सोमवार, असार ०४ गते, २०७५
शनिवार, २०७५ जेष्ठ १२ गते २२:५१

आशिष मल्ल ठकुरी । काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ । शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको  बसमा आगलागी भएको हो ।
 
ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा  लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ ।
 
अगाडिको चक्काबाट लागेको आगोले केही क्षणमा भयानक रुप लिए पनि यात्रु भने सकुशल छन् । बसमा कति यात्रु थिए भन्नेबारे केही खुलाइएको छैन ।
 
गाडीमा भएका यात्रुहरुका समान पनि गाडीसँगै जलेका छन् । दमकल समयमा नपुग्दा गाडी पूर्णरुपमा जलेको बताइएको छ ।
 
नेपालमै पहिलोपटक डडेल्धुराको उग्रतारा सार्वजनिक यातायातले  केही महिनाअघि शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक बस सञ्चालनमा ल्याएको थियो ।
 
गुडिरहेकै अवस्थामा बसमा कमै मात्र आगलागी हुन्छ । यसअघि गत माघ २४ गते काभ्रेको धुलिखेलमा पनि गुडिरहेकै अवस्थामा बसमा आगो सल्केको थियो । बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको हिमाल तराई यातायातको बा ३ ख ३२७० नम्बरको बसमा सल्केको आगोले बस क्षतिग्रस्त भए पनि यात्रु भने जोगिन सफल भएका थिए ।
 
त्यसैगरी, ०७३ वैशाख १८ गते नेपालगञ्जबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ६९५ नम्बरको यात्रुवाहक बसमा पनि आगो सल्केको थियो । तर आगो फैलन नपाउँदै प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए । आगोले जल्दा छतमा राखिएका सात मोटरसाइकल र सामान नष्ट भएका थिए । -अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
326.   एनआरएन भवनको लागि एनआरएनए एनसीसी यूएईबाट २ लाख सहयोग
327.   एनआरएन कतारका कानूनी सल्लाहकार मियाँ कतारको गृह मन्त्रालयबाट सम्मानित
328.   आर्थिक कुटनीतिमा सरकार-एनआरएनबीच हात्तेमालो अभियान आरम्भ
329.   एनआरएन कतार र अलअरबी स्पोर्टस् क्लवबीच सहकार्य
330.   श्रम सम्झौता नगरेसम्म प्रतिवन्ध नखोल्न एनआरएन कुवेतको माग
331.   एनआरएन कतारद्धारा फुटबल टोलीलाई सम्मान
332.   सामूदायिक भवन निर्माणमा एनआरएनए उपाध्यक्ष कार्कीको १ लाख सहयोग
333.   एनआरएन दिवस सम्पन्न
334.   विविध कार्यक्रम गरि ‘एनआरएन डे’ मनाइदै
335.   सुनकोशी पीडितको आँखामा देखियो शिक्षाको किरण
336.   श्रममन्त्रीलाई एनआरएन ओमानको ज्ञापन पत्र
337.   मध्यपश्चिमका बाढी पीडितलाई एनआरएनको २३ लाख सहयोग
338.   एनआरएन ‘डे’ को अवसरमा साताव्यापी कार्यक्रम
339.   बिद्यालय भवन बनाउन एनआरएन अध्यक्ष घलेद्वारा ५० लाख सहयोग
340.   एनआरएनको क्षेत्रीय सम्मेलन सम्पन्न
341.   एनआरएन उपाध्यक्ष भट्टको पैसा कमाउने दाउ
342.   अलपत्र कामदारको उद्दार र राहतका लागि एनआरएनए र पौरखीवीच सम्झौता
343.   एनआरएन कतारले तीज मनायो
344.   कतारमा ‘एनआरएन कप फुटवल २०१४’ हुदै
345.   एनआरएनए भवन निर्माणका लागि अमेरिकामा २१ लाख संकलन
346.   एनआरएनए क्यानाडाको सातौ सम्मेलन भ्यान्कुभरमा सम्पन्न
347.   एनआरएनको प्राकृतिक प्रकोप पीडितको राहत र उद्धारको अपिल
348.   परराष्ट्र र वैदेशिक रोजगारका विषयमा एनआरएनको चासो
349.   एनआरएन भवन निर्माणका लागि अष्ट्रेलियाबाट झन्डै २ करोड संकलन
350.   एनआरएन ओमानले एमआरपी फारम भर्न सहयोग गर्ने
Results 406: You are at page 14 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media