शनिवार, असार ०९ गते, २०७५
शुक्रवार, २०७५ जेष्ठ ०३ गते ००:१५

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारले तिरिरहनुपरेको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय गरेको छ । 
 
श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले बिहीबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारमा रहेका सबै सिण्डिकेट हटाउने निर्णय गरेको जानकारी दिए । 
 
अहिले मलेसिया जाने कामदारले भिसा प्रोसेसिङका नाममा ओएससी, भिएलएन, बायोमेट्रिक स्वास्थ्य परीक्षण, माइग्राम, आइएससीलगायत विभिन्न प्रक्रियाका नाममा १७ हजार ४ सय अतिरिक्त शुल्क तिर्नु परिरहेको छ । मन्त्री विष्टले यसका साथै भिसा शुल्क पनि खारेज गर्न कूटनीतिक पहल गर्ने बताए ।
 
मलेसियामा नयाँ सरकार बनेकाले नेपालको पहललाई मलेसियन सरकारले सकारात्मक रुपमा लिने विश्वास रहेको जनाउदै श्रममन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका सम्पूर्ण सिण्डिकेट तोड्ने बताएका हुन् । त्यस्ता संस्था खारेजीका लागि परराष्ट्र मन्त्रालयलाई निर्णयको पत्र पठाइएको र कुतनीतिक पहल मार्फत  खारेजी प्रक्रिया अघि बढाउने निर्णय गरिएको मन्त्री विष्टले जानकारी दिए ।
यस अघि पनि मलेसिया रोजगारीका क्रममा लागू गरिएकनकाा विभिन्न प्रक्रिया र शुल्कका विषयमा विरोध हुदै आइरहे पनि यो हट्न सकेको थिएन । यी संस्थाले मलेसियन सरकारको निर्णय बमोजिम नै आफुहरु चलेको बताउँदै आएका छन् । श्रम मन्त्रालयले एकतर्फी निर्णय गरेको भएता पनि मलेसिया सरकारले कुनै निर्णय गरिसकेको नभएकाले अझै कामदारले अतिरिक्त शुल्क तिर्नै पर्ने देखिन्छ ।  

भिडियो हेर्नुहोस
 
 



प्रतिक्रियाहरु
ईमेज मेनपावर, काठमाण्डौ
सरकारले धरौटि लिने हैन मेनपावरलाई आर्थिक भारमा राख्दा कामदारलाई भार पर्छ भन्ने बुझ्नु पर्छ। सबैकालागी नियम कानून बनाएर नेपाल मेरो हो म आफै मेरो देशका लागि असल काम गर्नु पर्छ भन्ने भाबनात्मक सोच जाग्रित गराउन सक्नु पर्छ मेनपावर मात्र हैन सबै ब्यबसाय गर्ने नागरिकलाई ।नेता र सरकारले नागरिकको समस्या बुझ्न दैनिक 1घण्टा गुप्तबास रहि आफैसंग बिचार बिमर्स गर्न सक्नु पर्छ ।
ईमेज मेनपावर, काठमाण्डौ
सरकारले धरौटि लिने हैन मेनपावरलाई आर्थिक भारमा राख्दा कामदारलाई भार पर्छ भन्ने बुझ्नु पर्छ। सबैकालागी नियम कानून बनाएर नेपाल मेरो हो म आफै मेरो देशका लागि असल काम गर्नु पर्छ भन्ने भाबनात्मक सोच जाग्रित गराउन सक्नु पर्छ मेनपावर मात्र हैन सबै ब्यबसाय गर्ने नागरिकलाई ।नेता र सरकारले नागरिकको समस्या बुझ्न दैनिक 1घण्टा गुप्तबास रहि आफैसंग बिचार बिमर्स गर्न सक्नु पर्छ ।

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
126.   वैदेशिक रोजगारीका समस्या समाधान गर्न अन्तर मन्त्रालय समन्वयको माग
127.   मेनपावरको धरौटी बढाउन खोजेकै हौ, तर छलफल गरेर पुर्नबिचार गर्न सक्छौ : महानिर्देशक पाण्डे
128.   ‘गुरुङ प्यानललाई एमालेले जितायो, अब एमाले नै उनको कार्यकाल सफल बनाउन लाग्छ’ पूर्वप्रम ओली
129.   कर्मचारीको भ्रमणमा अर्बौ सक्ने सरकारको जवाफ : नेपालीको शव फर्काउन ३ लाख छैन
130.   एसओएसलाई पछार्दै द रिभर बन्यो उत्कृष्ट
131.   दक्षिण कोरियामा कामदारको न्यूनतम तलबमा बृद्धि हुदै
132.   संघ नेतृत्वका लागि आज चुनाव
133.   १२ मेनपावर छनोट भएको दुस्प्रचार गर्ने माथि एफडब्लुसीएमएसले कानुनी उपचार खोज्ने
134.   विदेशमा मृत्यु भएका नेपालीका परिवारलाई अब बोर्डबाट ७ लाख क्षतिपूर्ति
135.   वर्तमान सरकारले नै फ्री भिसा फ्री टिकट परिमार्जन र सिन्डिकेट खारेज गर्ने कांग्रेसका प्रभावशाली नेताको प्रतिवद्दता
136.   वैदेशिक रोजगारीमा ठगिनु भएको छ,उद्धारका लागि स्थापना भयो ‘सहायता कक्ष’
137.   दक्षिण कोरियामा दक्ष कामदार पनि लिन श्रम मन्त्री मन्सुरको आग्रह
138.   सरकारद्धारा विदेशमा काम गरी फर्किएका ८ जना उद्यमीलाई राष्ट्रिय सम्मान
139.   ढकाल प्यानललाई बिजयी गराउन आक्रामक रणनीतिका साथ घिमिरे चुनावी मैदानमा(हेर्नुस भिडियो)
140.   संघमा लेबी बुझाउने समय असार २३ सम्म
141.   बैद्यरुपमा बसेका आप्रवासीलाई नहटाउँने वेलायती प्रधानमन्त्रीको चाहना
142.   वैदेशिक रोजगारका समस्याप्रति प्रतिवद्ध छु : प्रधानमन्त्री देउवा
143.   रङ फेर्नेहरुलाइ लत्याइदिनुुहोस : कांग्रेस नेता पाण्डे
144.   घरेलु कामदार खुलाउन पहल गर्छु : मन्त्री मन्सुर
145.   अन्तत गेलालको पोल्टामा महासचिव, प्यानल नै जित्ने दावी
146.   रोजगारीकालागि कतार जाने कामदार घट्दै
147.   सही नेतृत्व नछान्दा व्यवसायीले दुःख पाए, दोहोर्याएर त्यो गल्ति अब व्यवसायीले गर्ने छैनन् : गेलाल
148.   संघको निर्वाचनमा प्रगतिशिल मञ्च गठवन्धनसहित होमिने निर्णय
149.   बिमल ढकाल फोरमको उम्मेदवार,भोलि औपचारिक घोषणा
150.   आप्रवासी कामदारको समस्या जटिल बन्दैछ : आयुक्त पाठक
Results 567: You are at page 6 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media