शुक्रवार, असार ०८ गते, २०७५
कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
सोमवार, २०७५ जेष्ठ ०६ गते ०५:२०

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय प्रमुखविहिन हँुदा त्यस कार्यालयको दैनिक कामकारवाही प्रभावित बनेको छ । वोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेको कार्यकाल समाप्त भएपछि अहिले नयाँ कार्यकारी निर्देशक नियुक्त हुन नसक्दा प्रवद्र्धन बोर्डको कामकारवाही प्रभावित बनेको हो ।
 
बोर्डको कार्यकारी निर्देशकका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही जेठ २ गते १५ दिनको समयसीमा तोकेर दरखास्त आव्हान गरेको छ । जस अनुसार पनि अझै १ महिना बोर्ड प्रमुख विहिन हुने निश्चित भएको छ । अघिल्ला कार्यकारी निर्देशक काफ्लेको कार्यकाल समाप्त हुनुअघि नै दरखास्त आव्हान गरेर नयाँ कार्यकारी निर्देशक छनोट गरिसक्नुपर्नेमा ढिलो गरी छनोट प्रकृया अघि बढाइदा प्रवद्र्धन बोर्ड अहिले दैनिक काममा मात्र सीमित रहेको छ । 
 
काफ्ले ४ बर्ष अगाडि बोर्डको कार्यकारी निर्देशकमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका थिए । उनी वोर्डमा आएपछि उल्लेख्य काम गर्न नसकेको आरोप खेपीरहेको बेला अख्तियारको फन्दामा समेत परेका थिए । 
 
उता अहिले बोर्डकी निर्देशक निर्मला थापाको पनि सरुवा भएपछि अन्यत्रबाट सरुवा भएर आएका कर्मचारीको भरमा वोर्ड सचिवालय चलिरहेको छ । ‘हामी सबै वोर्डमा नयाँ छौ, अहिले त दैनिक काम चलाउन पनि हम्मेहम्मे परेको छ’ एक कर्मचारीले रोजगारमञ्चलाई बताए ।  पुराना र अनुभवी कर्मचारी नहुँदा अलमलमा परेको बोर्ड सचिवालयमा भएका सीमित कर्मचारीहरु पनि अधिकांश समय मन्त्रालय र विभिन्न सेमिनारहरुमा अलमलिदा दैनिक क्षतिपूर्ति लिन आउनेहरु सास्ती भोग्न बाध्य भैरहेका छन् ।  
 
वैदेशिक रोजगारीमा जाने प्रत्येक कामदारबाट १५ सय रुपैया जम्मा गरिने  वैदेशिक रोजगार कल्याणकारी कोष बोर्ड अन्तर्गत नै रहेको छ । 
 
वैदेशिक रोजगार व्यवसायलाई प्रवद्र्धन गर्न, सो व्यवसायलाई  सुरक्षित, व्यवस्थित र मर्यादित  बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदारको हकहित संरक्षण कार्य गर्ने प्रयोजनको लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको व्यवस्था गरिएको हो । 
 
 बोर्डमा भएको कोषको सही सदुपयोग गर्ने, वैदेशिक रोजगारसम्बन्धी जनचेतना जगाउने, नयाँ गन्तब्य खोजी गर्ने, विदेशमा समस्यामा परेका नेपालीहरुलाई भरपुर सहायता गर्ने, वैदेशिक रोजगारमा रहेका नेपालीहरुको परिवारका लागि कार्यक्रम ल्याउन सक्ने अनुभवी र दूरदर्शी योजना भएका नयाँ कार्यकारी निर्देशक वोर्डले खोजेको छ ।  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
2.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
3.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
4.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
5.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
6.   एनआरएन यूएईको आयोजनामा इफ्तार
7.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
8.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
9.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
10.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
11.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
12.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
13.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
14.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
15.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
16.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
17.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
18.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
19.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
20.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
21.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
22.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
23.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
24.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
25.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
Results 566: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media