आइतवार, असार १० गते, २०७५
सोमवार, २०७५ जेष्ठ ०६ गते ००:०९

चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन गरिएको छ । नेपाली सेनाले सो सडकको ट्रयाक निर्माण सम्पन्न गरेसँगै आज रक्षामन्त्री र्इश्वर पोखरेलले मैलुङमा रिवन काटेर सडकको समुद्घादन गरेका हुन् ।
 
आजै नेपाली सेनाले स्याफ्रुमा एक औपचारिक कार्यक्रम गर्दै सो सडक गल्छी–त्रिशुली–मैलुङ– स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गर्ने बताइएको छ ।
 
सडक उद्घाटनमा रक्षामन्त्री पोखरेलसँगै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारी, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत सहभागी थिए ।
 
मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले २०७२ बैसाखदेखि सुरु गरेको दुई लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न भएको निर्माण कार्यदलका प्रमुख एवम् प्राविधिक सेनानी सञ्जय केसीले जानकारी दिए।
 
सुरुवातमा ७ किलोमिटर ‘सिङ्गल लेन’को सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कार्यदललाई भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने जिम्मेवारी दिइएको थियो । १७ किलोमिटर सडक दुई लेनको बनाएको सेनाले भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सडक पनि ‘सिङ्गल लेन’को बनाएको छ ।
 
मैलुङ–स्याफ्रुबेँसी सडक निर्माणमा ७० करोड ६९ लाख ९० हजार रुपैयाँ खर्च भएको छ। दुई लेनको सडक निर्माण गर्दा एक किलोमिटरको निर्माण लागत ३ करोड ९० लाख रुपैयाँ पर्न आएको नेपाली सेनाले जनाएको छ ।
-(अनु आचार्य, नेपाललाइभ)
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता
2.   सल्यानमा इन्भेष्टमेण्टको ७२ औ शाखा संचालनमा
3.   मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
4.   'खेलौं रमाऔँ बैंङ्कक जाऔ' अफर सहित 'आइएमई वल्र्ड कप उत्सव–२०१८' शुरु
5.   प्रभू टिभीको सुरुवात, देशमै पहिलो डिजिटल भिडियो प्रसारणमा आधारित सेवा
6.   आइएमईले चौथो अन्तराष्ट्रिय पारिवारिक विप्रेषण दिवस मनायो
7.   आइएमई जनरल इन्स्योरेन्स र बयोधा हस्पिटलबीच सम्झौता
8.   महालक्ष्मी विकास बैंकको एकैसाथ २ शाखा संचालनमा
9.   आइएमईले मनायो १८ औं वार्षिकोत्सव
10.   माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा
11.   रेमिटयान्स वृद्धिदरमा आयो सुधार
12.   टेलिकमको सबै सेवा मोबाइल एपबाटै
13.   एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान
14.   गोपाल खड्काले राजिनामा दिए
15.   सेयरमा लाभकर लगाउने निर्णयबाट सरकार पछि हट्यो
16.   मेगा बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
17.   तनहुँमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर खुल्यो
18.   ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा
19.   युनाइटेड बेभरेजले ल्यायो 'पल्पी' र 'हेप्पी' ब्राण्डका नयाँ जुस
20.   नेपालमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई ढकालको आग्रह
21.   'किरानामा' कुमारी बैंकको महाबचत योजना
22.   सिद्धार्थ बैंक आइएमई पे वालेटमा आवद्ध
23.   इन्भेष्टमेन्ट बैंकको एक्स्टेन्सन काउन्टर थापाथलीमा, २४ घन्टा नै सञ्चालन हुने
24.   आर्थिक वर्ष २०७५र०७६ का लागि १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत (बजेटको पूर्ण पाठसहित)
25.   टेलिकमले ल्यायो मिस्ड कल एलर्ट सर्भिस
Results 887: You are at page 1 of 36
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media