सोमवार, असार ०४ गते, २०७५
शनिवार, २०७५ जेष्ठ १२ गते २२:५१

आशिष मल्ल ठकुरी । काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ । शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको  बसमा आगलागी भएको हो ।
 
ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा  लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ ।
 
अगाडिको चक्काबाट लागेको आगोले केही क्षणमा भयानक रुप लिए पनि यात्रु भने सकुशल छन् । बसमा कति यात्रु थिए भन्नेबारे केही खुलाइएको छैन ।
 
गाडीमा भएका यात्रुहरुका समान पनि गाडीसँगै जलेका छन् । दमकल समयमा नपुग्दा गाडी पूर्णरुपमा जलेको बताइएको छ ।
 
नेपालमै पहिलोपटक डडेल्धुराको उग्रतारा सार्वजनिक यातायातले  केही महिनाअघि शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक बस सञ्चालनमा ल्याएको थियो ।
 
गुडिरहेकै अवस्थामा बसमा कमै मात्र आगलागी हुन्छ । यसअघि गत माघ २४ गते काभ्रेको धुलिखेलमा पनि गुडिरहेकै अवस्थामा बसमा आगो सल्केको थियो । बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको हिमाल तराई यातायातको बा ३ ख ३२७० नम्बरको बसमा सल्केको आगोले बस क्षतिग्रस्त भए पनि यात्रु भने जोगिन सफल भएका थिए ।
 
त्यसैगरी, ०७३ वैशाख १८ गते नेपालगञ्जबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ६९५ नम्बरको यात्रुवाहक बसमा पनि आगो सल्केको थियो । तर आगो फैलन नपाउँदै प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए । आगोले जल्दा छतमा राखिएका सात मोटरसाइकल र सामान नष्ट भएका थिए । -अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
126.   ९ वुदे घोषणापत्र जारी गर्दै एनआरएनए एशिया प्रशान्त क्षेत्रीय भेला सम्पन्न
127.   मलेसियाका नाममा अतिरिक्त शुल्क असुल्नेलाई कारवाही गर्ने परराष्ट्र मन्त्रीको भनाई
128.   कमसेकम नेपालीलाई नेपालीले नठगौ : राजदूत बस्न्यात
129.   मलेसियामा एनआरएनको माहोल तात्दै
130.   एनआरएनए साउदीको ताबुक क्षेत्रमा कार्की
131.   नेपाली उत्पादन प्रवर्द्धन गर्न एनआरएनए जापान र उद्योग मन्त्रालबीच सम्झौता
132.   एनआरएनए ओमानद्वारा ढोरबाराही दिदीबहिनी समितिलाई सहयोग
133.   थाई नेपाली संघको अध्यक्षमा कुमार कार्की सर्वसम्वत
134.   डिभी लट्री बन्द गर्ने बिधयेक अमेरिकी संसदमा
135.   कल्याणकारी कोष स्थापना गर्न एनआरएन मलेसियाले कार्यक्रम गर्दै
136.   अष्ट्रेलियामा एनआरएनएको व्यावसायिक सम्मेलन
137.   एनआरएनएले लाप्राकमा बनाइरहेको नमुनाबस्तीलाई अष्ट्रेलियाबाट ५० लाख सहयोग
138.   एनआरएनए भवन निर्माणको कार्य तिब्र
139.   एनआरएनको लाप्राक पुनःनिर्माणमा सेनाको साथ
140.   स्कुल बस किन्न एनआरएनद्वारा १३ लाख रुपैयाँ सहयोग
141.   गैरआवासीय नेपालीलाई लगानी भित्र्याउन मन्त्री डा. महतको आग्रह
142.   एनआरएन र प्रज्ञाप्रतिष्ठानबीच साहित्यिक सहमतिपत्रमा हस्ताक्षर
143.   एनआरएनए अमेरिकाको पाँचौ बार्षिक साधारण सभाको तयारी पुरा
144.   सडक दुर्घटनामा परेका जीबनलार्इ एनआरएन युएर्इको सहयोग
145.   एनआरएनएले सुरु गर्यो लाप्राक नमुना बस्तीको निर्माण कार्य
146.   सातबुदे घोषणापत्र जारी गर्दै एनआरएन अफ्रिका क्षेत्रीय बैठक सम्पन्न
147.   एनआरएनए अफ्रिका क्षेत्रीय बैठक मानवतस्करी रोक्ने विषयमा केन्द्रित
148.   एनआरएनए नाइजेरियाको मन्दिरलाई सहयोग
149.   गैरआवासीय नेपाली सम्वन्धी कानुन चाडै बनाउने मन्त्री महतको प्रतिवद्धता
150.   एनआरएनए एसिया प्यासिफिकको बाली सम्मेलन सम्पन्न
Results 406: You are at page 6 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media