सोमवार, असार ०४ गते, २०७५
शनिवार, २०७५ जेष्ठ १२ गते २२:५१

आशिष मल्ल ठकुरी । काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ । शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको  बसमा आगलागी भएको हो ।
 
ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा  लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ ।
 
अगाडिको चक्काबाट लागेको आगोले केही क्षणमा भयानक रुप लिए पनि यात्रु भने सकुशल छन् । बसमा कति यात्रु थिए भन्नेबारे केही खुलाइएको छैन ।
 
गाडीमा भएका यात्रुहरुका समान पनि गाडीसँगै जलेका छन् । दमकल समयमा नपुग्दा गाडी पूर्णरुपमा जलेको बताइएको छ ।
 
नेपालमै पहिलोपटक डडेल्धुराको उग्रतारा सार्वजनिक यातायातले  केही महिनाअघि शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक बस सञ्चालनमा ल्याएको थियो ।
 
गुडिरहेकै अवस्थामा बसमा कमै मात्र आगलागी हुन्छ । यसअघि गत माघ २४ गते काभ्रेको धुलिखेलमा पनि गुडिरहेकै अवस्थामा बसमा आगो सल्केको थियो । बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको हिमाल तराई यातायातको बा ३ ख ३२७० नम्बरको बसमा सल्केको आगोले बस क्षतिग्रस्त भए पनि यात्रु भने जोगिन सफल भएका थिए ।
 
त्यसैगरी, ०७३ वैशाख १८ गते नेपालगञ्जबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ६९५ नम्बरको यात्रुवाहक बसमा पनि आगो सल्केको थियो । तर आगो फैलन नपाउँदै प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए । आगोले जल्दा छतमा राखिएका सात मोटरसाइकल र सामान नष्ट भएका थिए । -अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
376.   घलेको लगानीमा अष्ट्रेलियामा ५० तल्ले होटल र अपार्टमेन्ट बन्दै
377.   एनआरएनए साउदीको सहयोगमा दुर्इ पीडित महिला स्वदेश फर्किंदै
378.   एनआरएन अभियान जन्मदेखि अहिलेसम्म
379.   एनआरएन अध्यक्ष घलेद्वारा उच्चस्तरीय भेटवार्ता
380.   संविधानसभा निर्वाचन सफलताका लागि गैरआवासीय नेपाली संघको शुभकामना
381.   घलेले तिरे घरजग्गा र मालपोत बापतको ४ करोड कर
382.   बैदेशिक रोजगार उद्धार कोषमा घलेको एक करोड
383.   एनआरएन प्रवक्तामा अष्ट्रेलियाका मन केसी
384.   १४ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए सम्मेलन सम्पन्न
385.   एसिया प्रशान्त क्षेत्रीय संयोजकमा राई बिजयी
386.   एनआरएन अमेरिका विवादरहित
387.   एनआरएन अध्यक्षमा घले, उपाध्यक्षमा कार्की र भट्ट
388.   एनआरएन सचिवमा श्याम तामाङको पक्षमा समर्थन जुट्दै
389.   एनआरएन कोषाध्यक्षमा श्रेष्ठको उम्मेदवारी
390.   एनआरएन एशिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा गोबिन्दको उम्मेदवारी
391.   गैरआवासीय नेपाली संघको छैटौं सम्मेलन आजदेखि
392.   गैरआवासीय नेपालीहरुको विश्व सम्मेलन आइतबारदेखि काठमाडौंमा
393.   एनआरएन छैठौँ सम्मेलन र चुनौतिहरू
394.   सहमतिका लागि एनआरएन संरक्षकको अपिल
395.   एनआरएनलाई कूटनीतिक रूपमा परिचालन गर्नुपर्छ’
396.   एनआरएनएको उपाध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा
397.   कंगोमा गैरआवासीय नेपाली संघ गठन
398.   एनआरएन विश्व सम्मेलनमा बैदेशिक रोजगार प्राथमिकतामा
399.   म गफ होइन काममा विश्वास राख्छु
400.   एनआरएन एसिया प्रशान्त क्षेत्रीय संयोजकमा राईको दावी
Results 406: You are at page 16 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media