शनिवार, असार ०९ गते, २०७५
शुक्रवार, २०७५ जेष्ठ ०३ गते ००:१५

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारले तिरिरहनुपरेको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय गरेको छ । 
 
श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले बिहीबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारमा रहेका सबै सिण्डिकेट हटाउने निर्णय गरेको जानकारी दिए । 
 
अहिले मलेसिया जाने कामदारले भिसा प्रोसेसिङका नाममा ओएससी, भिएलएन, बायोमेट्रिक स्वास्थ्य परीक्षण, माइग्राम, आइएससीलगायत विभिन्न प्रक्रियाका नाममा १७ हजार ४ सय अतिरिक्त शुल्क तिर्नु परिरहेको छ । मन्त्री विष्टले यसका साथै भिसा शुल्क पनि खारेज गर्न कूटनीतिक पहल गर्ने बताए ।
 
मलेसियामा नयाँ सरकार बनेकाले नेपालको पहललाई मलेसियन सरकारले सकारात्मक रुपमा लिने विश्वास रहेको जनाउदै श्रममन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका सम्पूर्ण सिण्डिकेट तोड्ने बताएका हुन् । त्यस्ता संस्था खारेजीका लागि परराष्ट्र मन्त्रालयलाई निर्णयको पत्र पठाइएको र कुतनीतिक पहल मार्फत  खारेजी प्रक्रिया अघि बढाउने निर्णय गरिएको मन्त्री विष्टले जानकारी दिए ।
यस अघि पनि मलेसिया रोजगारीका क्रममा लागू गरिएकनकाा विभिन्न प्रक्रिया र शुल्कका विषयमा विरोध हुदै आइरहे पनि यो हट्न सकेको थिएन । यी संस्थाले मलेसियन सरकारको निर्णय बमोजिम नै आफुहरु चलेको बताउँदै आएका छन् । श्रम मन्त्रालयले एकतर्फी निर्णय गरेको भएता पनि मलेसिया सरकारले कुनै निर्णय गरिसकेको नभएकाले अझै कामदारले अतिरिक्त शुल्क तिर्नै पर्ने देखिन्छ ।  

भिडियो हेर्नुहोस
 
 



प्रतिक्रियाहरु
ईमेज मेनपावर, काठमाण्डौ
सरकारले धरौटि लिने हैन मेनपावरलाई आर्थिक भारमा राख्दा कामदारलाई भार पर्छ भन्ने बुझ्नु पर्छ। सबैकालागी नियम कानून बनाएर नेपाल मेरो हो म आफै मेरो देशका लागि असल काम गर्नु पर्छ भन्ने भाबनात्मक सोच जाग्रित गराउन सक्नु पर्छ मेनपावर मात्र हैन सबै ब्यबसाय गर्ने नागरिकलाई ।नेता र सरकारले नागरिकको समस्या बुझ्न दैनिक 1घण्टा गुप्तबास रहि आफैसंग बिचार बिमर्स गर्न सक्नु पर्छ ।
ईमेज मेनपावर, काठमाण्डौ
सरकारले धरौटि लिने हैन मेनपावरलाई आर्थिक भारमा राख्दा कामदारलाई भार पर्छ भन्ने बुझ्नु पर्छ। सबैकालागी नियम कानून बनाएर नेपाल मेरो हो म आफै मेरो देशका लागि असल काम गर्नु पर्छ भन्ने भाबनात्मक सोच जाग्रित गराउन सक्नु पर्छ मेनपावर मात्र हैन सबै ब्यबसाय गर्ने नागरिकलाई ।नेता र सरकारले नागरिकको समस्या बुझ्न दैनिक 1घण्टा गुप्तबास रहि आफैसंग बिचार बिमर्स गर्न सक्नु पर्छ ।

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
251.   वन स्टप सेन्टर र इमिग्रेशन सेक्युरिटि सेन्टरको काम तत्काल रोक्न निर्देशन
252.   बेलायतमा गोर्खा सैनिकको भर्ना संख्या २५ प्रतिशतले थपिंदै
253.   सेक्युरिटी गार्डमा विदेश जान लागेको प्रतिबन्ध हटाउन समितिको निर्देशन,
254.   सरकारले सहमतिको वेवास्था गरेको भन्दै फ्रि भिसा फ्रि टिकटको औचित्य समाप्त भएको संघको ठहर
255.   कोरिया रोजगारीका समस्याबारे श्रममन्त्रीलाई ध्यानाकर्षण
256.   ‘सेफ जर्नी’ गर्न व्यवसायीलाई नवनियुक्त महानिर्देशक पाण्डेको निर्देशन
257.   मलेसिया रोजगारीमा किन गिरावट आयो?(भिडियो रिपोर्टसहित)
258.   वैरो बिभागका महानिर्देशकको सरुवा, महानिर्देशकमा पाण्डे आए
259.   अब कतार, मलेसिया, यूएई र साउदीसम्बन्धी जानकारी फोनबाटै
260.   मानव तस्करीमा श्रीलंका रुटको प्रयोग बढ्यो
261.   विदेश पठाउने दलाल छ्यासछ्यास्ती
262.   खाद्य संस्थानमा जागिर खुल्यो, ३१ कर्मचारी माग (सूचनासहित)
263.   'जिल्लातहमा तालिम संचालनको अनुमति दिनु राहदानी संकलन केन्द्र बनाउनु हो'
264.   नविल बैंकले माग्यो ११० जना फ्रेस स्टाफ, १० जना म्यानेजमेन्ट ट्रेनी र १०० जना ट्रेनी एसिस्टेन्ट
265.   कोरिया रोजगारीका नाममा ठग्दै लामा
266.   निजामती अस्पतालले माग्यो ८३ कर्मचारी (सुचनासहित)
267.   नेपाली सेनामा जागिर खुल्यो (सुचनासहित)
268.   अफगानिस्तान रोजगारीमा लागेको प्रतिबन्ध खुल्यो
269.   नेपाल एयरलाइन्समा जागिर खुल्यो, अधिकृतदेखि सहायकसम्म ५३ जना माग
270.   कतारमा आप्रवासी कामदार सम्बन्धी कानुन खुकुलो बन्दै
271.   मानव तस्कर विरुद्ध लड्न कतारद्धारा समिति गठन
272.   साउदीले भिसा शुल्कमा भारि वृद्धि ल्यायो,नेपाली प्रभावित हुने
273.   कोरिया रोजगारीका नाममा ठगी गर्दै हिडेका श्रेष्ठ पक्राउ
274.   फ्री भिसा र फ्री टिकट कार्यान्वयन भएन
275.   ‘सचिवज्यू ! कन्फ्युजनमा पार्न खोज्नेबाट जोगिएर काम गर्नुहोला’
Results 567: You are at page 11 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media