मंगलवार, जेष्ठ ०८ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ ०१ गते २३:२९

 

 
केन्द्र स्थापनाका लागि हरेक प्रदेशमा कम्तिमा १० विधा (करिब १ सय ३० रोपनी) जमिन आवश्यक पर्ने र प्रत्येक प्रदेशका लागि २० करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए । 
‘यो नयाँ कन्सेप्ट हो, हामीले लामो छलफलपछि यस्तो गर्न सकिने निष्कर्ष निकालेका हौं,’ उनले भने, ‘स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले सातै प्रदेशमा स्किल्ड डेभलपमेन्ट सेन्टर स्थापना गर्न सकिन्छ ।’ यसबाट वार्षिक ४२ हजार दक्ष जनशक्ति उत्पादन हुन्छ । नेपालमा नै काम गर्नेले पनि राम्रो सीप र सुरक्षित ड्राइभिङ गर्न सक्छ भने विदेश नै जान चाहने पनि दक्ष भएर जान सक्ने उनको भनाइ छ । 
 
अहिले सडकमा नै ड्राइभिङ सिक्ने अर्थात सिकाउने काम भइरहको छ । यसले दुर्घटना त निम्त्याएको छ नै, अन्य प्रविधिक ज्ञानसमेत चालकहरूमा निक्कै कम हुने गरेको छ । एउटा इन्स्टिच्युट निर्माणमा करिब २० करोड रुपैयाँ लाग्ने दाहालको आकलन रहेको छ । ७ वटा इन्स्टिच्युट निर्माण गर्न १ अर्ब ४० करोड रुपैयाँ लाग्छ । यसको लगानीका विषयमा उनले भने –‘लगानीको खाँचो छैन । पैसा जुटाउने माध्यम मैले भेटाएको छु तर, समस्या जमीन कसरी उपलब्ध हुन्छ भन्ने हो । यदि सरकारले हरेक प्रदेशमा १०÷१० बिघा जमिन दिन्छ भने ५ वर्ष्भित्र सबै प्रदेशमा इन्स्टिच्युट स्थापना गरिसक्ने सोच बनाएको छु ।’ 
 
यो इन्स्टिच्युट आफूहरुले नाफा कमाउनका लागि गर्न लागेको नभइ देशको आवश्यकता महशुस गरि गर्न लागिएको बताए । ५ वर्षमा निर्माण सक्ने लक्ष्य रहेको र त्यसपश्चात पाँच वर्ष सञ्चालन गरेपछि सरकारलाई नै हस्तान्तरण गर्ने उनको भनाइ छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा लगानी गर्नुपर्ने नियमले धेरैले मिलेर बनाउन सक्ने अस्था रहेको उनको भनाइ छ । यसको नेतृत्व कसले लिने भन्ने हो, त्यसको लागि आफूहरू तयार रहेको दाहालले बताए । ‘सञ्चालनको मोडालिटीलगायत स्पष्ट खाका लिएर छिट्टै तिनै तहको सरकारमा जाने तयारी गरिएको छ’ उनले भने । 
 
सेन्टरमा ३ हजार मानिसका लागि आवासीय सुविधा हुनेछ र यो अन्तर्रा्ष्ट्रिय मापदण्डको बन्नेछ । हरेक प्रदेशको सेन्टरले वार्षिक ३ हजार मेकानिक्स र ३ हजार कमर्सियल सवारी चालक उत्पादन गर्नेछ । यो योजनाले देशमा जनशक्ति विकासमा निकै सहयोगी बन्ने देखिन्छ ।
कारोवार दैनिकबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
126.   सरकारद्धारा विदेशमा काम गरी फर्किएका ८ जना उद्यमीलाई राष्ट्रिय सम्मान
127.   ढकाल प्यानललाई बिजयी गराउन आक्रामक रणनीतिका साथ घिमिरे चुनावी मैदानमा(हेर्नुस भिडियो)
128.   संघमा लेबी बुझाउने समय असार २३ सम्म
129.   बैद्यरुपमा बसेका आप्रवासीलाई नहटाउँने वेलायती प्रधानमन्त्रीको चाहना
130.   वैदेशिक रोजगारका समस्याप्रति प्रतिवद्ध छु : प्रधानमन्त्री देउवा
131.   रङ फेर्नेहरुलाइ लत्याइदिनुुहोस : कांग्रेस नेता पाण्डे
132.   घरेलु कामदार खुलाउन पहल गर्छु : मन्त्री मन्सुर
133.   अन्तत गेलालको पोल्टामा महासचिव, प्यानल नै जित्ने दावी
134.   रोजगारीकालागि कतार जाने कामदार घट्दै
135.   सही नेतृत्व नछान्दा व्यवसायीले दुःख पाए, दोहोर्याएर त्यो गल्ति अब व्यवसायीले गर्ने छैनन् : गेलाल
136.   संघको निर्वाचनमा प्रगतिशिल मञ्च गठवन्धनसहित होमिने निर्णय
137.   बिमल ढकाल फोरमको उम्मेदवार,भोलि औपचारिक घोषणा
138.   आप्रवासी कामदारको समस्या जटिल बन्दैछ : आयुक्त पाठक
139.   वैदेशिक रोजगारमा बीमा, फाइदा अनेक
140.   ईपीएस भाषा परीक्षा सुरु, ७५ हजार परीक्षार्थी सहभागी
141.   उम्मेदवार छनोटको विवादमा होइन, दुइ तिहाईले चुनाव जित्ने रणनीति बनाउन केन्द्रित छ फोरम : ढकाल
142.   जनतालाई प्रभावकारी सेवा सरल ढंगमा दिन नवनियुक्त श्रम मन्त्री मन्सुरको ध्यानाकर्षण
143.   राजनीति गर्ने भए स्थानीय चुनावमा जानु संघमा होइन : गुरुङ
144.   फोरमलाई झड्का, फोरमकी तेजु मञ्चबाट उम्मेदवार
145.   कतारमा विकसित घटनाक्रमले नेपालीको रोजगारीमा कुनै असर पर्दैन : नेपाली राजदूत रमेश कोइराला सँगको एक्सक्लुसिभ अन्तर्वार्ता
146.   कतार जानेहरुको श्रम स्वीकृति रोकियो
147.   संघ नेतृत्वमा जाने आकांक्षिको मन दुखाउदैनौ : गेलाल
148.   आज र भोलि सम्ममा अध्यक्षको टुंगो नलगाए फोरमले दुर्भाग्यपूर्ण परिणाम भोग्छ (हेर्नुस भिडियो)
149.   स्वदेशमै रोजगारी सिर्जना गर्न पाँच खर्बको औद्योगिक विकास कोष खोलिने
150.   महानिर्देशकज्यू,ठाउमा बस्नुस नत्र ठेगान लगाउन हामीलाइ पनि आउछ : ढकाल
Results 555: You are at page 6 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media