शुक्रवार, असार ०८ गते, २०७५
शनिवार, २०७५ जेष्ठ ११ गते ०२:४३

 
काठमाडौंको चक्रपथमा चिनियाँ कम्पनीले मोनोरेल सञ्चालन गर्न सम्भाब्यता अध्ययन गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाकाबीच यसका लागि द्विपक्षीय समझदारी (एमओयू) भएको हो ।
 
एक कार्यक्रमका बीच मोनोरेलको सम्भाब्यता अध्ययन गर्ने सम्बन्धी समझादीपत्रमा हस्ताक्षर भएको हो । सीआरसीसीलाई अबको ७ महिनाभित्र सम्भाब्यता अध्ययन गरिसक्ने गरी जिम्मा दिइएको हो ।
 
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कर्पोरेशनका महाप्रवन्धक लि होङ्गकीले सम्भाब्यता अध्ययन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।
 
कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, महानगरका प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालालगायत अधिकारी सहभागी थिए ।
 
महानगरले मोनोरेल सञ्चालन सम्बन्धी प्रकाशन गरेको आशयपत्रमा रेल(वे ग्रुपले वैशाख २० गते महानगरमा इच्छापत्र बुझाएको थियो । यसका आधारमा महानगरको वैशाख २४ गतेको प्रमुखस्तरीय निर्णयबाट शुक्रबार रेल वे कम्पनीसँग सम्झौता गरिएको हो ।
 
सम्झौताअनुसार कम्पनीले चक्रपथमा मोनोरेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्पहरु सिफारिस गर्नेछ । कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा मोनोेरेल सञ्चालन गर्ने प्रतिवद्धता दोहोर्‍याए ।
 
‘मोनोरेल चलाउँछौं भनेकै एक बर्ष भइसक्यो । विधि मिलेपछि काम गर्ने बाटो खुल्छ । काम थालनी भएपछि रेल सञ्चालन हुन समय लाग्दैन, हामी त्यही दिशामा लक्षित छौं,’ मेयर शाक्यले भने ।
 
कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीवाबु महर्जनले महानगरबासीलाई सरल जीवनयापन गर्ने सुविधाका लागि मोनोरेल सुन्दर उपहार हुने बताए ।
 
अहिलेको चक्रपथमध्ये १० किलोमिटर खण्ड आफ्नो महानगर क्षत्रमा पर्ने जनाउँदै मेयर महर्जनले यस क्षेत्रमा काम गर्न आवश्यक वातावरण तयार पार्न तत्पर रहेको बताए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
2.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
3.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
4.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
5.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
6.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
7.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
8.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
9.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
10.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
11.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
12.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
13.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
14.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
15.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
16.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
17.   नयाँ अमेरिकी राजदूत नेपाल आउदै, को हुन् र्‍यान्डी ?
18.   चक्रपथमा मोनोरेल चलाउन कानमपा र चिनियाँ कम्पनीबीच सम्झौता
19.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
20.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
21.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
22.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
23.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
24.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
25.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
Results 725: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media