सोमवार, असार ०४ गते, २०७५
शनिवार, २०७५ जेष्ठ १२ गते २२:५१

आशिष मल्ल ठकुरी । काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ । शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको  बसमा आगलागी भएको हो ।
 
ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा  लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ ।
 
अगाडिको चक्काबाट लागेको आगोले केही क्षणमा भयानक रुप लिए पनि यात्रु भने सकुशल छन् । बसमा कति यात्रु थिए भन्नेबारे केही खुलाइएको छैन ।
 
गाडीमा भएका यात्रुहरुका समान पनि गाडीसँगै जलेका छन् । दमकल समयमा नपुग्दा गाडी पूर्णरुपमा जलेको बताइएको छ ।
 
नेपालमै पहिलोपटक डडेल्धुराको उग्रतारा सार्वजनिक यातायातले  केही महिनाअघि शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक बस सञ्चालनमा ल्याएको थियो ।
 
गुडिरहेकै अवस्थामा बसमा कमै मात्र आगलागी हुन्छ । यसअघि गत माघ २४ गते काभ्रेको धुलिखेलमा पनि गुडिरहेकै अवस्थामा बसमा आगो सल्केको थियो । बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको हिमाल तराई यातायातको बा ३ ख ३२७० नम्बरको बसमा सल्केको आगोले बस क्षतिग्रस्त भए पनि यात्रु भने जोगिन सफल भएका थिए ।
 
त्यसैगरी, ०७३ वैशाख १८ गते नेपालगञ्जबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ६९५ नम्बरको यात्रुवाहक बसमा पनि आगो सल्केको थियो । तर आगो फैलन नपाउँदै प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए । आगोले जल्दा छतमा राखिएका सात मोटरसाइकल र सामान नष्ट भएका थिए । -अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
51.   एनआरएनए उपाध्यक्षमा कुल आचार्यको उम्मेदवारी
52.   एनआरएनए आइसीसी युवा संयोजकमा ओली
53.   एनआरएन–शिक्षा राज्यमन्त्री अधिकारीबीच भेटवार्ता
54.   एनआरएनको सचिव पदमा अष्ट्रेलियाबाट गणेश केसीको उम्मेद्वारी घोषणा
55.   ओशियाना संयोजकमा प्रेम सापकोटाको उमेदवारी
56.   एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको उम्मेदवारी घोषणा
57.   एनआरएनए मध्यपूर्ब संयोजकमा धरम के.सी.को उम्मेदवारी
58.   एनआरएनए उपाध्यक्षमा कतारबाट भाटले उम्मेदवारी दिदै
59.   एनआरएनए महिला उपाध्यक्षमा सपिला राजभण्डारीको उम्मेदवारी
60.   एनआरएनए मध्यपूर्वी संयोजकमा शर्माको उम्मेद्वारी, यस्ता छन प्रतिवद्धता
61.   एनआरएनए महिला संयोजकमा अष्ट्रेलियाबाट भोमा लिम्बूको उम्मेद्वारी
62.   एनआरएनएको सचिवमा आयो भट्टराईको उम्मेदवारी.
63.   एनआरएनए एसिया प्यासिफिक संयोजकमा गोविन्द श्रेष्ठको उम्मेदवारी, यस्ता छन प्रतिवद्धता
64.   एनआरएनएका सचिव श्रेष्ठको महासचिवमा उम्मेदवारी
65.   दुई कार्यकाल एनआरएनए उपाध्यक्ष रहेका भट्टको अध्यक्षमा उम्मेदवारी घोषणा
66.   एनआरएनए महासचिवमा त्रिलोक गुरुङको उम्मेदवारी घोषणा
67.   एनआरएनए कोरियामा लक्ष्मी लामा गुरुङ बिजयी
68.   एनआरएनए गल्फ सह–संयोजकमा प्रविन गुरुङको उम्मेदवारी
69.   एनआरएनए एनसीसी कतारको नबनिर्बाचित कार्यसमितीलाई सपथ तथा कार्यभार हस्तान्तरण
70.   एनआरएन अमेरिकाको अध्यक्षमा पौडेल विजयी
71.   एनआरएनए तान्जानियाको अध्यक्षमा थापा निर्वाचित
72.   एनआरएन बेल्जियमको अध्यक्षमा दाहाल विजयी
73.   एनआरएनए कतारमा पोखरेल बिजयी
74.   युवा समाजसेवी युवराज शर्मा
75.   एनआरएनए कतारको प्रथम उपाध्यक्षमा कटुवालको उम्मेदवारी, यस्ता छन प्रतिवद्धता
Results 406: You are at page 3 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media