सोमवार, असार ०४ गते, २०७५
शनिवार, २०७५ जेष्ठ १२ गते २२:५१

आशिष मल्ल ठकुरी । काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ । शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको  बसमा आगलागी भएको हो ।
 
ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा  लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ ।
 
अगाडिको चक्काबाट लागेको आगोले केही क्षणमा भयानक रुप लिए पनि यात्रु भने सकुशल छन् । बसमा कति यात्रु थिए भन्नेबारे केही खुलाइएको छैन ।
 
गाडीमा भएका यात्रुहरुका समान पनि गाडीसँगै जलेका छन् । दमकल समयमा नपुग्दा गाडी पूर्णरुपमा जलेको बताइएको छ ।
 
नेपालमै पहिलोपटक डडेल्धुराको उग्रतारा सार्वजनिक यातायातले  केही महिनाअघि शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक बस सञ्चालनमा ल्याएको थियो ।
 
गुडिरहेकै अवस्थामा बसमा कमै मात्र आगलागी हुन्छ । यसअघि गत माघ २४ गते काभ्रेको धुलिखेलमा पनि गुडिरहेकै अवस्थामा बसमा आगो सल्केको थियो । बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको हिमाल तराई यातायातको बा ३ ख ३२७० नम्बरको बसमा सल्केको आगोले बस क्षतिग्रस्त भए पनि यात्रु भने जोगिन सफल भएका थिए ।
 
त्यसैगरी, ०७३ वैशाख १८ गते नेपालगञ्जबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ६९५ नम्बरको यात्रुवाहक बसमा पनि आगो सल्केको थियो । तर आगो फैलन नपाउँदै प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए । आगोले जल्दा छतमा राखिएका सात मोटरसाइकल र सामान नष्ट भएका थिए । -अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
176.   कतारमा अलपत्र नेपालीको उद्धारका लागि एनआरएन –श्रममन्त्री भेट
177.   वैदेशिक रोजगारमा हुनेको संचय कोष बनाउने तयारी
178.   एनआरएनए मलेसियाको अध्यक्षमा राई
179.   महिला सशक्तीकरणका लागि एनआरएनए र युएन वुमनबीच समझदारी
180.   एनआरएनलाई संरचनात्मक रुपान्तरण गर्ने निर्णय
181.   एनआरएनए अध्यक्ष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा १०५ औं नम्बरमा
182.   अलपत्र कामदारलाई एनआरएनए आइसिसि सदस्य शर्माको सहयोग
183.   एनआरएन कतारको खस्कदो छवी
184.   वैदेशिक रोजगारी सम्वन्धी सुचना दिने मोवाइल एप्स ‘शुभयात्रा’ सार्वजनिक
185.   वैदेशिक रोजगारसम्वन्धी मोबाइल एप्स सार्वजनिक हुदै
186.   पानामा पेपर्स प्रकरणबारे महतोको प्रष्टोक्ति
187.   एनआरएनए उपाध्यक्ष कुमार पन्तको अध्यक्षतामा परोपकार तथा मानवीय सहायता समिती गठन
188.   एनआरएनएको सहयोगमा लाप्राक बन्ने भयो नमुना गाँउ
189.   राष्ट्रपति भण्डारीद्धारा भूकम्प स्मृति उद्यानको शिलान्यास
190.   एनआरएनए मलेसियाका अध्यक्ष शाहमाथि कारवाही
191.   भूकम्पबाट क्षतिग्रस्थ विद्यालयलाई एनआरएनएको सहयोग
192.   एनआरएनए यूएईद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
193.   एनआरएनए अष्ट्रियाको अध्यक्षमा खतिवडा
194.   एनआरएनए ओमानद्धारा गजल प्रतियोगिता सम्पन्न
195.   इकोटिरियल गुयानामा एनआरएनएको ७३ औ शाखा गठन
196.   एनआरएनएमा केसीले ल्याए १३ बूँदे कार्य योजना
197.   एनआरएनए युएईद्धारा अबुधावीमा निःशुल्क स्वास्थ्य शिविर संचालन
198.   विधार्थीको हितका लागि एनआरएनए अस्ट्रेलियाले कल्याणकारी कोष बनाउने
199.   भूकम्पपीडितका लागि एनआरएनको हजार घर खोई ?
200.   एनआरएनए जापान क्षेत्रीय समिति नागोयद्धारा न्यानो कम्बल वितरण
Results 406: You are at page 8 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media