शुक्रवार, असार ०८ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ०९ गते २१:३७

सविता शर्मा / सरकारले नीति तथा कार्यक्रममार्फत रोजगारीका लागि बिदेश जानुपर्ने स्थितिको अन्त्य गर्न 'प्रधानमन्त्री रोजगार कार्यक्रम' ल्याउने घोषणा गरेको छ । तर बैदेशिक रोजगारीमा गएर स्वदेशमै केही गरौ भन्ने सोचसहित फर्केका युवाको सीप, क्षमता र ज्ञानलाई उपयोग गर्ने सम्बन्धमा भने नीति तथा कार्यक्रममा नबोलिएको भन्दै कतिपय युवाले गुनासो गरेका छन् ।
 
बैदेशिक रोजगारीबाट फर्केर व्यवसाय गरिरहेका उत्तम अधिकारी भन्छन, ‘बिदेशबाट फर्केको जमात के गर्दै छ ? यो जनशक्तिसँग भएको पूँजी र सीपलाई उत्पादनशील क्षेत्रमा कसरी जाड्न सकिन्छ ? भन्ने कुराको खोजी गरिने सङ्केत नीति तथा कार्यक्रममा पाइएन ।’
 
सरकारले योजना र कार्यक्रम बनाएर त्यस्ता युवाकोे पुँजी र सीपको उपयोग गर्नु राम्रो हुने उनले बताए । सीप, क्षमता र पूँजी भएपनि विदेशबाट फर्किएको धेरैजसो जनशक्ति अलपत्र अवस्थामा रहेको आफूलाई जानकारी पाएको उनले बताए । 'विदेशबाट कमाएर ल्याएको पैसा डुल्ने–घुम्नेमा सकिएपछि धेरै युवा फेरी विदेश फर्किने अवस्थामा रहेका छन्', उनले भने । 
 
वैदेशिक रोजगारीबाट फर्केका युवाको तथ्याङ्कसमेत अहिलेसम्म कुनै सरकारी निकायले सङ्कलन गरेका छैनन । बैदेशिक रोजगारीबाट फर्केर आएका युवालाई सरकारले उचितरुपमा सम्बोधन गर्नका लागि पनि तथ्याङ्कको जरुरी पर्दछ । 
यस्ता युवा देशभरि छरिएर रहेका छन् र उनीहरू कतै संगठित पनि भएका छैनन् । युवाको पूँजी सीप, क्षमता, ज्ञान र अनुभव स्पष्टसँग खुल्ने तथ्याङ्क भएमा नयाँ र राम्रा सम्भावनाका उत्पादनशील क्षेत्रमा उनीहरुको सीपको उपयोग गर्न सकिने भुक्तभोगी युवाको अनुभव छ ।
 
बैदेशिक रोजगारीमा रहेका श्रमिकका बारेका जानकार बिष्णु खत्री विदेशबाट फर्केकाले पुँजीसँगै सीप, दक्षता र अनुभव लिएर आउने हुँदा त्यस्तो जनशक्ति प्रयोग गर्नका लागि पनि तथ्याङ्क राख्न जरुरी भएको बताउछन । 
उनी भन्छन, ‘इजरायलमा कृषि पढेर÷सिकेर आउने कति छन् ? कोरियाबाट कृषि र उद्योगमा के कस्ता सीप सिकेर आए उनीहरुको सीपको प्रयोग कहाँ गर्दा मुलुक र ती युवाको हितमा हुनसक्छ ? यसको खोजी र सम्बोधन गर्न आवश्यक छ ।’ 
 
अध्यागमन विभागसँग कति विदेश गए र कति नेपाल आए भन्ने सामान्य तथ्याङ्क मात्र छ । अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी राजुप्रसाद पौडेलले तथ्याङ्क वर्गीकरण गरेर नराखिएको बताउछन । 'हामीसँग विदेश गएको र आएको तथा राष्ट्रियता मात्र हाम्रो तथ्याङ्कमा हुन्छ', उनले भने । अब सफ्टवेयर अपडेट गर्दा कुन भिसामा गएको र आएको हो छुट्याइने उनले जानकारी दिए । 
 
