सोमवार, असार ०४ गते, २०७५
शनिवार, २०७५ जेष्ठ १२ गते २२:५१

आशिष मल्ल ठकुरी । काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ । शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको  बसमा आगलागी भएको हो ।
 
ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा  लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ ।
 
अगाडिको चक्काबाट लागेको आगोले केही क्षणमा भयानक रुप लिए पनि यात्रु भने सकुशल छन् । बसमा कति यात्रु थिए भन्नेबारे केही खुलाइएको छैन ।
 
गाडीमा भएका यात्रुहरुका समान पनि गाडीसँगै जलेका छन् । दमकल समयमा नपुग्दा गाडी पूर्णरुपमा जलेको बताइएको छ ।
 
नेपालमै पहिलोपटक डडेल्धुराको उग्रतारा सार्वजनिक यातायातले  केही महिनाअघि शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक बस सञ्चालनमा ल्याएको थियो ।
 
गुडिरहेकै अवस्थामा बसमा कमै मात्र आगलागी हुन्छ । यसअघि गत माघ २४ गते काभ्रेको धुलिखेलमा पनि गुडिरहेकै अवस्थामा बसमा आगो सल्केको थियो । बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको हिमाल तराई यातायातको बा ३ ख ३२७० नम्बरको बसमा सल्केको आगोले बस क्षतिग्रस्त भए पनि यात्रु भने जोगिन सफल भएका थिए ।
 
त्यसैगरी, ०७३ वैशाख १८ गते नेपालगञ्जबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ६९५ नम्बरको यात्रुवाहक बसमा पनि आगो सल्केको थियो । तर आगो फैलन नपाउँदै प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए । आगोले जल्दा छतमा राखिएका सात मोटरसाइकल र सामान नष्ट भएका थिए । -अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
151.   लाप्राकमा एनआरएनलाई नमुना बस्ती निर्माणको बाटो खुल्यो
152.   एनआरएनए फ्रान्सको बार्षिक साधारणसभा सम्पन्न
153.   न्यूयोर्क यूनिभरसिटीका डाक्टरबाट निशुल्क दन्त शिविर शुरु
154.   एनआरएनए बेल्जियमको एघारौ साधारण सभा सम्पन्न
155.   सेयर बजारमा एनआरएनले अब सिधै लगानी गर्न पाउने
156.   छिटो श्रम सहचारी पठाउन एनआरएन ओमानको माग
157.   एनआरएन उपाध्यक्ष भट्टमाथिको आरोप गलत
158.   एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन ११ बूँदे घोषणापत्र जारी गर्दै सम्पन्न
159.   एनआरएनको २ दिने नवौ क्षेत्रीय सम्मेलन अमेरिकामा शुरु
160.   ओलम्पिकका खेलाडीलाई हौसला दिदै अध्यक्ष घले
161.   एसी शेर्पा सियाटलका लागि महावाणिज्य दूत नियुक्त
162.   एनआरएनएको ७४ औ राष्ट्रिय समन्वय परिषद ब्राजिलमा गठन
163.   एनआरएन स्पेनको पाइसभास्कोमा क्षेत्रीय समिति गठन
164.   एनआरएन युरोप क्षेत्रीय सम्मेलन सम्पन्न
165.   १३ बुँदे निर्णय गर्दै एनआरएनए मध्यपूर्व क्षेत्रीय भेला दोहामा सम्पन्न
166.   मध्यपूर्वी भेलामा सुरक्षित वैदेशिक रोजगारीको विषयमा बृहत छलफल
167.   एनआरएनको पाँचौ क्षेत्रीय सम्मेलन कतारमा
168.   बिपद् ब्यबस्थापनका लागि एनआरएनए र नेपाली सेनावीच समझदारी
169.   एनआरएनए चीनको क्षेत्रीय कमिटी गठन
170.   एनआरएनको मध्यपूर्व भेलामा सामाजिक सुरक्षा कोषको चर्चा हुँदै
171.   एनआरएनए ओमानको तेस्रो पार्षद भेला सम्पन्न
172.   एनआरएन युएईले कामदार बस्ने क्याम्पमा रमजान ईफ्तार बाँड्यो
173.   एनआरएनए युएईको रमजान कार्यक्रम
174.   वैदेशिक रोजगारीमा रहेका नेपालीको सामाजिक शुरक्षाका लागि सयुक्त रुपमा काम गर्न एनआरएनए र संचयकोषबीच समझदारी
175.   अफगानिस्तानमा मारिएका नेपालीको परिवारलाई एनआरएनले सहयोग गर्ने
Results 406: You are at page 7 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media