्न धरौटी बढाउनै पर्ने भएको छ’ मन्त्री विष्टको भनाई उदृत गर्दै छलफलमा सहभागी एक व्यवसायीले बताए । मन्त्री विष्टले मेनपावरहरुलाई मर्ज हुने अधिकार दिइने तर धरौटी कति बढछ भन्ने विषयमा भने केहि नखुलाएको ती सहभागीले जानकारी दिए । 
 
सबै मेनपावरहरुले वैदेशिक रोजगारीका क्रममा ठगि नगरेतापनि केहि मेनपावर कम्पनीहरुले भने ठगि गरेकाले कानुनी दायरामा ल्याउने मन्त्री विष्टको भनाई थियो । छलफलको क्रममा मन्त्री विष्टले सरकारले चालेका कदममा व्यवसायीलाई सहयोग गर्न आग्रह गर्दै आफु विदेश भ्रमणबाट फर्किएपछि यस विषयमा गहन छलफल हुने बताएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले रोजगारमञ्चलाई जानकारी दिए ।  
 
यता छलफलका क्रममा व्यवसायीहरुले मन्त्री समक्ष मागपत्र दुतावासमा प्रमाणिकरण गर्दाका समस्या, कामदारको न्यूनतम पारिश्रामिकको पुनरावलोकन, मेनपावरले लिने सेवाशुल्क परिमार्जनलगायतको माग राख्दै सिण्डिकेट खारेजको निर्णयलाई स्वागत गरिएको अध्यक्ष गुरुङले रोजगारमञ्चलाई बताए । 
 
व्यवसायी र मन्त्रीको छलफलबाट मलेसिया रोजगारीको विषय र वैदेशिक रोजगारीका पछिल्लो घटनाक्रमका बारेमा केहि निचोड आउने अपेक्षा गरिएपनि विना निष्कर्ष छलफल टुंगिएको छ । 

छलफलमा संघका अध्यक्ष गुरुङसहित प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष चित्र गुप्ता सावा, लोकतान्त्रिक वैदेशिक रोजगार फोरमका अध्यक्ष विष्णु गैरे, संघका पूर्वअध्यक्षहरुलगायत एक दर्जन व्यवसायीहरुको सहभागिता रहेको थियो ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   १ सय ९७ मेनपावर कम्पनीको इजाजतपत्र खारेज, ६४ रोजगारदाता कम्पनी कालो सूचीमा
2.   भीएलएनका सञ्चालक श्रेष्ठलाई ललितपुर अदालतले दियो धरौटीमा रिहाइ गर्ने आदेश
3.   सुनसान वैदेशिक रोजगार, असर सर्वत्र
4.   सकसमा वैदेशिक रोजगार
5.   भीएलएनका सञ्चालक श्रेष्ठ अदालतद्धारा धरौटीमा रिहा
6.   ‘फ्रि भिसा र टिकट’ पुनरावलोकन गर्न राष्ट्र बैंकको सुझाव
7.   अर्को बर्षदेखि कोरिया जान सीप, कार्यक्षमता र अन्तर्वार्ता पनि उत्कृष्ट हुनुपर्ने
8.   कोरियन भाषा परीक्षाका नक्कली विद्यार्थी पक्राउ, परीक्षा आज पनि जारी
9.   विदेश पठाउने बाहनामा ठगेको आरोपमा पक्राउ
10.   २०२५ भित्र नेपाललाई बालश्रम मुक्त देश बनाउछौ : श्रममन्त्री विष्ट
11.   कोरिया जान अब भाषासँगै सीप परीक्षण पनि हुने
12.   सबै प्रदेशमा श्रम कार्यालय स्थापना, के–के समेटिए बजेटमा श्रम र वैदेशिक रोजगारको विषय ?
13.   आगामी साउनबाट नियुक्त्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने
14.   ओएससी र भिएलएन तत्काल हटाउन नसकिने मलेसियाको भनाई
15.   स्वेच्छिक अवकाशबाट कर्मचारीले नाम फिर्ता लिन पाउने, पेन्सन पट्टाको बाटो खुल्यो
16.   दक्षिण कोरियासँग श्रम समझदारी नवीकरण
17.   व्यवसायीसँगको छलफलमा मन्त्रीले भने–मेनपावरको धरौटी बढ्छ
18.   एक लाख घरेलु कामदार पठाउन नेपाललाई साउदीको प्रस्ताव
19.   जेठभित्रै तीन वटै तहमा कर्मचारीको व्यवस्थापन गर्ने सरकारको तयारी
20.   विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’
21.   दुबईमा नेपालीले फेला पारेको १ लाख १८ हजार डलर फिर्ता गरेपछि सम्मानित
22.   नेपालीलाई टीपीएस सुविधा नविकरण गर्न अमेरिकी सरकारको आह्वान
23.   विदेशबाट फर्किएका युवालाई नीति तथा कार्यक्रममा वेवास्था गरिएको गुनासो
24.   मलेसियन दूतावास भन्छ : ओएससी र भिएलएन बन्द नगर्नु
25.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
Results 415: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media