शनिवार, असार ०९ गते, २०७५
शुक्रवार, २०७५ जेष्ठ ११ गते २३:३७

यूएर्इका मुख्य शहरहरूमा चलचित्र एेश्वर्यको च्यारिटी शो हुने भएको छ ।एनआरएनए यूएईको संयोजन एवम डिस्कभरी रोयल स्पोर्ट्स यूएईको आयोजनामा नेपालका बिभिन्न ८ जिल्लामा निस्शुल्क प्राथमिक उपचार तालिमको सहयोगका लागि यूएर्इका मुख्य शहरहरूमा ऐश्वर्यको च्यारिटी शो गर्न लागिएको हो ।
 
उक्त च्यारिटी शोको अवसरमा नेपाली सिने जगतका चार जना कलाकार यूएई आउँदै छन् । एनआरएन यूएईका केन्द्रीय सदस्य तथा डिस्कभरी रोयल स्पोर्ट्सका संचालक ओम उप्रेतीका अनुसार च्यारिटी शोको सफलताका लागि नायक रमेश उप्रेती, नायिका सन्चिता लुइँटेल, कलाकार सन्दीप क्षेत्री र निर्मल शर्मा यूएई आउने छन् ।
 
आगामी जून १६ मा अबुधाबीको फोक्लर हल र १५ जून मा दुबईको अलकुजको डलस्को हल र काल्टन टावर होटेलमा आयोजना गरिने  च्यारिटी शोमा नेपालबाट आमन्त्रित कलाकार र यूएईमै क्रियाशील नेपाली कलाकारहरुको उत्कृष्ट प्रस्तुतिहरु रहने आयोजकले जानकारी दिएका छन् ।
 
च्यारिटी शोबाट प्राप्त मुनाफाले नेपालका ८ जिल्लामा निशुल्क आकस्मिक प्राथमिक उपचार तालिम संचालन गर्ने आयोजकको लक्ष्य रहेको छ । केही  महिना पहिले नेपालका ८ जिल्लामा सोही तालिम सम्पन्न गरी १ हजारभन्दा बढी प्राथमिक उपचारक स्वंसेवक उत्पादन गरिसकेको छ ।
 
यो तालिम कार्यक्रम मार्फत नेपाल अधिराज्यका सबै ७७ जिल्लाहरुमा पुगी सेवामा समर्पित हुनको लागि अझै व्यापक हौसला मिल्ने आयोजकले बताएका छन् ।
 
आगामी लक्ष्य अनुरुप दोस्रो चरणको कार्यक्रम आगामी असोज महिनामा स्याङ्जा, पाल्पा, गुल्मी, रुपन्देही, धनकुटा, सुनसरी,मोरङ र झापा जिल्लामा आयोजना हुनेछ ।
 
उक्त निःशुल्क प्राथमिक उपचार तालिम कार्यक्रम सन्चालन गर्न आवश्यक आर्थिक ब्ययभारलाई मध्यनजर गरि केही आर्थिक सहयता जुटाउने हेतुले यूएईमा आउदै गरेको चाड इदको पहिलो दिन दुबईमा र दोस्रो दिन अबुधाबिमा नेपालका ख्याती प्राप्त सिने कलाकारहरु र यूएईस्थित अन्तर्राष्ट्रिय नेपाली कलाकारहरुको समुपस्थितीमा गरिन लागिएको भब्य सांगीतिक कार्यक्रम एबं नेपाली चलचित्र ‘ऐश्वर्यझ ‘च्यारिटी शो’ को बृहत कार्यक्रममा सहभागी भै भरपुर मनोरन्जन लिनुहुन आयोजकले यूएईमा श्रमरत सबै नेपालीहरुलाई आग्रह गरेको छ ।
 
चलचित्र ‘ऐश्वर्यझको  ‘च्यारिटी शो युएईका सबै इमिरेट्समा गर्ने तयारी तीव्र रूपमा भएको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन् ।
 
एनआरएन यूएईका सबै क्षेत्रीय समितिको संयोजकत्वमा सम्बन्धित क्षेत्रमा रहेका सबै समाजका क्षेत्रीय समितिहरुको सहयोगमा ऐश्वर्यझ “च्यारिटी शो” गर्ने तयारी भइरहेको बताइएको छ  ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
51.   ‘लास्ट क्रिसमस’ का गायक जर्ज माइकलको क्रिसमसमै निधन
52.   रेखाको 'तिमी बिना' गीत सार्वजनिक (भिडियोसहित )
53.   दुवईमा भव्यरुपमा सम्पन्न भयो नेफ्टा अवार्ड, दयाहाङ र नम्रता सर्वोत्कृष्ट
54.   पोर्टो रीकोकी स्टेफनी भइन् ‘विश्व सुन्दरी’
55.   वरिष्ठ संगीतकार सिंहको ‘बादलभित्र जुन’ सार्वजनिक
56.   कामना अवार्डमा उत्कृष्ट अभिनेता–अभिनेत्री सौगात र नम्रता, चलचित्रमा “पशुपति प्रसाद”
57.   चलचित्र पुरानो डुङ्गाको प्रिमियर सम्पन्न
58.   सौगात मल्ल अभिनित चलचित्र 'शब्द'को टीजर र गीत सार्बजनिक
59.   खसी कुखुराको कथा
60.   कतारमा कलाकारितामै चम्किएका सुमन
61.   मिस्टर एन्ड मिस ओसेनिया बने प्रमेज र रुपा
62.   भूकम्पपीडितको सहयोगार्थ अमेरिकामा सुरसुधा साँगीतिक साँझ हुँदै
63.   मिष्टर एण्ड मिस नेपाल ओसेनियाको भब्य तयारी
64.   नम्रता र आर्यन बने वर्षका उत्कृष्ट
65.   लम्जुङ धमाका बृहद साँस्कृतिक कार्यक्रम २०१६ को पहिलो प्रस्तुती अन्तिम तयारीमा
66.   ‘मैनाजोडी’ ल्याउदै गायक साई उज्ज्वल कोइराला
67.   वरिष्ठ लोकदोहोरी गायक राजु परियार लगायत ६ जना कलाकारहरु इदमा कतारमा आउँदै ।
68.   उमाको नक्कली गहनामा चोर पल्किएपछि (भिडियोसहित)
69.   ‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई मुम्बईमा अवार्ड
70.   गायक सत्यराजले ल्याए ‘मधुशाला’ (गीतको भिडियो सहित)
71.   गिरानचौर नमुनावस्ती निर्माणको सहयोगार्थ कतारमा सुन्तली-धुर्मुस साझ हुदै
72.   अमेरिकी गायिका क्रिस्टिना ग्रिमीको गोलीहानी हत्या
73.   रहेनन् वरिष्ठ संगीतकार अम्बर गुरुङ
74.   गायक रामकृष्ण ढकालसहित नेपालका १ दर्जन लोकप्रिय कलाकार दोहा आउँदै
75.   चलचित्र कालो पोथीलाई १४ करोडको पाइरेसी बिमा
Results 164: You are at page 3 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media