शनिवार, असार ०९ गते, २०७५
शुक्रवार, २०७५ जेष्ठ ११ गते २३:३७

यूएर्इका मुख्य शहरहरूमा चलचित्र एेश्वर्यको च्यारिटी शो हुने भएको छ ।एनआरएनए यूएईको संयोजन एवम डिस्कभरी रोयल स्पोर्ट्स यूएईको आयोजनामा नेपालका बिभिन्न ८ जिल्लामा निस्शुल्क प्राथमिक उपचार तालिमको सहयोगका लागि यूएर्इका मुख्य शहरहरूमा ऐश्वर्यको च्यारिटी शो गर्न लागिएको हो ।
 
उक्त च्यारिटी शोको अवसरमा नेपाली सिने जगतका चार जना कलाकार यूएई आउँदै छन् । एनआरएन यूएईका केन्द्रीय सदस्य तथा डिस्कभरी रोयल स्पोर्ट्सका संचालक ओम उप्रेतीका अनुसार च्यारिटी शोको सफलताका लागि नायक रमेश उप्रेती, नायिका सन्चिता लुइँटेल, कलाकार सन्दीप क्षेत्री र निर्मल शर्मा यूएई आउने छन् ।
 
आगामी जून १६ मा अबुधाबीको फोक्लर हल र १५ जून मा दुबईको अलकुजको डलस्को हल र काल्टन टावर होटेलमा आयोजना गरिने  च्यारिटी शोमा नेपालबाट आमन्त्रित कलाकार र यूएईमै क्रियाशील नेपाली कलाकारहरुको उत्कृष्ट प्रस्तुतिहरु रहने आयोजकले जानकारी दिएका छन् ।
 
च्यारिटी शोबाट प्राप्त मुनाफाले नेपालका ८ जिल्लामा निशुल्क आकस्मिक प्राथमिक उपचार तालिम संचालन गर्ने आयोजकको लक्ष्य रहेको छ । केही  महिना पहिले नेपालका ८ जिल्लामा सोही तालिम सम्पन्न गरी १ हजारभन्दा बढी प्राथमिक उपचारक स्वंसेवक उत्पादन गरिसकेको छ ।
 
यो तालिम कार्यक्रम मार्फत नेपाल अधिराज्यका सबै ७७ जिल्लाहरुमा पुगी सेवामा समर्पित हुनको लागि अझै व्यापक हौसला मिल्ने आयोजकले बताएका छन् ।
 
आगामी लक्ष्य अनुरुप दोस्रो चरणको कार्यक्रम आगामी असोज महिनामा स्याङ्जा, पाल्पा, गुल्मी, रुपन्देही, धनकुटा, सुनसरी,मोरङ र झापा जिल्लामा आयोजना हुनेछ ।
 
उक्त निःशुल्क प्राथमिक उपचार तालिम कार्यक्रम सन्चालन गर्न आवश्यक आर्थिक ब्ययभारलाई मध्यनजर गरि केही आर्थिक सहयता जुटाउने हेतुले यूएईमा आउदै गरेको चाड इदको पहिलो दिन दुबईमा र दोस्रो दिन अबुधाबिमा नेपालका ख्याती प्राप्त सिने कलाकारहरु र यूएईस्थित अन्तर्राष्ट्रिय नेपाली कलाकारहरुको समुपस्थितीमा गरिन लागिएको भब्य सांगीतिक कार्यक्रम एबं नेपाली चलचित्र ‘ऐश्वर्यझ ‘च्यारिटी शो’ को बृहत कार्यक्रममा सहभागी भै भरपुर मनोरन्जन लिनुहुन आयोजकले यूएईमा श्रमरत सबै नेपालीहरुलाई आग्रह गरेको छ ।
 
चलचित्र ‘ऐश्वर्यझको  ‘च्यारिटी शो युएईका सबै इमिरेट्समा गर्ने तयारी तीव्र रूपमा भएको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन् ।
 
एनआरएन यूएईका सबै क्षेत्रीय समितिको संयोजकत्वमा सम्बन्धित क्षेत्रमा रहेका सबै समाजका क्षेत्रीय समितिहरुको सहयोगमा ऐश्वर्यझ “च्यारिटी शो” गर्ने तयारी भइरहेको बताइएको छ  ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
126.   नेपाली गहनामा बलिउड अभिनेत्री टण्डन
127.   ह्याप्पी न्यु इयरको कमाइ तीनसय करोड
128.   ‘एउटा साथी’को प्रदर्शन कात्तिक १४ बाट
129.   केबुलकारमा हलिउड फिल्मको सुटिङ
130.   भारतीय गायिकाको तीज गीत
131.   नेपाली र कोरियाली कलाकार एउटै मञ्चमा
132.   श्वेतालाई भित्राउने श्रीकृष्णको तयारी
133.   तेस्रो म्यूजिक खबर म्यूजिक अवार्ड–२०१४ को उत्कृष्ट पाँच सार्वजनिक
134.   कतारमा ६ एकान ६ प्रदर्शन हुने
135.   ओमानमा बुद्ध भिजनको साँगीतिक कार्यक्रममा नेपाली झुम्दै
136.   नीर शाहद्धारा ‘सेतो बाघ’ चलचित्रको घोषणा
137.   कामनाले सिजी फिल्मस् एवार्ड गर्ने
138.   ‘जुठिएको सिउँदो’ को म्यूजिक भिडियो सार्वजनिक (गीतको भिडियो सहित)
139.   पन्नाकाजीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
140.   बरिष्ठ निर्देशक रेग्मीको निधन
141.   निर्माता तथा निर्देशक तामाङको मलेसियामा निधन
142.   नारायणगोपालले भने: ‘यी, तिम्रो खैनीको बट्टा’
143.   एक सय हलबाट लोफर
144.   अनु र रुपालाई देखाएर चल्ला त ‘बर्दी’ ?
145.   योजनाको “मनै त हो”
146.   ‘छ एकान छ’ पौष २६ गतेबाट प्रदर्शनमा आउदै
147.   शान्तिका लागि नेपथ्यको यात्रा
148.   निर शाह काङ्ग्रेसको प्रचारमा, फिल्मकर्मीलाई प्रचण्डको अनुरोध
149.   अमेरिकामा दसैँ-तिहार शुभकामना कार्यक्रममा
150.   कोलोराडो बाढी पीडित नेपालीका लागि सहयोग संकलन
Results 164: You are at page 6 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media