शुक्रवार, असार ०८ गते, २०७५
आइतवार, २०७५ जेष्ठ १२ गते ०५:१३

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग संकलन अभियानलाई तीव्र बनाएका छन् । उनी दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन् । 
 
कम्पनीको कामको सिलसिलामा विसं २०७३ जेठ ३१ गते आफैँले चलाएको ट्रकले किचेर साउदी नागरिक ओतिन बिल दिगफाको मृत्यु भएपछि घर्तीलाई साउदी प्रहरीले नियन्त्रणमा लिएको थियो । 
 
घटनापछि साउदीस्थित एक स्थानीय अदालतले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरुप दुई लाख २५ हजार साउदी रियल बुझाउनुपर्ने फैसला गरेको थियो । स्थानीय अदालतको फैसलामाथि पुनरावेदन गरी पाउँ भनी साउदीस्थित नेपाली राजदूतावासले अपिल गरेको थियो । तर स्थानीय अदालतको फैसला नै सदर भएपछि घर्तीले नेपाली रुपैयाँ ६५ लाख बुझाउन नसके रिहा हुन नसक्ने व्यवस्था छ । 
 
काठमाडौंस्थित डेस्टिनी ओभरसिज प्रालिले स्काभेटर चालकका रुपमा दिलबहादुरलाई साउदी पठाएको थियो । साउदीस्थित माजित अल दियावही कन्ट्रक्सन प्रालिले उनलाई एक्साभेटर चलाउन नदिएर ट्रक चलाउन लगाएको थियो । 
 
चालक अनुमतिपत्र र वर्क परमिटसमेत नभएका उनलाई कम्पनीले जबर्जस्ती ट्रक चलाउन लगाएको थियो । 
 
घरको आर्थिक अवस्था कमजोर रहेका दिलबहादुरको सम्पत्तिबाट उक्त रकम बुझाउन सकिने सम्भावना नभएपछि श्रीमती मनिताले जीवन रक्षाका लागि सबैसँग अपिल गरेकीले यतिबेला दिलबहादुर बचाऊ अभियानअन्तर्गत देश विदेशमा रहेका रोल्पालीले सहयोग संकलनलाई तीव्र बनाएका छन् । 
 
दिलबहादुर बचाऊ अभियानअन्तर्गत रोल्पा उद्योग वाणिज्य संघले जिल्लाका उद्योगी व्यापारीसँग  एक लाख ४८ हजार रुपैयाँ संकलन गरेको अध्यक्ष विश्वकुमार चन्दले जानकारी दिए । 
 
यसैगरी रोल्पा नगरपालिकालेसमेत दिलबहादुर बचाऊ अभियानका लागि  एक लाख सहयोग गरेको बताइएको छ । काठमाडौंस्थित रोल्पालीलेसमेत सहयोग संकलनलाई तीव्र बनाएका छन् । उपराष्ट्रपतिका छोरा दिपेश पुनको अगुवाइमा सहयोग संकलन अभियानलाई तीव्र पारिएको बताइएको छ । -रासस
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
2.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
3.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
4.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
5.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
6.   एनआरएन यूएईको आयोजनामा इफ्तार
7.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
8.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
9.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
10.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
11.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
12.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
13.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
14.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
15.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
16.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
17.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
18.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
19.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
20.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
21.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
22.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
23.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
24.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
25.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
Results 566: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media