शुक्रवार, असार ०८ गते, २०७५
शुक्रवार, २०७५ जेष्ठ ११ गते २३:२९

गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१ औँ नम्बरमा उक्लिन सफल भएका हुन् ।
 
अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीले हिजो सार्वजनिक गरेको सन् २०१८ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८७ करोड ६० लाख डलर सम्पत्तिसहित ८१ औँ स्थानमा परेका हुन् । अब उनीहरु डलर अर्बपतिको नजिक पुगेका छन् ।
 
घले दम्पतीको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै २३ करोड डलर वृद्धि भएको देखिएको छ । गत वर्ष उनीहरुको कुल सम्पत्ति ६४ करोड ७० लाख डलर थियो । एक वर्षमै उनीहरुको सम्पत्ति झण्डै ३५ प्रतिशतले बढेको छ ।
 
अष्ट्रेलियाको मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापकसमेत रहेका घलेको शिक्षा तथा रियल स्टेटलगायतका उद्योगमा लगानी छ ।
 
घलेले झण्डै चार वर्षसम्म गैरआवासीय नेपाली संघको नेतृत्व सम्हालेका थिए ।  ०७२ को महाभूकम्पपछि उनीहरुले राहत वितरण र वस्ती निर्माणको जोखिमपूर्ण कामको नेतृत्व गरेका थिए ।
 
घले दम्पत्तिले काठमाडौंमा शेराटन ब्राण्डमा पाँचतारे डिलक्स होटल सञ्चालन गर्दैछन् । यो होटलको अहिले धमाधम निर्माण कार्य भइरहेको छ ।
 
पछिल्ला वर्षहरुमा नेपाल र नेपाली समुदायको सेवामा सक्रिय घलेले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नेगरी एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गरेका छन् । यो नै नेपालमा अहिलेसम्मको सबैभन्दा ठूलो निजी क्षेत्रको परोपकारी कोष हो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
2.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
3.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
4.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
5.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
6.   एनआरएन यूएईको आयोजनामा इफ्तार
7.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
8.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
9.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
10.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
11.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
12.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
13.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
14.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
15.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
16.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
17.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
18.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
19.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
20.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
21.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
22.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
23.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
24.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
25.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
Results 566: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media