मंगलवार, जेष्ठ ०८ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ ०१ गते २३:२९

 

 
केन्द्र स्थापनाका लागि हरेक प्रदेशमा कम्तिमा १० विधा (करिब १ सय ३० रोपनी) जमिन आवश्यक पर्ने र प्रत्येक प्रदेशका लागि २० करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए । 
‘यो नयाँ कन्सेप्ट हो, हामीले लामो छलफलपछि यस्तो गर्न सकिने निष्कर्ष निकालेका हौं,’ उनले भने, ‘स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले सातै प्रदेशमा स्किल्ड डेभलपमेन्ट सेन्टर स्थापना गर्न सकिन्छ ।’ यसबाट वार्षिक ४२ हजार दक्ष जनशक्ति उत्पादन हुन्छ । नेपालमा नै काम गर्नेले पनि राम्रो सीप र सुरक्षित ड्राइभिङ गर्न सक्छ भने विदेश नै जान चाहने पनि दक्ष भएर जान सक्ने उनको भनाइ छ । 
 
अहिले सडकमा नै ड्राइभिङ सिक्ने अर्थात सिकाउने काम भइरहको छ । यसले दुर्घटना त निम्त्याएको छ नै, अन्य प्रविधिक ज्ञानसमेत चालकहरूमा निक्कै कम हुने गरेको छ । एउटा इन्स्टिच्युट निर्माणमा करिब २० करोड रुपैयाँ लाग्ने दाहालको आकलन रहेको छ । ७ वटा इन्स्टिच्युट निर्माण गर्न १ अर्ब ४० करोड रुपैयाँ लाग्छ । यसको लगानीका विषयमा उनले भने –‘लगानीको खाँचो छैन । पैसा जुटाउने माध्यम मैले भेटाएको छु तर, समस्या जमीन कसरी उपलब्ध हुन्छ भन्ने हो । यदि सरकारले हरेक प्रदेशमा १०÷१० बिघा जमिन दिन्छ भने ५ वर्ष्भित्र सबै प्रदेशमा इन्स्टिच्युट स्थापना गरिसक्ने सोच बनाएको छु ।’ 
 
यो इन्स्टिच्युट आफूहरुले नाफा कमाउनका लागि गर्न लागेको नभइ देशको आवश्यकता महशुस गरि गर्न लागिएको बताए । ५ वर्षमा निर्माण सक्ने लक्ष्य रहेको र त्यसपश्चात पाँच वर्ष सञ्चालन गरेपछि सरकारलाई नै हस्तान्तरण गर्ने उनको भनाइ छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा लगानी गर्नुपर्ने नियमले धेरैले मिलेर बनाउन सक्ने अस्था रहेको उनको भनाइ छ । यसको नेतृत्व कसले लिने भन्ने हो, त्यसको लागि आफूहरू तयार रहेको दाहालले बताए । ‘सञ्चालनको मोडालिटीलगायत स्पष्ट खाका लिएर छिट्टै तिनै तहको सरकारमा जाने तयारी गरिएको छ’ उनले भने । 
 
सेन्टरमा ३ हजार मानिसका लागि आवासीय सुविधा हुनेछ र यो अन्तर्रा्ष्ट्रिय मापदण्डको बन्नेछ । हरेक प्रदेशको सेन्टरले वार्षिक ३ हजार मेकानिक्स र ३ हजार कमर्सियल सवारी चालक उत्पादन गर्नेछ । यो योजनाले देशमा जनशक्ति विकासमा निकै सहयोगी बन्ने देखिन्छ ।
कारोवार दैनिकबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
401.   नेपाल–कोरिया इपिएस सम्झौता नवीकरण
402.   निमार्ण क्षेत्रमा पनि नेपाली लिन कोरिया इच्छुक
403.   वैदेशिक रोजगारीमा जाने नेपाली ४० लाख पुगे
404.   नेपालीको कोटा बढाउन कोरियाली पक्ष सकारात्मक
405.   श्रमिकको मन्त्री हुँ उनीहरुको गुनासो सुन्नै आएको हुँ : श्रम राज्यमन्त्री गुरुङ
406.   बायोमेडिकल बिनाको मेडिकल रिपोर्ट स्वीकार्य छैन : उपप्रधानमन्त्री हमीदी
407.   नेपाली पक्षको प्रस्ताव क्याविनेटमा लैजान्छौ : मन्त्री राइट
408.   श्रम राज्यमन्त्री गुरुङ र मलेसियाली उपप्रधान तथा गृहमन्त्री हमीदीबीच भेटवार्ता
409.   फ्री भिषा फ्री टिकट नमाने मलेसिया कामदार पठाउदैनौ : राज्यमन्त्री गुरुङ
410.   श्रम मन्त्री सहितको उच्चस्तरिय टोली मलेसियामा
411.   कोरिया जाने कामदारलाई निःशुल्क टिकट दिलाउँछु : श्रम राज्यमन्त्री गुरुङ
412.   व्यवसायी संघमा अध्यक्ष ढकाल हटाउने खेल
413.   ‘म माथि मेनपावर व्यवसायीले सुनियोजित आक्रमण गरे’ (भिडियो सहित)
414.   फ्री भिषा र फ्री टिकट लागु हुँदा विदेश जाने घटे
415.   महानिर्देशक सुवेदीलाई कालोमोसो र कुटपिट
416.   इजरायल जाने मापदण्ड तोकियो
417.   अन्तत बायोमेट्रिक लागु
418.   नेपाली कामदार इजरायल जाने बाटो खुल्यो (भिडियो सहित)
419.   महासंघद्वारा ४ सदस्य मनोनित
420.   ३१ बूँदे सहमति खारेज हुनुपर्ने व्यवसायीको माग
421.   संघको भेलामा कुर्सी हानाहान
422.   सरकारसँगको सहमतिलाई लिएर व्यवसायीहरुमा विवाद
423.   गत आवमा सवैभन्दा बढी कामदार विदेश पठाउनेमा एसओएस (सुचि सहित)
424.   लागु भएन फ्रि टिकट, कान्तिपुरमै हाँकाहाँकी विज्ञापन
425.   ‘सरकारसँगको सम्झौता दुवै पक्षको जीत’
Results 555: You are at page 17 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media