मंगलवार, जेष्ठ ०८ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ ०१ गते २३:२९

 

 
केन्द्र स्थापनाका लागि हरेक प्रदेशमा कम्तिमा १० विधा (करिब १ सय ३० रोपनी) जमिन आवश्यक पर्ने र प्रत्येक प्रदेशका लागि २० करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए । 
‘यो नयाँ कन्सेप्ट हो, हामीले लामो छलफलपछि यस्तो गर्न सकिने निष्कर्ष निकालेका हौं,’ उनले भने, ‘स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले सातै प्रदेशमा स्किल्ड डेभलपमेन्ट सेन्टर स्थापना गर्न सकिन्छ ।’ यसबाट वार्षिक ४२ हजार दक्ष जनशक्ति उत्पादन हुन्छ । नेपालमा नै काम गर्नेले पनि राम्रो सीप र सुरक्षित ड्राइभिङ गर्न सक्छ भने विदेश नै जान चाहने पनि दक्ष भएर जान सक्ने उनको भनाइ छ । 
 
अहिले सडकमा नै ड्राइभिङ सिक्ने अर्थात सिकाउने काम भइरहको छ । यसले दुर्घटना त निम्त्याएको छ नै, अन्य प्रविधिक ज्ञानसमेत चालकहरूमा निक्कै कम हुने गरेको छ । एउटा इन्स्टिच्युट निर्माणमा करिब २० करोड रुपैयाँ लाग्ने दाहालको आकलन रहेको छ । ७ वटा इन्स्टिच्युट निर्माण गर्न १ अर्ब ४० करोड रुपैयाँ लाग्छ । यसको लगानीका विषयमा उनले भने –‘लगानीको खाँचो छैन । पैसा जुटाउने माध्यम मैले भेटाएको छु तर, समस्या जमीन कसरी उपलब्ध हुन्छ भन्ने हो । यदि सरकारले हरेक प्रदेशमा १०÷१० बिघा जमिन दिन्छ भने ५ वर्ष्भित्र सबै प्रदेशमा इन्स्टिच्युट स्थापना गरिसक्ने सोच बनाएको छु ।’ 
 
यो इन्स्टिच्युट आफूहरुले नाफा कमाउनका लागि गर्न लागेको नभइ देशको आवश्यकता महशुस गरि गर्न लागिएको बताए । ५ वर्षमा निर्माण सक्ने लक्ष्य रहेको र त्यसपश्चात पाँच वर्ष सञ्चालन गरेपछि सरकारलाई नै हस्तान्तरण गर्ने उनको भनाइ छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा लगानी गर्नुपर्ने नियमले धेरैले मिलेर बनाउन सक्ने अस्था रहेको उनको भनाइ छ । यसको नेतृत्व कसले लिने भन्ने हो, त्यसको लागि आफूहरू तयार रहेको दाहालले बताए । ‘सञ्चालनको मोडालिटीलगायत स्पष्ट खाका लिएर छिट्टै तिनै तहको सरकारमा जाने तयारी गरिएको छ’ उनले भने । 
 
सेन्टरमा ३ हजार मानिसका लागि आवासीय सुविधा हुनेछ र यो अन्तर्रा्ष्ट्रिय मापदण्डको बन्नेछ । हरेक प्रदेशको सेन्टरले वार्षिक ३ हजार मेकानिक्स र ३ हजार कमर्सियल सवारी चालक उत्पादन गर्नेछ । यो योजनाले देशमा जनशक्ति विकासमा निकै सहयोगी बन्ने देखिन्छ ।
कारोवार दैनिकबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
426.   अब फ्री भिसा र फ्री टिकटको विषय मिल्यो
427.   फ्री भीषा फ्री टिकटमा आफै चुके मेनपावर व्यवसायी
428.   ५ हजारमा मिलेन मन्त्रालय र व्यवसायीको वार्ता
429.   मेनपावर व्यवसायी–मन्त्रालय वार्ता सहमति नजिक
430.   श्रम मन्त्रालय र व्यवसायीबीच वार्ता जारी
431.   कुर्सीमा बस्ने मेनपावर व्यवसायीलाई गर्मीमा आन्दोलन नगर्न मन्त्रीको आग्रह
432.   व्यवसायीले नटेरे जीटुजी मार्फत कामदार पठाउन सकिन्छ : मन्त्री गुरुङ
433.   व्यवसाय ठप्प पार्दै वैदेशिक रोजगार व्यवसायीहरुको आन्दोलन जारी
434.   सरकारले निर्णय फिर्ता नगरे मेनपावर अनिश्चितकाल बन्द
435.   “फ्री भिसा, फ्री टिकट” सरकारले लागु गरेरै छोड्ने
436.   संघमा विमल ढकाल विजयी (मत परिणामसहित)
437.   वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा सम्पन्न
438.   संघमा नयाँ नेतृत्वको निर्वाचन भोली बिहिबार हुदै
439.   आकर्षणको अग्रसरतामा सिन्धुपाल्चोकका भुकम्पपीडितलाई २६ लाख वितरण
440.   अध्यक्षका प्रत्यासीले मागे श्रमराज्यमन्त्री राजिनामा
441.   संघको महासचिवमा महासंग्राम
442.   संघ निर्वाचनमा प्रथम उपाध्यक्षमा तीन प्रतिष्पर्धी
443.   कांग्रेसले भन्यो संघको नेतृत्वमा आधिकारिक ढकाल प्यानल
444.   ढकालको नेतृत्वमा फोरमको पूर्ण प्यानल घोषणा
445.   संघको आगामी नेतृत्वमा पोखरेलको प्यानल घोषणा
446.   विशुद्ध व्यवसायिक घिमिरेको सबै पदसहितको प्यानल सार्वजनिक
447.   ‘फ्रि भिषा, फ्रि टिकट’ तत्काल लागु नहुने संकेत
448.   बिशुद्ध व्यवसायिक नेतृत्वका लागि घिमिरेको प्यानल
449.   वैदेशिक रोजगार अब निःशुल्क
450.   कामदारको मागपत्र प्रमाणीकरण दूतावासबाट मात्र गर्न निर्देशन
Results 555: You are at page 18 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media