शुक्रवार, असार ०८ गते, २०७५
पाँच वर्षमा दुई हजार डलर प्रतिव्यक्ति आय, उत्पादनमा आधारित अर्थतन्त्र
मंगलवार, २०७५ जेष्ठ ०७ गते ०४:५५

 
सरकारले आर्थिक वर्ष २०७५र०७६ मा आर्थिक बृद्धिदर १० प्रतिशत हाराहारी पुर्‍याउने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । पाँच वर्षपछि सधैं १० प्रतिशतभन्दा बढीको आर्थिक बृद्धि गर्ने समेत सरकारले जनाएको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आउँदो वर्ष दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर गर्ने बताएकी हुन् । ‘आगामी आर्थिक वर्ष दोहोरो अंक नजिक आर्थिक बृद्धि हुनेछ, पाँच वर्षपछि दोहोरो अंकको आर्थिक बृद्धि कायम भइरहने छ,’ राष्ट्रपतिले भनिन् ।
 
यस्तै सरकारले नेपालको अर्थथतन्त्र उत्पादनमा आधारित अर्थतन्त्रको रूपमा विकास गर्ने लक्ष्य राखेको छ । 'विप्रेशण र आयातमा आधारिक अर्थतन्त्र अब उत्पादनमा आधारित अर्थतन्त्रमा रुपान्तर गरिनेछ' नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले भनिन् । 
 
त्यस्तै, प्रतिव्यक्ति आय अबको पाँच वर्षमा दोहोरो वृद्धि हुने लक्ष्य सरकारले राखेको छ । अहिले एक हजार ८४ डलर रहेको छ भने अबको पाँच वर्षमा यसलाई डबल गराइने उल्लेख गरिएको छ । अनुसन्धान र प्रमाणमा आधारित विकास गरिने पनि उल्लेख गरिएको छ ।

हरेक क्षेत्रमा योग्य विशेषज्ञ र दक्ष जनशक्ति विकास एंव परिचालन गर्न वृहत जनशक्ति योजना तर्जुमा गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गैरआवासीय नेपालीलाई पुँजी उपयोग गर्न प्रेरित गरिने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । देशभित्र कम प्रयोग भएका र प्रयोग नभएका स्रोत साधनको भरपुर उपयोग गरिने प्रतिवद्धता नीति तथा कार्यक्रममा औँल्याइएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
2.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
3.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
4.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
5.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
6.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
7.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
8.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
9.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
10.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
11.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
12.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
13.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
14.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
15.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
16.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
17.   नयाँ अमेरिकी राजदूत नेपाल आउदै, को हुन् र्‍यान्डी ?
18.   चक्रपथमा मोनोरेल चलाउन कानमपा र चिनियाँ कम्पनीबीच सम्झौता
19.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
20.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
21.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
22.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
23.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
24.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
25.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
Results 725: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media