मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:५४

आइपिएलमा सनसनी मच्चाएका नेपालमा युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को फड्को मारेका छन्। वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा उनी परेका छन् । जसमा वेष्ट इन्डिजविरुद्धका विश्वका चर्चित खेलाडीहरु समावेश छन् । 
 
जेठ १७ गते इंगल्यान्डको लर्डस्‌मा हुने सो खेलमा आइसिसी विश्व ११ को तर्फबाट इंगल्यान्डका खेलाडी इयान मोर्गन कप्तान छन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गरेपछि उनी सो टिमका लागि छनोट भएका हुन् । वेष्ट इन्डिजमा क्रिकेट रंगशाला बनाउन सहयोग जुटाउने उदेश्यले सो टी–ट्वान्टी प्रतिस्पर्धा हुन लागेको हो । 
 
वेष्ट इन्डिज विरुद्धको विश्व ११ टिममा विश्वका चर्चित खेलाडीहरु साहिद अफ्रिदी, तमिम इक्बाल, दिनेश कार्थिक, रसिद खान, सोयब मल्लिक, हार्दिक पाण्डे, थिसेरा परेरा जस्ता चर्चित खेलाडीहरु छन् । 
 
आफुलाई विश्व ११ टिममा समबेश गरिएकोमा खुशी व्यक्त गर्दै सन्दीपले यो आफ्नो देश र सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन् । टेलिभिजनमा मात्र देखेका चर्चित खेलाडीहरुसँग खेल्न पाउँदा आफ्नो स्किलमा पनि धेरै सुधार हुने अपेक्षा रहेको उनले बताएका छन् । 
 
आइपिएलको डेब्यु खेलमा नै प्रभावशाली बलिङ गरेपछि सन्दीपको चर्चा बिश्वभरी फैलिएको छ । चर्चासँगै उनले एकपछि अर्को अवसर पाइरहेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
201.   संघको महासचिवमा आउन गेलालको यस्तो खेल
202.   प्रधानमन्त्री प्रचण्डले दिए राजीनामा
203.   भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा
204.   राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त रकम दिने बजेट आउँदै
205.   किरणकिशोरलाई फोरमले अध्यक्षको उम्मेदवार बनाउने पक्का
206.   संघको अध्यक्षमा प्रगतिशिल मञ्चले गुरुङलाई अघि सार्दै
207.   ‘इमान नभएका वाग्लेका बारेमा प्रश्न गरेर आफ्नो समय बर्बाद नगर्नुस्’
208.   उपत्यकाका चारै दिशामा चार नयाँ सहर बन्ने
209.   गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच संझौता
210.   वैशाख २५ देखि ३१ सम्म विद्यालय बिदा
211.   दीप बस्न्यात अख्तियारको प्रमुख आयुक्तमा सिफारिस
212.   स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता धमाधम
213.   ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’
214.   प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता
215.   काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने
216.   शर्मिला पराजुली ओमानका लागि नेपाली राजदूतमा नियुक्त
217.   हिमालय एअरलाइन्सले काठमाडौं-दुबई सिधा उडान सुरु गर्‍यो
218.   नेपाल स्काउटमा आन्दोलनको घोषणा
219.   भुकम्प गएको दुइ बर्ष पुग्यो, अनुदानबाट एक घर पनि बनेन
220.   कामदारबाट उठाएको अर्बौं रकम ६ वर्षदेखि थन्कियो
221.   अष्ट्रेलिया जाने विद्यार्थीले अब जुनसुकै बाणिज्य बैंकबाट ऋण लिन सक्ने
222.   अमेरिकाको सियाटलमा नेपाली वाणिज्य दूतावास स्थापना हुने
223.   कतारका लागि कोइराला र इजरायलका लागि थापा नेपाली राजदूतमा नियुक्त
224.   महिला नेतृहरु पनि के कम ? बलेफि गाँउपालीकामा गीता नेपालको दावेदारी
225.   डलर कमजोर हुँदा नेपाली रुपैयाँ बलियो
Results 706: You are at page 9 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media