श्रम स्वीकृति लिएर बिदेश जाने र आउनेको तथ्याङ्कलाई सफ्टवेयर बनाएर व्यवस्थित गर्दा यस्तो तथ्याङ्क सजिलै सङ्कलन गर्न सकिने जानकारहरूको भनाइ छ । वैदेशिक रोजगार विभाग र अध्यागमन विभाग मिलेर यो काम सजिलै गर्न सक्ने बताइएको छ । 
 
युवाको उमेर, सीप, क्षमता, अनुभव र रुचिको क्षेत्र खुल्ने गरी तथ्याङ्क सङ्कलन गर्न सकेमा उनीहरुका लागि कार्यक्रम सञ्चालन गर्न सजिलो हुुने खत्री बताउछन । उनीहरुको क्षमता रुची र उमेर पहिचान गरेर सरकारले ‘प्याकेज’ बनाउनुपर्ने र त्यस्तो कार्यलाई सरकारका नीति र कार्यमक्रममै समेट्नु पर्ने समेत उनले बताए । 
 
'बिदेशबाट फर्कन चाहनेहरु पनि यस्ता प्याकेजबाट आकर्षित हुनसक्छन्, यस्तो दर्ताको प्रणाली विकास गरेर केही नयाँ र आकर्षक ऋण अथवा व्यवसाय गर्नका लागि सहज हुने खालका प्याकेज बनाइयो भने आफैं पनि दर्ता गर्न आउँछन्', उनले भने ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   १ सय ९७ मेनपावर कम्पनीको इजाजतपत्र खारेज, ६४ रोजगारदाता कम्पनी कालो सूचीमा
2.   भीएलएनका सञ्चालक श्रेष्ठलाई ललितपुर अदालतले दियो धरौटीमा रिहाइ गर्ने आदेश
3.   सुनसान वैदेशिक रोजगार, असर सर्वत्र
4.   सकसमा वैदेशिक रोजगार
5.   भीएलएनका सञ्चालक श्रेष्ठ अदालतद्धारा धरौटीमा रिहा
6.   ‘फ्रि भिसा र टिकट’ पुनरावलोकन गर्न राष्ट्र बैंकको सुझाव
7.   अर्को बर्षदेखि कोरिया जान सीप, कार्यक्षमता र अन्तर्वार्ता पनि उत्कृष्ट हुनुपर्ने
8.   कोरियन भाषा परीक्षाका नक्कली विद्यार्थी पक्राउ, परीक्षा आज पनि जारी
9.   विदेश पठाउने बाहनामा ठगेको आरोपमा पक्राउ
10.   २०२५ भित्र नेपाललाई बालश्रम मुक्त देश बनाउछौ : श्रममन्त्री विष्ट
11.   कोरिया जान अब भाषासँगै सीप परीक्षण पनि हुने
12.   सबै प्रदेशमा श्रम कार्यालय स्थापना, के–के समेटिए बजेटमा श्रम र वैदेशिक रोजगारको विषय ?
13.   आगामी साउनबाट नियुक्त्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने
14.   ओएससी र भिएलएन तत्काल हटाउन नसकिने मलेसियाको भनाई
15.   स्वेच्छिक अवकाशबाट कर्मचारीले नाम फिर्ता लिन पाउने, पेन्सन पट्टाको बाटो खुल्यो
16.   दक्षिण कोरियासँग श्रम समझदारी नवीकरण
17.   व्यवसायीसँगको छलफलमा मन्त्रीले भने–मेनपावरको धरौटी बढ्छ
18.   एक लाख घरेलु कामदार पठाउन नेपाललाई साउदीको प्रस्ताव
19.   जेठभित्रै तीन वटै तहमा कर्मचारीको व्यवस्थापन गर्ने सरकारको तयारी
20.   विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’
21.   दुबईमा नेपालीले फेला पारेको १ लाख १८ हजार डलर फिर्ता गरेपछि सम्मानित
22.   नेपालीलाई टीपीएस सुविधा नविकरण गर्न अमेरिकी सरकारको आह्वान
23.   विदेशबाट फर्किएका युवालाई नीति तथा कार्यक्रममा वेवास्था गरिएको गुनासो
24.   मलेसियन दूतावास भन्छ : ओएससी र भिएलएन बन्द नगर्नु
25.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
Results 415: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media