शनिवार, असार ०९ गते, २०७५
शुक्रवार, २०७५ जेष्ठ ११ गते २३:३७

यूएर्इका मुख्य शहरहरूमा चलचित्र एेश्वर्यको च्यारिटी शो हुने भएको छ ।एनआरएनए यूएईको संयोजन एवम डिस्कभरी रोयल स्पोर्ट्स यूएईको आयोजनामा नेपालका बिभिन्न ८ जिल्लामा निस्शुल्क प्राथमिक उपचार तालिमको सहयोगका लागि यूएर्इका मुख्य शहरहरूमा ऐश्वर्यको च्यारिटी शो गर्न लागिएको हो ।
 
उक्त च्यारिटी शोको अवसरमा नेपाली सिने जगतका चार जना कलाकार यूएई आउँदै छन् । एनआरएन यूएईका केन्द्रीय सदस्य तथा डिस्कभरी रोयल स्पोर्ट्सका संचालक ओम उप्रेतीका अनुसार च्यारिटी शोको सफलताका लागि नायक रमेश उप्रेती, नायिका सन्चिता लुइँटेल, कलाकार सन्दीप क्षेत्री र निर्मल शर्मा यूएई आउने छन् ।
 
आगामी जून १६ मा अबुधाबीको फोक्लर हल र १५ जून मा दुबईको अलकुजको डलस्को हल र काल्टन टावर होटेलमा आयोजना गरिने  च्यारिटी शोमा नेपालबाट आमन्त्रित कलाकार र यूएईमै क्रियाशील नेपाली कलाकारहरुको उत्कृष्ट प्रस्तुतिहरु रहने आयोजकले जानकारी दिएका छन् ।
 
च्यारिटी शोबाट प्राप्त मुनाफाले नेपालका ८ जिल्लामा निशुल्क आकस्मिक प्राथमिक उपचार तालिम संचालन गर्ने आयोजकको लक्ष्य रहेको छ । केही  महिना पहिले नेपालका ८ जिल्लामा सोही तालिम सम्पन्न गरी १ हजारभन्दा बढी प्राथमिक उपचारक स्वंसेवक उत्पादन गरिसकेको छ ।
 
यो तालिम कार्यक्रम मार्फत नेपाल अधिराज्यका सबै ७७ जिल्लाहरुमा पुगी सेवामा समर्पित हुनको लागि अझै व्यापक हौसला मिल्ने आयोजकले बताएका छन् ।
 
आगामी लक्ष्य अनुरुप दोस्रो चरणको कार्यक्रम आगामी असोज महिनामा स्याङ्जा, पाल्पा, गुल्मी, रुपन्देही, धनकुटा, सुनसरी,मोरङ र झापा जिल्लामा आयोजना हुनेछ ।
 
उक्त निःशुल्क प्राथमिक उपचार तालिम कार्यक्रम सन्चालन गर्न आवश्यक आर्थिक ब्ययभारलाई मध्यनजर गरि केही आर्थिक सहयता जुटाउने हेतुले यूएईमा आउदै गरेको चाड इदको पहिलो दिन दुबईमा र दोस्रो दिन अबुधाबिमा नेपालका ख्याती प्राप्त सिने कलाकारहरु र यूएईस्थित अन्तर्राष्ट्रिय नेपाली कलाकारहरुको समुपस्थितीमा गरिन लागिएको भब्य सांगीतिक कार्यक्रम एबं नेपाली चलचित्र ‘ऐश्वर्यझ ‘च्यारिटी शो’ को बृहत कार्यक्रममा सहभागी भै भरपुर मनोरन्जन लिनुहुन आयोजकले यूएईमा श्रमरत सबै नेपालीहरुलाई आग्रह गरेको छ ।
 
चलचित्र ‘ऐश्वर्यझको  ‘च्यारिटी शो युएईका सबै इमिरेट्समा गर्ने तयारी तीव्र रूपमा भएको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन् ।
 
एनआरएन यूएईका सबै क्षेत्रीय समितिको संयोजकत्वमा सम्बन्धित क्षेत्रमा रहेका सबै समाजका क्षेत्रीय समितिहरुको सहयोगमा ऐश्वर्यझ “च्यारिटी शो” गर्ने तयारी भइरहेको बताइएको छ  ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
101.   निर्देशक पाण्डेलाई अन्तर्राष्ट्रिय अवार्ड
102.   चर्चित संगीतकार आदेश श्रीवास्तवको निधन
103.   'भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्री अष्ट्रेलियाका विभिन्न शहरमा
104.   ‘बजरङ्गी भाईजान ’ ले पछा–यो ‘ बाहुबली’ लाई
105.   बाहुबलीको किर्तिमानी व्यापार
106.   ‘बजरंगी भाइजान’ शाहरुख र आमिरले हेर्ने
107.   ‘हाईवे टु धुम्पुस’लाई फेरि अवार्ड
108.   साहिदले कसे लगनगाँठो
109.   बलिउड अभिनेता सलमान खानलाई ५ बर्ष जेल सजायँ
110.   रेशम फिलिलीको भूकम्प पीडितलाइ राहत घोषणा
111.   गायक कार्की कतारमा सम्मानित
112.   वाइल्ड कार्डबाट शारुख सुन्दास अगाडी
113.   आत्महत्या विरुद्ध देवेनको अभियान
114.   संघर्षका सन्तोष किन रोए स्टेजमा ?
115.   जाडोमा चर्चा रमिला न्यौपानेको (भिडियोसहित)
116.   ‘पीके’ ३ सय करोड कमाउने बलिउडकै पहिलो चलचित्र
117.   परदेशीले रुवायो दर्शकलाई
118.   आयो सम्बोधनको प्रोमो, माघ १६ गतेबाट प्रदर्शन हुने
119.   पिके सय करोड क्लबमा
120.   म्याडोनाको ‘क्रिसमस उपहार’ (भिडियोसहित)
121.   विन्ध्यवासिनी म्यूजिक अवार्डमा ‘द पेन एण्ड देवेन’ एल्बम उत्कृष्ठ
122.   नायिका विना मलिकलाई २६ वर्ष कैद सजाय
123.   कतारमा सिंगिङ्ग आईडलको पहिलो अडिसन डिसेम्बर १२ मा हुँदै
124.   बैंकर गुरुङको गीति एल्बम ‘पल’ सार्वजनिक
125.   चर्चित निर्देशक नेम्वाङ मृत फेला
Results 164: You are at page 5 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media