शनिवार, असार ०९ गते, २०७५
शुक्रवार, २०७५ जेष्ठ ०३ गते ००:१५

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारले तिरिरहनुपरेको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय गरेको छ । 
 
श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले बिहीबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारमा रहेका सबै सिण्डिकेट हटाउने निर्णय गरेको जानकारी दिए । 
 
अहिले मलेसिया जाने कामदारले भिसा प्रोसेसिङका नाममा ओएससी, भिएलएन, बायोमेट्रिक स्वास्थ्य परीक्षण, माइग्राम, आइएससीलगायत विभिन्न प्रक्रियाका नाममा १७ हजार ४ सय अतिरिक्त शुल्क तिर्नु परिरहेको छ । मन्त्री विष्टले यसका साथै भिसा शुल्क पनि खारेज गर्न कूटनीतिक पहल गर्ने बताए ।
 
मलेसियामा नयाँ सरकार बनेकाले नेपालको पहललाई मलेसियन सरकारले सकारात्मक रुपमा लिने विश्वास रहेको जनाउदै श्रममन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका सम्पूर्ण सिण्डिकेट तोड्ने बताएका हुन् । त्यस्ता संस्था खारेजीका लागि परराष्ट्र मन्त्रालयलाई निर्णयको पत्र पठाइएको र कुतनीतिक पहल मार्फत  खारेजी प्रक्रिया अघि बढाउने निर्णय गरिएको मन्त्री विष्टले जानकारी दिए ।
यस अघि पनि मलेसिया रोजगारीका क्रममा लागू गरिएकनकाा विभिन्न प्रक्रिया र शुल्कका विषयमा विरोध हुदै आइरहे पनि यो हट्न सकेको थिएन । यी संस्थाले मलेसियन सरकारको निर्णय बमोजिम नै आफुहरु चलेको बताउँदै आएका छन् । श्रम मन्त्रालयले एकतर्फी निर्णय गरेको भएता पनि मलेसिया सरकारले कुनै निर्णय गरिसकेको नभएकाले अझै कामदारले अतिरिक्त शुल्क तिर्नै पर्ने देखिन्छ ।  

भिडियो हेर्नुहोस
 
 



प्रतिक्रियाहरु
ईमेज मेनपावर, काठमाण्डौ
सरकारले धरौटि लिने हैन मेनपावरलाई आर्थिक भारमा राख्दा कामदारलाई भार पर्छ भन्ने बुझ्नु पर्छ। सबैकालागी नियम कानून बनाएर नेपाल मेरो हो म आफै मेरो देशका लागि असल काम गर्नु पर्छ भन्ने भाबनात्मक सोच जाग्रित गराउन सक्नु पर्छ मेनपावर मात्र हैन सबै ब्यबसाय गर्ने नागरिकलाई ।नेता र सरकारले नागरिकको समस्या बुझ्न दैनिक 1घण्टा गुप्तबास रहि आफैसंग बिचार बिमर्स गर्न सक्नु पर्छ ।
ईमेज मेनपावर, काठमाण्डौ
सरकारले धरौटि लिने हैन मेनपावरलाई आर्थिक भारमा राख्दा कामदारलाई भार पर्छ भन्ने बुझ्नु पर्छ। सबैकालागी नियम कानून बनाएर नेपाल मेरो हो म आफै मेरो देशका लागि असल काम गर्नु पर्छ भन्ने भाबनात्मक सोच जाग्रित गराउन सक्नु पर्छ मेनपावर मात्र हैन सबै ब्यबसाय गर्ने नागरिकलाई ।नेता र सरकारले नागरिकको समस्या बुझ्न दैनिक 1घण्टा गुप्तबास रहि आफैसंग बिचार बिमर्स गर्न सक्नु पर्छ ।

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
376.   मलेसियामा विदेशी कामदारको लेभी बढाउने निर्णय स्थगित
377.   बंगलादेशले मलेसियामा १५ लाख कामदार पठाउने, नेपालीको अबसर प्रभावित हुने
378.   केयरगिभर छनोट परीक्षाको नतिजा सार्वजनिक (उत्तिर्णको नामावलीसहित)
379.   मलेसियामा अवैध आप्रवासीलाई वैध हुने बाटो खुल्यो
380.   साउदीमा नेपाली कामदारलाई अब अनलाइनबाटै राहदानी
381.   मलेसियाद्वारा विदेशी कामदारसँग लिँदै आएको लेभीमा वृद्धि
382.   साउदीमा ३ सय नेपाली बिचल्ली
383.   इजरायल जाने भाषा परीक्षामा १ सय छनौट (सूची सहित)
384.   मलेसिया दूतावासद्धारा ट्राभल डकुमेण्ट बनाउन स्थगित
385.   कुवेतमा गैरकानुनी कामदारलाई आममाफीको मौका
386.   दक्षिण कोरियामा मजदुरको तलब बढ्यो
387.   कोरियामा अबैध बस्नेको संख्या बढ्न थाल्यो
388.   साउदीमा बन्धक नेपालीको उद्धार पहल शुरु
389.   साउदी अरब सुरक्षित छ : नेपाली दूतावास
390.   रूस हुँदै युरोपतर्फ मानव तस्करी
391.   कृषि विकास बैंकमा जागिर खुल्यो (सुचनासहित)
392.   फ्री भिषा र फ्री टिकट तर कामदारबाट पैसा
393.   अवैध कामदार फिर्ता गर्न दलाल सक्रिय
394.   अघि बढ्यो साउदीसँग श्रम सम्झौता
395.   पुनः श्रम स्वीकृति विमानस्थलबाटै
396.   कोरियाले माघ तेस्रो हप्ताबाट कामदार लैजाने
397.   आप्रवासी श्रमिकको पक्षमा इमान्दार हुन जोड
398.   फ्री भिषा र फ्री टिकट कार्यान्वयनमा समस्या परेको व्यवसायीद्धारा स्वीकार
399.   करोडवालाहरु संगठित भए अब कामदार संगठित हुनुपर्छ : सचिव आचार्य
400.   लोकसेवाले माग्यो ५ सय ५१ शाखा अधिकृत
Results 567: You are at page 16 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media