मंगलवार, असार ०५ गते, २०७५
आइतवार, २०७५ जेष्ठ ०६ गते २३:१९

जापानको नागोया शहरस्थित ओबु सिटिमा गैरआवासीय नेपाली संघ एसिया प्यासीफिकको आयोजनामा नेपालमा जापानी लगानी र पर्यटक भित्र्याउने सम्बन्धी लगानी सेमिनार सम्पन्न भएको छ ।
 
जापानका लागि नेपाली राजदुत प्रतिभा राणाको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा जापानमा व्यवसाय गरेर बसेका नेपाली ब्यावसायी तथा जापानी व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
 
कार्यक्रमका प्रमुख अतिथी समेत रहेकी राजदुत राणाले अब नेपालमा सरकार बलियो भएको, राजनीति स्थायित्व भएको र लगानीको वातावरण पूर्ण भएको कुरा अवगत गराइन ।साथै उनले बुद्ध जन्मिएको देश नेपाल र जापानको सम्बन्ध पुरानो रहेको भन्दै नेपाली जनता र जापानी जनता मिलेर यसलाई अझै मजबुत बनाउनु पर्नेमा जोड दिइन । 
 
आइची प्रिफेक्चर ओबु शहरका मेयर ओकामुरा हिदेतोले अस्ट्रेलिया र फिलिपिन्समा आफ्नो भगिनी शहर रहेको र अब नेपालको शहरको बारेमा पनि जापान सकारात्मक रहेको जानकारी दिएका थिए ।
 
त्यसैगरी कार्क्रममा ओबु जापान चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिका अध्यक्ष किमुरा, रोटरी जापानका पूर्व गभर्नर युसुके कोन्दो, एनआरएनएका युवा संयोजक सुदन थापा, एसिया प्यासिफिकका संयोजक किरण बिक्रम थापा, आइसीसी सदस्यद्धय ओम गुरुङ र टंक गैरेले मन्तव्य राखेका थिए ।
 
प्रस्तुति दिने क्रममा नेपालको बारेमा डा. सुदिप अधिकारि, नेपालमा जापानको रोटरीले गरेको सहयोगको बारेमा डा. कोशो योशिकावा,  नेपालको पर्यटनका बारेमा नागोया शहरका पूर्व उपमेयर सुजुकी कत्सुहिसाले जानकारी गराएका थिए भने नेपालमा लगानी र सम्भावनाका बारेमा एनआरएनए एसिया प्यासिफिक उपसंयोजक तथा कार्यक्रमका परिकल्पनाकार पारसमणि पोखरेलले गरेका थिए  । 
 
साथै उक्त अवसरमा जापानी व्यवसायीहरूको नेपाल जाँदा खिचेका तस्बिरको समेत प्रदर्शनी गरिएको थियो । नेपाल गएका जापानी पर्यटक र नेपालमा ब्यबसाय आरम्भ गरेका जापानीको छोटो अनुभवले कार्यक्रम अझ रोमान्चित बनेको थियो भने कलाकार मन थापाको सारंगी प्रस्तुतिका साथै समिर र शान्ति लामाको नृत्यले पनि जापानीहरुको माझ मनोरन्जन थपेको थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
1.   प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस
2.   दिभानको महिला हिंसाबिरुद्धको अभियान
3.   आज ११ औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइदै
4.   गुडिरहेको अत्याधुनिक बसमा भयानक आगो (भिडियोसहित)
5.   यूएर्इको नेपाली समुदायमा सर्वाधिक राशीको एनआरएन कप फुटबल प्रतियोगिता हुँदै
6.   शंखमूल पार्क निर्माणका लागि सहयोग जुटाउन एनआरएनले बनायो समिति
7.   एनआरएनए फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान
8.   जापानमा एनआरएनएले गर्यो लगानी सम्मेलन, पर्यटक र लगानी भित्र्याउन जोड
9.   टोपबहादुरले तिर्नुपर्ने ब्लडमनी दूतावासलाई हस्तान्तरण
10.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
11.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
12.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
13.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
14.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
15.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
16.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
17.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
18.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
19.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
20.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
21.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
22.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
23.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
24.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
25.   एनआरएनएको अस्तित्व संकटमा
Results 406: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media