सोमवार, असार ०४ गते, २०७५
शनिवार, २०७५ जेष्ठ १२ गते २२:५१

आशिष मल्ल ठकुरी । काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ । शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको  बसमा आगलागी भएको हो ।
 
ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा  लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ ।
 
अगाडिको चक्काबाट लागेको आगोले केही क्षणमा भयानक रुप लिए पनि यात्रु भने सकुशल छन् । बसमा कति यात्रु थिए भन्नेबारे केही खुलाइएको छैन ।
 
गाडीमा भएका यात्रुहरुका समान पनि गाडीसँगै जलेका छन् । दमकल समयमा नपुग्दा गाडी पूर्णरुपमा जलेको बताइएको छ ।
 
नेपालमै पहिलोपटक डडेल्धुराको उग्रतारा सार्वजनिक यातायातले  केही महिनाअघि शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक बस सञ्चालनमा ल्याएको थियो ।
 
गुडिरहेकै अवस्थामा बसमा कमै मात्र आगलागी हुन्छ । यसअघि गत माघ २४ गते काभ्रेको धुलिखेलमा पनि गुडिरहेकै अवस्थामा बसमा आगो सल्केको थियो । बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको हिमाल तराई यातायातको बा ३ ख ३२७० नम्बरको बसमा सल्केको आगोले बस क्षतिग्रस्त भए पनि यात्रु भने जोगिन सफल भएका थिए ।
 
त्यसैगरी, ०७३ वैशाख १८ गते नेपालगञ्जबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ६९५ नम्बरको यात्रुवाहक बसमा पनि आगो सल्केको थियो । तर आगो फैलन नपाउँदै प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए । आगोले जल्दा छतमा राखिएका सात मोटरसाइकल र सामान नष्ट भएका थिए । -अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
351.   श्रम सम्झौता गरेर मात्र महिला कामदार पठाउने
352.   सरकारी प्रतिनिधि टोलीलाई एनआरएन ओमानको ज्ञापन पत्र
353.   एनआरएनको सातौँ यूरोपियन क्षेत्रीय सम्मेलन सम्पन्न
354.   एनआरएन युरोप क्षेत्रीय वैठक बार्सिलोनामा सुरु
355.   एनआरएनको खोल ओड्दै नाम र दाम हत्याउनेहरु
356.   कामदारको सुरक्षामा एनआरएनको चासो
357.   एनआरएन मध्यपूर्वी क्षेत्रीय सम्मेलनलाई केही सुझाव
358.   एनआरएन उपाध्यक्ष कार्कीको संयोजकत्वमा सुरक्षित आप्रवासन तथा श्रमिक कल्याण समिती गठन
359.   एनआरएन आईसीसीबाट कतारका विभिन्न व्यक्तिहरु समितीमा मनोनित
360.   एनआरएन अध्यक्षद्वारा उच्चस्तरीय भेटवार्ता
361.   जमुना घले ११ औं धनी महिला
362.   एनआरएन बुल्गारिया राष्ट्रिय समन्वय परिषद गठन
363.   एनआरएनएको प्रथम अफ्रीका क्षेत्रिय बैठक सम्पन्न
364.   एनआरएन उपाध्यक्ष कार्कीलाई वैदेशिक रोजगार टाक्सफोर्सको जिम्मेवारी
365.   प्रधानमन्त्री कोइरालालाई गैरआवासीय नेपाली संघको बधाई
366.   रोजगारी सिर्जनामा जोड दिन एनआरएन अध्यक्षको आग्रह,
367.   एन.आर.एन ओमानको भलिबल प्रतियोगितान सम्पन्न
368.   अल अरबी स्पोर्ट्स क्लवद्धारा एनआरएन कतार सम्मानित
369.   एनआरएन आइसिसि सदस्यमा कतारका गुरुङ मनोनित
370.   एनआरएनको दुई वर्षे कार्ययोजना पारित
371.   सल्लाहाकार छनौट विषयमा एनआरएन भित्र विवाद
372.   एनआरएन परिचयपत्रको आकार घट्दै
373.   गैरआबासिय नेपाली संघको घाना शाखा स्थापना
374.   एनआरएनद्धारा आयकर छुटको माग
375.   जापानमा चारदशक र एनआरएन एकदशक फर्केर हेर्दा
Results 406: You are at page 15 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media