मंगलवार, असार ०५ गते, २०७५
शुक्रवार, २०७५ जेष्ठ ११ गते २३:३७

यूएर्इका मुख्य शहरहरूमा चलचित्र एेश्वर्यको च्यारिटी शो हुने भएको छ ।एनआरएनए यूएईको संयोजन एवम डिस्कभरी रोयल स्पोर्ट्स यूएईको आयोजनामा नेपालका बिभिन्न ८ जिल्लामा निस्शुल्क प्राथमिक उपचार तालिमको सहयोगका लागि यूएर्इका मुख्य शहरहरूमा ऐश्वर्यको च्यारिटी शो गर्न लागिएको हो ।
 
उक्त च्यारिटी शोको अवसरमा नेपाली सिने जगतका चार जना कलाकार यूएई आउँदै छन् । एनआरएन यूएईका केन्द्रीय सदस्य तथा डिस्कभरी रोयल स्पोर्ट्सका संचालक ओम उप्रेतीका अनुसार च्यारिटी शोको सफलताका लागि नायक रमेश उप्रेती, नायिका सन्चिता लुइँटेल, कलाकार सन्दीप क्षेत्री र निर्मल शर्मा यूएई आउने छन् ।
 
आगामी जून १६ मा अबुधाबीको फोक्लर हल र १५ जून मा दुबईको अलकुजको डलस्को हल र काल्टन टावर होटेलमा आयोजना गरिने  च्यारिटी शोमा नेपालबाट आमन्त्रित कलाकार र यूएईमै क्रियाशील नेपाली कलाकारहरुको उत्कृष्ट प्रस्तुतिहरु रहने आयोजकले जानकारी दिएका छन् ।
 
च्यारिटी शोबाट प्राप्त मुनाफाले नेपालका ८ जिल्लामा निशुल्क आकस्मिक प्राथमिक उपचार तालिम संचालन गर्ने आयोजकको लक्ष्य रहेको छ । केही  महिना पहिले नेपालका ८ जिल्लामा सोही तालिम सम्पन्न गरी १ हजारभन्दा बढी प्राथमिक उपचारक स्वंसेवक उत्पादन गरिसकेको छ ।
 
यो तालिम कार्यक्रम मार्फत नेपाल अधिराज्यका सबै ७७ जिल्लाहरुमा पुगी सेवामा समर्पित हुनको लागि अझै व्यापक हौसला मिल्ने आयोजकले बताएका छन् ।
 
आगामी लक्ष्य अनुरुप दोस्रो चरणको कार्यक्रम आगामी असोज महिनामा स्याङ्जा, पाल्पा, गुल्मी, रुपन्देही, धनकुटा, सुनसरी,मोरङ र झापा जिल्लामा आयोजना हुनेछ ।
 
उक्त निःशुल्क प्राथमिक उपचार तालिम कार्यक्रम सन्चालन गर्न आवश्यक आर्थिक ब्ययभारलाई मध्यनजर गरि केही आर्थिक सहयता जुटाउने हेतुले यूएईमा आउदै गरेको चाड इदको पहिलो दिन दुबईमा र दोस्रो दिन अबुधाबिमा नेपालका ख्याती प्राप्त सिने कलाकारहरु र यूएईस्थित अन्तर्राष्ट्रिय नेपाली कलाकारहरुको समुपस्थितीमा गरिन लागिएको भब्य सांगीतिक कार्यक्रम एबं नेपाली चलचित्र ‘ऐश्वर्यझ ‘च्यारिटी शो’ को बृहत कार्यक्रममा सहभागी भै भरपुर मनोरन्जन लिनुहुन आयोजकले यूएईमा श्रमरत सबै नेपालीहरुलाई आग्रह गरेको छ ।
 
चलचित्र ‘ऐश्वर्यझको  ‘च्यारिटी शो युएईका सबै इमिरेट्समा गर्ने तयारी तीव्र रूपमा भएको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन् ।
 
एनआरएन यूएईका सबै क्षेत्रीय समितिको संयोजकत्वमा सम्बन्धित क्षेत्रमा रहेका सबै समाजका क्षेत्रीय समितिहरुको सहयोगमा ऐश्वर्यझ “च्यारिटी शो” गर्ने तयारी भइरहेको बताइएको छ  ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
151.   आर्यनको लगन गाठो सपनासंग बाँधिने
152.   संचारकर्मीलाई उपचारका लागि डकुमेन्ट्री प्रदर्शन, १ लाख संकलन
153.   सम्मान पाएपछि रोए भक्तराज
154.   संजय दत्तलाई छुट्टी
155.   मिस वर्ल्डको फाइनलमा इशानी
156.   भुवनको भिडन्त प्रकाशमान संग
157.   डि सिने अवार्ड : उत्कृष्ट ५ नोमिनेशन सार्वजनिक
158.   समयसँगै देश दौडाहामा
159.   कलाकार उठाएर भोट बढाउने मेसोमा दलहरु
160.   मापसेको कक्षापछि दीपकले लाइसेन्स लिए, डीआईजीलाई ‘तीतो सत्य’मा निमन्त्रणा
161.   नम्रताले खोलिन नयाँ प्रेमिको रहस्य
162.   प्रहरीले झुक्यायो : दिपकराज गिरी
163.   अनमोलले फिल्म खेल्छ, म राजनीति गर्छु:केसी
164.   यौनकाण्डमा मुछिएका भारतीय बाबाहरु
Results 164: You are at page 7 of 7
First Prev 1 2 3 4 5 6 7

Powered By : Unitech Media