मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:५४

आइपिएलमा सनसनी मच्चाएका नेपालमा युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को फड्को मारेका छन्। वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा उनी परेका छन् । जसमा वेष्ट इन्डिजविरुद्धका विश्वका चर्चित खेलाडीहरु समावेश छन् । 
 
जेठ १७ गते इंगल्यान्डको लर्डस्‌मा हुने सो खेलमा आइसिसी विश्व ११ को तर्फबाट इंगल्यान्डका खेलाडी इयान मोर्गन कप्तान छन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गरेपछि उनी सो टिमका लागि छनोट भएका हुन् । वेष्ट इन्डिजमा क्रिकेट रंगशाला बनाउन सहयोग जुटाउने उदेश्यले सो टी–ट्वान्टी प्रतिस्पर्धा हुन लागेको हो । 
 
वेष्ट इन्डिज विरुद्धको विश्व ११ टिममा विश्वका चर्चित खेलाडीहरु साहिद अफ्रिदी, तमिम इक्बाल, दिनेश कार्थिक, रसिद खान, सोयब मल्लिक, हार्दिक पाण्डे, थिसेरा परेरा जस्ता चर्चित खेलाडीहरु छन् । 
 
आफुलाई विश्व ११ टिममा समबेश गरिएकोमा खुशी व्यक्त गर्दै सन्दीपले यो आफ्नो देश र सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन् । टेलिभिजनमा मात्र देखेका चर्चित खेलाडीहरुसँग खेल्न पाउँदा आफ्नो स्किलमा पनि धेरै सुधार हुने अपेक्षा रहेको उनले बताएका छन् । 
 
आइपिएलको डेब्यु खेलमा नै प्रभावशाली बलिङ गरेपछि सन्दीपको चर्चा बिश्वभरी फैलिएको छ । चर्चासँगै उनले एकपछि अर्को अवसर पाइरहेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
601.   विदेश बस्ने नेपालीलाई मन्त्री पण्डितको कटाक्ष
602.   महासंघको अध्यक्षमा खड्का बिजयी
603.   स्वास्थ्य व्यवसायी महासंघमा चुनावी भिडन्त
604.   महासंघको निर्वाचन प्रकृया अन्योलमा
605.   स्वास्थ्य व्यवसायी महासंघको साधारण सभा सम्पन्न
606.   सुनकोशी पीडितलाई आकर्षणको आर्थिक सहयोग
607.   बाढिपिडितलाई वैरो एकता समितिको १० लाख बराबरको राहतसामग्री
608.   ७५ जिल्लाको ८६ स्थानमा मनराम पुस्तकालय स्थापना
609.   आफ्नै छोरा र भाञ्जालाई जागिर खुवाउँदै बोर्डमा हाकिमहरु
610.   अभिमूखिकरण तालिम सरकारले दिने भनाइको विरोध
611.   लिस्नर्स क्लवको निःशुल्क दन्त परीक्षण शिविर
612.   गतबर्ष सवैभन्दा बढि विदेश पठाउने मेनपावरको नाम सार्वजनिक
613.   टोखाबासीलाई कोरियन संस्थाको सहयोग
614.   ब्लूस्काईको पहलमा मृतकका परिवारलाई १० लाख
615.   बायोमेट्रिक लगाउन मलेसियाको दवाव
616.   विदेशमा बस्ने नेपालीको मतदान अधिकार खोज्दै आयोग
617.   कतार नेपालीहरुका लागि अवसरको खानी
618.   इराकका नेपालीको उद्धार खर्च सरकारले गर्ने
619.   वैदेशिक रोजगारीमा जानेलाई सरकारले ऋण दिने
620.   इराकमा रहेका नेपालीलाई छिटो स्वदेश फर्कन सरकारको आग्रह
621.   कामदारको लागत तोक्नु नै गलत : पूर्वराजदूत मिश्र
622.   कोरयामा गैरकानूनीरुपमा वस्नेलाई निरुत्साहित बनाउने योजना
623.   कतारमा दिउँसो काम लगाउन रोक
624.   आइपीएल टी–२० क्रिकेटको उपाधि कोलकातालाई
625.   शाहरुख–प्रीति जिन्टा आमने–सामने !
Results 706: You are at page 25 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media