सोमवार, असार ०४ गते, २०७५
शनिवार, २०७५ जेष्ठ १२ गते २२:५१

आशिष मल्ल ठकुरी । काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ । शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको  बसमा आगलागी भएको हो ।
 
ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा  लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ ।
 
अगाडिको चक्काबाट लागेको आगोले केही क्षणमा भयानक रुप लिए पनि यात्रु भने सकुशल छन् । बसमा कति यात्रु थिए भन्नेबारे केही खुलाइएको छैन ।
 
गाडीमा भएका यात्रुहरुका समान पनि गाडीसँगै जलेका छन् । दमकल समयमा नपुग्दा गाडी पूर्णरुपमा जलेको बताइएको छ ।
 
नेपालमै पहिलोपटक डडेल्धुराको उग्रतारा सार्वजनिक यातायातले  केही महिनाअघि शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक बस सञ्चालनमा ल्याएको थियो ।
 
गुडिरहेकै अवस्थामा बसमा कमै मात्र आगलागी हुन्छ । यसअघि गत माघ २४ गते काभ्रेको धुलिखेलमा पनि गुडिरहेकै अवस्थामा बसमा आगो सल्केको थियो । बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको हिमाल तराई यातायातको बा ३ ख ३२७० नम्बरको बसमा सल्केको आगोले बस क्षतिग्रस्त भए पनि यात्रु भने जोगिन सफल भएका थिए ।
 
त्यसैगरी, ०७३ वैशाख १८ गते नेपालगञ्जबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ६९५ नम्बरको यात्रुवाहक बसमा पनि आगो सल्केको थियो । तर आगो फैलन नपाउँदै प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए । आगोले जल्दा छतमा राखिएका सात मोटरसाइकल र सामान नष्ट भएका थिए । -अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
276.   एनआरएनए महासचिवमा केसी र सचिवमा श्रेष्ठको उम्मेदवारी
277.   एनआरएनए मलेसियामा शाहको अध्यक्षतामा नयाँ कार्यसमिति
278.   एनआरएनए मध्यपूर्व उपसंयोजकमा गिरीको उम्मेदबारी
279.   एनआरएनए मलेसियामा विवाद
280.   एनआरएनए कतारको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न
281.   एनआरएनए बहराइनको अध्यक्षमा पुनः बस्नेत
282.   एनआरएन क्यानडाको अध्यक्षमा सापकोटा निर्बाचित
283.   एनआरएनए थाइल्याण्डमा ढकाल सर्वसम्मत
284.   एनआरएन कतारमा चार प्रतिश्पर्धी
285.   एनआरएनको अध्यक्षमा २२ लाख नेपाली रहेको गल्फको दावी
286.   एनआरएन इजरायलको अध्यक्षमा ओली निर्वाचित
287.   एनआरएनए हङकङमा ललित आङबुहाङ निर्वाचित
288.   कामदारको हितमा काम गर्न एनआरएनको सुझाव
289.   फ्री भीषा फ्री टिकटको निर्णयप्रति एनआरएन ओमानको स्वागत
290.   पहिलो चरणको एनआरएनए क्यानडाको निर्वाचन सम्पन्न
291.   एनआरएन अष्ट्रेलियामा सुरेन्द्र सिग्देल निर्वाचित
292.   एनआरएन अध्यक्ष घलेद्वारा माइती नेपाललाई सहयोग
293.   एनआरएन तान्जानियामा थापा
294.   एनआरएन अध्यक्ष घलेद्वारा राष्ट्रपति यादबसंग भेटवार्ता
295.   एनआरएन ओमानमा श्रेष्ठ
296.   शेष घले पुनर्निर्माणका लागि विशेष दूत नियुक्त
297.   एनआरएनको राहत प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो
298.   शिक्षण अस्पताललाई एनआरएनएद्वारा अर्थोपेडिक इम्प्लान्ट हस्तान्तरण
299.   सिन्धुपाल्चोकको बिद्यालय निमार्णका लागि ‘डकुमेन्ट्री शो’
300.   एनआरएनए नाइजेरियाको अध्यक्षमा कर्ण
Results 406: You are at page 12 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media