सोमवार, असार ०४ गते, २०७५
शनिवार, २०७५ जेष्ठ १२ गते २२:५१

आशिष मल्ल ठकुरी । काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ । शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको  बसमा आगलागी भएको हो ।
 
ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा  लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ ।
 
अगाडिको चक्काबाट लागेको आगोले केही क्षणमा भयानक रुप लिए पनि यात्रु भने सकुशल छन् । बसमा कति यात्रु थिए भन्नेबारे केही खुलाइएको छैन ।
 
गाडीमा भएका यात्रुहरुका समान पनि गाडीसँगै जलेका छन् । दमकल समयमा नपुग्दा गाडी पूर्णरुपमा जलेको बताइएको छ ।
 
नेपालमै पहिलोपटक डडेल्धुराको उग्रतारा सार्वजनिक यातायातले  केही महिनाअघि शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक बस सञ्चालनमा ल्याएको थियो ।
 
गुडिरहेकै अवस्थामा बसमा कमै मात्र आगलागी हुन्छ । यसअघि गत माघ २४ गते काभ्रेको धुलिखेलमा पनि गुडिरहेकै अवस्थामा बसमा आगो सल्केको थियो । बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको हिमाल तराई यातायातको बा ३ ख ३२७० नम्बरको बसमा सल्केको आगोले बस क्षतिग्रस्त भए पनि यात्रु भने जोगिन सफल भएका थिए ।
 
त्यसैगरी, ०७३ वैशाख १८ गते नेपालगञ्जबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ६९५ नम्बरको यात्रुवाहक बसमा पनि आगो सल्केको थियो । तर आगो फैलन नपाउँदै प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए । आगोले जल्दा छतमा राखिएका सात मोटरसाइकल र सामान नष्ट भएका थिए । -अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
201.   पूर्वाधार विकास कम्पनीको अध्यक्षमा एनआरएनए उपाध्यक्ष भट्ट चयन
202.   एनआरएनमा थप १० सहित २१ जना सल्लाहकार नियुक्त
203.   एनआरएनए टास्कफोर्समा पहिलो पटक 'हजारे अभियान' र 'उद्धार कोष' समावेश
204.   एनआरएन अध्यक्ष घले र कतारी गृहमन्त्रालयका उच्च अधिकारीवीच छलफल
205.   एनआरएन कतारको नयाँ कार्यसमितिको कार्यभार हस्तान्तरण
206.   एनआरएनएले साउदी अरबमा श्रमिक सर्वेक्षण गर्ने
207.   एनआरएनए कतारमा तामाङ
208.   शर्माद्धारा धादिङ सेर्तुङका १२ सयलाई कम्बल वितरण
209.   घले दम्पतिले जनकपुर अस्पतालमा प्रसुति गृह निर्माण गर्दिने
210.   एनआरएनएद्धारा दोश्रो चरणको औषधि हस्तान्तरण
211.   एनआरएनए र ओलम्पिक कमिटीबीच सम्झौता
212.   एनआरएनए अध्यक्ष शेष घले लैंगिक हिंसाविरुद्धका सदभावदूत घोषित
213.   एनआरएनले सरकारलाई ३८ लाखको औषधी दियो
214.   बहुमतको निर्णय उल्टदैन : अध्यक्ष घले
215.   एनआरएन प्रमुख संरक्षकमा जीवा लामिछाने सर्वसम्मत
216.   पेरिसमा सबै नेपालीहरु सुरक्षितः एनआरएनए फ्रान्स
217.   एनआरएनए प्रवक्तामा रञ्जु थापालाई नियुक्त गर्ने निर्णय
218.   नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई गैरआवासीय नेपाली संघको बधाई
219.   एनआरएन युएई महिला फोरमद्वारा भूकम्पपीडितलाई दशैंका लागि राहत
220.   एनआरएन अभियानमा कहिल्यै थाक्दिन : कार्की (प्रेश विज्ञप्तीसहित)
221.   एनआरएन अभियानमा अझै सक्रियता बढाउनेछु : एसी शेर्पा
222.   १० बुदे घोषणापत्र जारी गर्दै एनआरएनए विश्वसम्मेलन सम्पन्न
223.   एसिया प्यासिफिक उपसंयोजक श्रेष्ठद्धारा मतदातालाई धन्यवाद
224.   एनआरएनएको सातौं विश्व सम्मेलन शुरु
225.   शेष घले एनआरएनए अध्यक्षमा फेरि निर्वाचित
Results 406: You are at page 9 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media