सोमवार, असार ०४ गते, २०७५
शनिवार, २०७५ जेष्ठ १२ गते २२:५१

आशिष मल्ल ठकुरी । काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ । शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको  बसमा आगलागी भएको हो ।
 
ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा  लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ ।
 
अगाडिको चक्काबाट लागेको आगोले केही क्षणमा भयानक रुप लिए पनि यात्रु भने सकुशल छन् । बसमा कति यात्रु थिए भन्नेबारे केही खुलाइएको छैन ।
 
गाडीमा भएका यात्रुहरुका समान पनि गाडीसँगै जलेका छन् । दमकल समयमा नपुग्दा गाडी पूर्णरुपमा जलेको बताइएको छ ।
 
नेपालमै पहिलोपटक डडेल्धुराको उग्रतारा सार्वजनिक यातायातले  केही महिनाअघि शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक बस सञ्चालनमा ल्याएको थियो ।
 
गुडिरहेकै अवस्थामा बसमा कमै मात्र आगलागी हुन्छ । यसअघि गत माघ २४ गते काभ्रेको धुलिखेलमा पनि गुडिरहेकै अवस्थामा बसमा आगो सल्केको थियो । बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको हिमाल तराई यातायातको बा ३ ख ३२७० नम्बरको बसमा सल्केको आगोले बस क्षतिग्रस्त भए पनि यात्रु भने जोगिन सफल भएका थिए ।
 
त्यसैगरी, ०७३ वैशाख १८ गते नेपालगञ्जबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ६९५ नम्बरको यात्रुवाहक बसमा पनि आगो सल्केको थियो । तर आगो फैलन नपाउँदै प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए । आगोले जल्दा छतमा राखिएका सात मोटरसाइकल र सामान नष्ट भएका थिए । -अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
251.   एनआरएनए यूवा संयोजकमा गिरीको उम्मेदवारी
252.   एनआरएनए उपाध्यक्षमा ६ जनाको चर्को भिडन्त
253.   एनआरएनए कोषाध्यक्षमा हङकङबाट गुरुङको उम्मेदवारी
254.   एनआरएनए नेतृत्वमा ‘वन परशन, वन टर्म, वन पोजिसन : रतन झा
255.   एनआरएनए सचिवमा धरम के.सीद्वारा उम्मेदवारी घोषणा
256.   एनआरएनए उपाध्यक्षमा कुमार पन्तको उम्मेदवारी
257.   मध्यपूर्व मैत्री एनआरएनए एकता मेरो अभियान : सापकोटा
258.   एनआरएन अध्यक्षमा पुनः शेष घलेको उम्मेदवारी
259.   एनआरएनए कोषाध्यक्षमा अमेरिकाबाट शिवाकोटीको उम्मेदवारी
260.   गल्फ संयोजकका लागि तयार भएर आएको हुँ : शर्मा
261.   एनआरएनए सल्लाहकार भाटको उपाध्यक्षमा उम्मेदवारी (घोषणापत्र जस्ताको तस्तै)
262.   मध्यपूर्वी संयोजकमा शर्माको उम्मेदवारी (घोषणापत्र सहित)
263.   एनआरएनए बिश्व सम्मेलनको तयारी तीब्र
264.   एनआरएन युवा संयोजकमा फ्रान्सबाट अर्यालको उम्मेद्‍वारी घोषणा
265.   भूकम्प पीडितका लागि घर निर्माणका लागि छिटो अनुमति दिन एनआरएनद्वारा सरकारसंग माग
266.   एनआरएनए युएईमा कार्की
267.   मध्यपूर्वी संयोजकमा शर्माको उम्मेदवारी
268.   एनआरएनए युएईको छैटौ महाधिवेशन शुरु
269.   एनआरएनएको कोषाध्यक्षमा हिक्मत थापाको उम्मेदवारी घोषणा
270.   एनआरएनए युएईका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक
271.   एनआरएनए अध्यक्षमा कार्कीको उम्मेदवारी घोषणा (घोषणापत्रसहित)
272.   एनआरएन बेल्जियमको अध्यक्षमा गौतम
273.   एनआरएनए अभियन्ताहरुलाई वाईपास गर्दै घले
274.   एनआरएनए सचिवमा केसी र युवा संयोजकमा गिरीको उम्मेदवारी
275.   एनआरएन रोमानियाको अध्यक्षमा पोखरेलकै निरन्तरता
Results 406: You are at page 11 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media