शुक्रवार, असार ०८ गते, २०७५
सोमवार, २०७५ जेष्ठ ०६ गते ०४:०८

सरकारले हाल राजदूत खाली रहेका भारत, मलेसिया, युएईलगायत राष्ट्रमा राजदूत नियुक्तिको तयारी थालेको छ । यसअघि राजनैतिक भागबण्डा र कोटाका आधारमा असक्षम राजदूत नियुक्त गरिदा राजदूत नियुक्ति प्रक्रिया विवादमा पर्दै आएकोमा यसपटक भने केपि ओली सरकारले बौद्धिक, सक्षम तथा योग्य व्यक्तित्वलाई मात्र राजदूतमा नियुक्त गर्ने तयारी थालेलगत्तै मलेसियाका लागि रिक्त रहेको नेपाली राजदूतका लागि प्राध्यापक डा. नारायणप्रसाद संग्रौलाको नाम चर्चामा आएको हो । 
 
बौद्धिक राजनैतिक व्यक्तित्वका रुपमा रहेका प्राडा. संग्रौला सरकारले केही दिनमै नियुक्तिको तयारी गरिरहेको मलेसियाका लागि नेपाली राजदूतका लागि उपयुक्त भएको चर्चा चलेसँगै उनको सम्भावना बढेको हो । 
 
वैदेशिक रोजगारको क्षेत्रमा गहिरो अध्ययन अनुसन्धान गरेका संग्रौला यो क्षेत्रमा ज्ञान भएको र कुटनीतिक मर्यादा निर्वाह गर्न सक्ने व्यक्तित्व पनि हुन् । बाम राजनितीमा आफ्नो जीवनलाई समर्पित गरेका संग्रौला प्राध्यापनसँगै बौद्धिक राजनीतिमा पनि उत्तिकै सक्रिय रहँदैं आएका छन् भने पुस्तक लेखनमा पनि सक्रिय रहदै आएका छन् । 
 
वि.सं. २०३६ सालको शिक्षक आन्दोलनबाट अध्यापनसँगै राजनीतिमा पनि  सक्रिय उनी २०४६ को आन्दोलनमा पनि प्राध्यापक संघमा रहेर आन्दोलनमा सहभागी भए । २०२६ सालमा नै नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनले सो समयमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र रामनाथ दाहालसँग एउटै कमिटीमा बसेर कामसमेगत गरेका थिए ।
 
प्राध्यापनसँगै राजनीतिमा पनि संलग्न रहेपनि कहिल्यै पद र प्रतिष्ठाको पछि नलागेका संग्रौलालाई बौद्धिक व्यक्तित्वका कारण पनि बाम सरकारले लाखौ नेपाली श्रमिकहरु कार्यरत मलेसियामा राजदूतको जिम्मेवारी दिएर पठाउने संभावना बढेको हो । 
 
आफुले वैदेशिक रोजगार र विदेशमा रहेको नेपाली कामदारको बारेमा पनि धेरै अध्ययन गरेको बताउने संग्रौला वैदेशिक रोजगारलाई तत्काल राज्यले व्यवस्थित गर्नुपर्ने बताउँछन् । विदेशमा कामदारले सिकेको सीप स्वदेशमा लगाउन त्यहाँ रहेका राजदूतावासहरुको पनि ठूलो भूमिका हुने भएकाले राजदूतावासले पनि नेपाली कामदारहरुको रेकर्ड राख्दै उक्त जानकारी नेपाल सरकारलाई दिनुपर्ने डा. संग्रौला बताउँछन् । विदेशमा रहेका नेपालीहरुको आशाको धरोहर भनेकै नेपाली राजदूताबास नै हुने भएकाले राजदूतावासले नेपालीहरुको सानो भन्दा सानो समस्यालाई पनि ध्यान दिएर सम्बोधन गर्नुपर्ने उनको धारणा छ ।
 
‘वैदेशिक रोजगारी हाम्रो बाध्यता भए पनि यसलाई व्यवस्थित गर्नुको विकल्प छैन’ प्राडा संग्रौला भन्छन् –‘वैदेशिक रोजगारीको क्षेत्रमा रहेका नेपालीहरुको संरक्षण गर्दै उनीहरुले विदेशमा हासिल गरेका अनुभव, सीप तथा पूजि प्रयोग गर्न राज्य चुक्नु हुदैन र यसका लागि दूतावासले सक्रिय भूमिका खेल्न सक्नुपर्छ ।’
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
1.   गैरआवासीय नेपाली र विदेशी विज्ञहरुको सम्मेलन हुँदै
2.   साउदीमा नेपाली मुस्लिम समुदायको इफ्तारी
3.   पर्यटनदूत राजा घले काठमाडौंमा अभिनन्दित
4.   मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ
5.   एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै
6.   एनआरएन यूएईको आयोजनामा इफ्तार
7.   बालगायक अशोक दर्जीलाई संखुवासभाली चेलीको सहयोग
8.   हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला
9.   कतार नाकाबन्दी एक वर्ष, देखिदैन प्रभाव
10.   श्रमिकलाई कानुनी सहायता दिन नेपाली दूतावास मलेसियामा वकिल नियुक्त
11.   साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली
12.   अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा
13.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
14.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
15.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
16.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
17.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
18.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
19.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
20.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
21.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
22.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
23.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
24.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
25.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
Results 566: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media