मंगलवार, असार ०५ गते, २०७५
सोमवार, २०७५ जेष्ठ १३ गते ०१:४२

गेराथ बेलको उत्कृष्ट प्रदर्शन तथा लिभरपुलका गोलकिपर लोरिस कारिउसको गल्तीको मद्दतले रियल म्याड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।
 
बेञ्चबाट आउँदै बेलले च्याम्यिन्स लिगको फाइनलको सबैभन्दा उत्कृष्ट गोल मध्ये एक गरे भने लरिस करियसलाई अर्को गल्ती गर्न बाध्य बनाएपछि लिभरपुललाई ३–१ गोलले अन्तरले हराउँदै रियल युरोपियन च्याम्पियन बनेको हो ।
 
खेलको शुरुवात अघिसम्म आजको खेल क्रिस्टियानो रोनाल्डो र मोहमद शलाहबीचको भिडन्त हुने अपेक्षा गरिएको थियो । तर, पहिलो हाफको मध्यतिर शलाह घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए । २५ वर्षीय इजिप्सियन खेलाडी कुममा चोट लागेपछि मैदान छाड्न बाध्य बनेका थिए ।
 
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको दोस्रो हाफको शुरुवातमा नै गोलकिपर लोरिसको गल्तीको फाइदा उठाउँदै करिम बेन्जेमाले रियललाई अग्रता दिलाए । तर, लगत्तै कर्नरमा साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए ।
 
खेल १–१ को बराबरीमा रहेको बेला बेल खेलमा आए । लगत्तै उनले खेलको ६४ औँ मिनेटमा रियललाई पुनः अग्रता दिलाए । उनले रोनाल्डोले टुरिनमा गरेको ओभरहेड किकजस्तै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
 
खेलको ८३ औँ मिनेटमा उनको प्रहारलाई गोलकिपर लरिस करियसले रोक्न नसक्दा रियलले अग्रता फराकिलो बनायो । त्यसपछि कुनै गोल हुन सकेन र रियलले खेल ३–१ ले आफ्नो पक्षमा पार्न सफल रह्यो ।
 
यसअघि पहिलो हाफमा रियलका डिफेन्डर ड्यानी कार्भाहल पनि घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।
 
योसँगै रियल बायर्न म्युनिखपछि युरोपियन कप–च्याम्पियन्स लिग लगातार तीन पटक जित्ने पहिलो टोली बनेको छ । सँगै रियलका प्रशिक्षक जिनेदिन जिदान यो उपाधि तीन पटक जित्ने बब पेइस्ली र कार्लो एन्चेलोटीपछि तेस्रो प्रशिक्षक बनेका छन् ।
 
उता जर्गन क्लपले भने ७ मध्ये ६ वटा कप फाइनलमा हार बेहोर्न बाध्य बनेका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन फिचर
1.   एकताको सन्देश दिने विश्वकपको गीत
2.   लोकदोहोरीमा उदाउदै सरीता
3.   चेन्नाईले जित्यो आईपीएलको उपाधि
4.   रियलले रच्यो इतिहास, तेस्रो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि
5.   च्याम्पियन्स लिग फाइनल : को बन्ला युरोपियन च्याम्पियन ?
6.   सांगीतिक उचाइमा मञ्जु
7.   प्रवासमा चम्कदै नवराज
8.   लिस्नर्स क्लब र रोटरी क्लब अफ राजधानीले गहना पोखरीमा होली मनायो
9.   समाजसेवामा समर्पण
10.   फरकधारका सिर्जनामा रमाउछु
11.   सुमधुर आवाजकी धनी टीका प्रसाई
12.   ‘बाँच्न कर्म गर्छु,सन्तुष्टीका लागि सिर्जना ।’
13.   दुर्गा खरेल : स्वरमै जादु
14.   ‘कलाकारितामार्फत विश्वमा चिनिने इच्छा छ’
15.   बहुप्रतिक्षित चलचित्र ‘परदेशी’ को फस्टलुक सार्वजनिक (गीत सहित)
16.   सावित्रीको ‘शिशा होस या दिल’ दुबईमा छायांकन
17.   ‘भाग्यले बाँचेकाहरु’ को कथा वृत्तचित्रमा
18.   यर्थाथवादी धरातलमा गीतकार अधिकारी
19.   ओमानमा जनगायक जीवन शर्मा
20.   गुरुङ जाति उद्गमस्थल पहिलोपटक प्रदर्शनीमा
21.   गुरुङ जातिको उदगमस्थलबारे पहिलो फोटो प्रदर्शनी
22.   'काठमाण्डौ जादा' दुबइमा सार्वजनिक
23.   खरेलद्वयले ओमानमा हंगामा मच्चाए
24.   ‘राहादानी’को मारुनी गीत लोकसंगीत महोत्सवमा
25.   कोरिया तताए नेपाली कलाकारले !
Results 26: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media