सोमवार, असार ०४ गते, २०७५
शनिवार, २०७५ जेष्ठ १२ गते २२:५१

आशिष मल्ल ठकुरी । काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ । शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको  बसमा आगलागी भएको हो ।
 
ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा  लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ ।
 
अगाडिको चक्काबाट लागेको आगोले केही क्षणमा भयानक रुप लिए पनि यात्रु भने सकुशल छन् । बसमा कति यात्रु थिए भन्नेबारे केही खुलाइएको छैन ।
 
गाडीमा भएका यात्रुहरुका समान पनि गाडीसँगै जलेका छन् । दमकल समयमा नपुग्दा गाडी पूर्णरुपमा जलेको बताइएको छ ।
 
नेपालमै पहिलोपटक डडेल्धुराको उग्रतारा सार्वजनिक यातायातले  केही महिनाअघि शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक बस सञ्चालनमा ल्याएको थियो ।
 
गुडिरहेकै अवस्थामा बसमा कमै मात्र आगलागी हुन्छ । यसअघि गत माघ २४ गते काभ्रेको धुलिखेलमा पनि गुडिरहेकै अवस्थामा बसमा आगो सल्केको थियो । बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको हिमाल तराई यातायातको बा ३ ख ३२७० नम्बरको बसमा सल्केको आगोले बस क्षतिग्रस्त भए पनि यात्रु भने जोगिन सफल भएका थिए ।
 
त्यसैगरी, ०७३ वैशाख १८ गते नेपालगञ्जबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ६९५ नम्बरको यात्रुवाहक बसमा पनि आगो सल्केको थियो । तर आगो फैलन नपाउँदै प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए । आगोले जल्दा छतमा राखिएका सात मोटरसाइकल र सामान नष्ट भएका थिए । -अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
76.   एनआरएनए इजरायलमा शेर्पा बिजयी
77.   विदेशमा बस्ने एनआरएनहरु सप्तरीका बाढिपीडितसँग
78.   एनआरएनए मलेसियामा न्यौपाने निर्विरोध
79.   एनआरएन आयरल्याण्डको अध्यक्षमा कोइराला निर्विरोध
80.   मध्यपूर्बी सहसंयोजकमा ढकालको उम्मेदवारी, यस्ता छन प्रतिवद्धता
81.   एनआरएनए घानाको अध्यक्षमा पदम राना निर्बिरोध
82.   मध्यपूर्वको एकता बिना एनआरएनएको नेतृत्वमा पुग्न नसकिने ठहर
83.   न्यौपाने र तिवारी एनआरएन मलेसियाको अध्यक्षमा भिड्दै
84.   एनआरएनए कुबेतमा तामाङ सर्वसम्मत, स्वीडेनमा श्रेष्ठ बने अध्यक्ष
85.   एनआरएन कोरियाको अध्यक्षमा गुरुङको पक्षमा माहोल बन्दै
86.   एनआरएनए सचिवमा मध्यपूर्व संयोजक क्षेत्रीको उम्मेदवारी घोषणा
87.   एनआरएनए मध्यपूर्व संयोजकमा शर्माको उम्मेदवारी घोषणा
88.   बाढी पीडितको अवस्था बुझ्न एनआरएनए पदाधिकारी सप्तरीमा
89.   गैरआवासीय नेपाली संघले सप्तरीमा राहत बितरण गर्ने
90.   एनआरएन कतारको महिला संयोजकमा गुरुङ निर्वाचित
91.   बाढीपीडितका लागि एनआरएनद्वारा राहत कोष स्थापना
92.   एनआरएनए ओमानमा पुनः श्रेष्ठ, आइसिसि नेतृत्वका लागि केसी र क्षेत्रीको नाम प्रस्ताव
93.   एनआरएनए जाम्बियाको अध्यक्षमा उप्रेती निर्वाचित
94.   गैरआवासीय नेपाली नागरिकता माग गर्दै एनआरएन युरोप क्षेत्रीय बैठक सम्पन्न
95.   एनआरएनए साउदी अरबको दशौं वाषिर्कोत्सब सम्पन्न
96.   गैरआवासीय नेपाली संघको दशौं युरोपियन बैठक जर्मनीमा सुरु
97.   अध्यक्ष घलेको पत्रले एनआरएन अमेरिकाको विवाद सकिदै
98.   एनआरएनए स्पेनको अध्यक्षमा सापकोटा
99.   एनआरएन क्लव ओमानको सोहार क्षेत्रीय समितिमा गौतम
100.   एनआरएनए महासचिवको पत्रले अमेरिकी एनआरएनमा खैलाबैला
Results 406: You are at page 4 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media