शुक्रवार, असार ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ १० गते २१:४७

दुबईको एक कफी सपमा कार्यरत एक नेपालीले ग्राहकले छाडेको १ लाख १८ हजार अमेरिकी डलर फिर्ता गरेपछि उनको प्रशंसा भएको छ । दुबईको स्टारबक्स कफीसपमा काम गर्ने झापाका मिरन कार्कीले ग्राहकले छाडेको १ लाख १८ हजार डलर (करिब १ करोड २८ लाख नेपाली रुपैयाँ) सहितको झोला दुबई पुलिसलाई बुझाएका हुन् ।
 
उक्त झोलामा नगदसहित केही राहदानी, परिचयपत्र र बैंकका कार्डहरु थिए । दुबईको मल अफ इमिरेट्सको भुइँतलामा रहेको कफी सपमा ग्राहकले नगदसहितको झोला भेटेपछि मिरनले तत्कालै सुरक्षाकर्मी र म्यानेजरलाई जानकारी दिएका थिए ।
 
त्यसपछि उनीहरुले दुबई पुलिसलाई खबर गरेका थिए । प्रहरीले उक्त झोला पर्यटक भिसामा आएका ब्यक्तिले छाडेको बताएको छ । ‘मिरनले फेला पारेको झोलामा १ लाख १८ हजार डलर नगद र केही पासपोर्टहरु थियो, उनले यसलाई अल वषर स्टेसनमा बुझाएका छन्’ दुबई पुलिसका नायव निर्देशक अकिल मुहम्मदले भनेका छन् ।
 
दुबई पुलिसले मिरनको इमान्दारिताको सम्मान गर्दै प्रमाणपत्र प्रदान गरेको छ । दुबई पुलिसले अपलोड गरेको एक भिडियोमा मिरनले भनेका छन् ‘मैले मल अफ इमिरेट्समा पैसा फेला पारेँ, त्यो धेरै ठूलो रकम थियो, त्यसलाई मैले दुबई पुलिसलाई सु्रक्षित साथ प्रदान गरेँ। उनीहरुले मेरो सह्राहना गरे । दुबई पुलिस र सरकारलाई धन्यवाद ।’
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   १ सय ९७ मेनपावर कम्पनीको इजाजतपत्र खारेज, ६४ रोजगारदाता कम्पनी कालो सूचीमा
2.   भीएलएनका सञ्चालक श्रेष्ठलाई ललितपुर अदालतले दियो धरौटीमा रिहाइ गर्ने आदेश
3.   सुनसान वैदेशिक रोजगार, असर सर्वत्र
4.   सकसमा वैदेशिक रोजगार
5.   भीएलएनका सञ्चालक श्रेष्ठ अदालतद्धारा धरौटीमा रिहा
6.   ‘फ्रि भिसा र टिकट’ पुनरावलोकन गर्न राष्ट्र बैंकको सुझाव
7.   अर्को बर्षदेखि कोरिया जान सीप, कार्यक्षमता र अन्तर्वार्ता पनि उत्कृष्ट हुनुपर्ने
8.   कोरियन भाषा परीक्षाका नक्कली विद्यार्थी पक्राउ, परीक्षा आज पनि जारी
9.   विदेश पठाउने बाहनामा ठगेको आरोपमा पक्राउ
10.   २०२५ भित्र नेपाललाई बालश्रम मुक्त देश बनाउछौ : श्रममन्त्री विष्ट
11.   कोरिया जान अब भाषासँगै सीप परीक्षण पनि हुने
12.   सबै प्रदेशमा श्रम कार्यालय स्थापना, के–के समेटिए बजेटमा श्रम र वैदेशिक रोजगारको विषय ?
13.   आगामी साउनबाट नियुक्त्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने
14.   ओएससी र भिएलएन तत्काल हटाउन नसकिने मलेसियाको भनाई
15.   स्वेच्छिक अवकाशबाट कर्मचारीले नाम फिर्ता लिन पाउने, पेन्सन पट्टाको बाटो खुल्यो
16.   दक्षिण कोरियासँग श्रम समझदारी नवीकरण
17.   व्यवसायीसँगको छलफलमा मन्त्रीले भने–मेनपावरको धरौटी बढ्छ
18.   एक लाख घरेलु कामदार पठाउन नेपाललाई साउदीको प्रस्ताव
19.   जेठभित्रै तीन वटै तहमा कर्मचारीको व्यवस्थापन गर्ने सरकारको तयारी
20.   विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’
21.   दुबईमा नेपालीले फेला पारेको १ लाख १८ हजार डलर फिर्ता गरेपछि सम्मानित
22.   नेपालीलाई टीपीएस सुविधा नविकरण गर्न अमेरिकी सरकारको आह्वान
23.   विदेशबाट फर्किएका युवालाई नीति तथा कार्यक्रममा वेवास्था गरिएको गुनासो
24.   मलेसियन दूतावास भन्छ : ओएससी र भिएलएन बन्द नगर्नु
25.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
Results 415: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media