बुधवार, जेष्ठ ०९ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ ०१ गते २३:२९

 

 
केन्द्र स्थापनाका लागि हरेक प्रदेशमा कम्तिमा १० विधा (करिब १ सय ३० रोपनी) जमिन आवश्यक पर्ने र प्रत्येक प्रदेशका लागि २० करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए । 
‘यो नयाँ कन्सेप्ट हो, हामीले लामो छलफलपछि यस्तो गर्न सकिने निष्कर्ष निकालेका हौं,’ उनले भने, ‘स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले सातै प्रदेशमा स्किल्ड डेभलपमेन्ट सेन्टर स्थापना गर्न सकिन्छ ।’ यसबाट वार्षिक ४२ हजार दक्ष जनशक्ति उत्पादन हुन्छ । नेपालमा नै काम गर्नेले पनि राम्रो सीप र सुरक्षित ड्राइभिङ गर्न सक्छ भने विदेश नै जान चाहने पनि दक्ष भएर जान सक्ने उनको भनाइ छ । 
 
अहिले सडकमा नै ड्राइभिङ सिक्ने अर्थात सिकाउने काम भइरहको छ । यसले दुर्घटना त निम्त्याएको छ नै, अन्य प्रविधिक ज्ञानसमेत चालकहरूमा निक्कै कम हुने गरेको छ । एउटा इन्स्टिच्युट निर्माणमा करिब २० करोड रुपैयाँ लाग्ने दाहालको आकलन रहेको छ । ७ वटा इन्स्टिच्युट निर्माण गर्न १ अर्ब ४० करोड रुपैयाँ लाग्छ । यसको लगानीका विषयमा उनले भने –‘लगानीको खाँचो छैन । पैसा जुटाउने माध्यम मैले भेटाएको छु तर, समस्या जमीन कसरी उपलब्ध हुन्छ भन्ने हो । यदि सरकारले हरेक प्रदेशमा १०÷१० बिघा जमिन दिन्छ भने ५ वर्ष्भित्र सबै प्रदेशमा इन्स्टिच्युट स्थापना गरिसक्ने सोच बनाएको छु ।’ 
 
यो इन्स्टिच्युट आफूहरुले नाफा कमाउनका लागि गर्न लागेको नभइ देशको आवश्यकता महशुस गरि गर्न लागिएको बताए । ५ वर्षमा निर्माण सक्ने लक्ष्य रहेको र त्यसपश्चात पाँच वर्ष सञ्चालन गरेपछि सरकारलाई नै हस्तान्तरण गर्ने उनको भनाइ छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा लगानी गर्नुपर्ने नियमले धेरैले मिलेर बनाउन सक्ने अस्था रहेको उनको भनाइ छ । यसको नेतृत्व कसले लिने भन्ने हो, त्यसको लागि आफूहरू तयार रहेको दाहालले बताए । ‘सञ्चालनको मोडालिटीलगायत स्पष्ट खाका लिएर छिट्टै तिनै तहको सरकारमा जाने तयारी गरिएको छ’ उनले भने । 
 
सेन्टरमा ३ हजार मानिसका लागि आवासीय सुविधा हुनेछ र यो अन्तर्रा्ष्ट्रिय मापदण्डको बन्नेछ । हरेक प्रदेशको सेन्टरले वार्षिक ३ हजार मेकानिक्स र ३ हजार कमर्सियल सवारी चालक उत्पादन गर्नेछ । यो योजनाले देशमा जनशक्ति विकासमा निकै सहयोगी बन्ने देखिन्छ ।
कारोवार दैनिकबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
176.   वैदेशिक रोजगारीबाट फर्किएकालाई सीपका आधारमा योग्यताको प्रमाणपत्र
177.   साउदीद्वारा ९० दिने आममाफीको घोषणा
178.   फ्री भिसा फ्री टिकटमा पठाएको कामदारको विवरण माग्यो सरकारले, व्यवसायी भन्छन दिदैनौ
179.   वैदेशिक रोजगार छात्रवृत्तिका लागि निवेदन दिने म्याद थपियो
180.   बंगालीलाई खुल्यो मलेसियाको ढोका
181.   ​सरकारी जागिरमा ठुलो संख्यामा अवसर, ७ सय ६९ खरिदारको माग (सूचनासहित)
182.   वैदेशिक रोजगारी व्यवस्थित गर्न पाँच सदस्यीय गृहकार्य कार्यदल गठन
183.   कुर्मीको हत्याबारे सत्य तथ्य सार्वजनिक गरि हत्यारालाई कारवाहीको माग
184.   इजरायलमा ६० जना नेपाली केयरगिभरको माग (सूचनासहित)
185.   मलेसिया जाने कामदारसँग खुल्लम खुल्ला १ लाख असुल्दै ग्राण्ड सुइट
186.   सन् २०१८ मा कोरियाले १० हजार २ सय नेपाली लैजाने, आवेदन चैत ९ देखि, परीक्षा जेठ अन्तिममा
187.   के मेनपावर व्यवसाय नै बदनाम हो वा व्यवसायी ?
188.   मेरा बारे अनर्गल प्रचार गरियो : शर्मिला पराजुलि
189.   मलेसियासँग श्रम सम्झौताका लागि निचोडमा पुग्दै सरकार
190.   नागरिक उड्डयन प्राधिकरणले माग्यो १२७ कर्मचारी
191.   विदेशबाट नै परीक्षा दिने व्यवस्था गरिदिन माग
192.   संघको विधान बिपरित पास गरिएको संशोधनलाई सीडीओ कार्यालयले कसरी दियो वैधानिकता ?
193.   अमेरिकाले कडाइ गरेपछि मेक्सिकोमा ३ सय नेपाली अलपत्र
194.   २८ मृतकका परिवारलाई कुवेतबाट पाँच करोड क्षतिपूर्ति
195.   इपीएस भाषा परीक्षाको अनलाईन फारम चैत्र पहिलो हप्ता खुल्ने
196.   बायोमेट्रिक स्वास्थ्य परीक्षण बन्द गराउन ७ दिने अल्टिमेटम
197.   फ्री भिषा र फ्री टिकटको निर्णायक छलफल गछौं : राज्यमन्त्री गच्छदार
198.   विदेशबाट फर्किएका उद्यमीलाई सरकारले पुरस्कृत गर्ने
199.   वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक लिथुनिया खुल्ला गरिदै
200.   कामदारलाई आर्थिक भार पार्ने प्रक्रिया खारेज गर्न संघको चेतावनी
Results 555: You are at page 8 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media