बुधवार, जेष्ठ ०९ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ ०१ गते २३:२९

 

 
केन्द्र स्थापनाका लागि हरेक प्रदेशमा कम्तिमा १० विधा (करिब १ सय ३० रोपनी) जमिन आवश्यक पर्ने र प्रत्येक प्रदेशका लागि २० करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए । 
‘यो नयाँ कन्सेप्ट हो, हामीले लामो छलफलपछि यस्तो गर्न सकिने निष्कर्ष निकालेका हौं,’ उनले भने, ‘स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले सातै प्रदेशमा स्किल्ड डेभलपमेन्ट सेन्टर स्थापना गर्न सकिन्छ ।’ यसबाट वार्षिक ४२ हजार दक्ष जनशक्ति उत्पादन हुन्छ । नेपालमा नै काम गर्नेले पनि राम्रो सीप र सुरक्षित ड्राइभिङ गर्न सक्छ भने विदेश नै जान चाहने पनि दक्ष भएर जान सक्ने उनको भनाइ छ । 
 
अहिले सडकमा नै ड्राइभिङ सिक्ने अर्थात सिकाउने काम भइरहको छ । यसले दुर्घटना त निम्त्याएको छ नै, अन्य प्रविधिक ज्ञानसमेत चालकहरूमा निक्कै कम हुने गरेको छ । एउटा इन्स्टिच्युट निर्माणमा करिब २० करोड रुपैयाँ लाग्ने दाहालको आकलन रहेको छ । ७ वटा इन्स्टिच्युट निर्माण गर्न १ अर्ब ४० करोड रुपैयाँ लाग्छ । यसको लगानीका विषयमा उनले भने –‘लगानीको खाँचो छैन । पैसा जुटाउने माध्यम मैले भेटाएको छु तर, समस्या जमीन कसरी उपलब्ध हुन्छ भन्ने हो । यदि सरकारले हरेक प्रदेशमा १०÷१० बिघा जमिन दिन्छ भने ५ वर्ष्भित्र सबै प्रदेशमा इन्स्टिच्युट स्थापना गरिसक्ने सोच बनाएको छु ।’ 
 
यो इन्स्टिच्युट आफूहरुले नाफा कमाउनका लागि गर्न लागेको नभइ देशको आवश्यकता महशुस गरि गर्न लागिएको बताए । ५ वर्षमा निर्माण सक्ने लक्ष्य रहेको र त्यसपश्चात पाँच वर्ष सञ्चालन गरेपछि सरकारलाई नै हस्तान्तरण गर्ने उनको भनाइ छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा लगानी गर्नुपर्ने नियमले धेरैले मिलेर बनाउन सक्ने अस्था रहेको उनको भनाइ छ । यसको नेतृत्व कसले लिने भन्ने हो, त्यसको लागि आफूहरू तयार रहेको दाहालले बताए । ‘सञ्चालनको मोडालिटीलगायत स्पष्ट खाका लिएर छिट्टै तिनै तहको सरकारमा जाने तयारी गरिएको छ’ उनले भने । 
 
सेन्टरमा ३ हजार मानिसका लागि आवासीय सुविधा हुनेछ र यो अन्तर्रा्ष्ट्रिय मापदण्डको बन्नेछ । हरेक प्रदेशको सेन्टरले वार्षिक ३ हजार मेकानिक्स र ३ हजार कमर्सियल सवारी चालक उत्पादन गर्नेछ । यो योजनाले देशमा जनशक्ति विकासमा निकै सहयोगी बन्ने देखिन्छ ।
कारोवार दैनिकबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
326.   साधारण सदस्यसमेत नरहने गरी महासंघमा राजिनामा दिने तयारी
327.   बायोमेट्रिक प्रणाली नमान्ने संघको निर्णय
328.   वैदेशिक रोजगारीले टुक्रिदैँ परिवार, बालबच्चाको बिचल्ली
329.   मन्त्री बोहोराका सय दिने कार्य 'प्रगतिभन्दा हल्ला बढि'
330.   ‘एक घर, एक रोजगार’ सरकारको उदघोष
331.   साउदीको एक कम्पनीले ५० हजार कामदार हटायो
332.   वैदेशिक रोजगार विभागका लेखा अधिकृत घुससहित अख्तियारको फन्दामा
333.   घरेलु महिला कामदार विदेश पठाउन नेपालका ६ शर्त, एमओयुको तयारी अन्तिम चरणमा
334.   कामदारको मोवाइल नम्बर दिन नसक्ने व्यवसायीको भनाई
335.   २०७२ मा वैदेशिक रोजगार
336.   वैदेशिक रोजगारमा जाने महिला अब श्रमग्राम पुग्नै पर्ने
337.   पहिलो चरणमा १४ नेपाली केयरगिभरको टोली इजरायल उड्यो
338.   विदेशमा ज्यान गुमाउने नेपालीको परिवारले साढे १७ लाख क्षतिपूर्ति पाउने
339.   स्वास्थ्य क्षेत्रमा सरकारी जागिरको अवसर (सुचनासहित)
340.   कोरियन भाषा परीक्षाको आवेदन बैशाख १५ मा खुल्ने, परीक्षा असार ४ र ५ मा
341.   वैदेशिक रोजगारमा सार्क राष्ट्रको प्राक्टिसको छलफल
342.   वैदेशिक रोजगार व्यवसायीको आन्दोलन वार्ताका लागि आशिंक खुल्ला
343.   सहमति जुटाउन मन्त्रालय र व्यवसायीबीच नजिकियो संवाद
344.   संकटमा मलेसिया रोजगारी
345.   वैदेशिक रोजगारबाट रेमिट्यान्ससँगै शिशु भित्रिदै
346.   फ्री भिसा र टिकटको व्यवस्था फेर्न सांसद नै म्यानपावरको पक्षमा
347.   संघको आन्दोलन बेवास्ता गर्दै २३ मेनपावरले निकाले श्रमस्वीकृति
348.   सक्लान् यी दुईले निकास दिन ?
349.   डिडिसीमा जागिरको अवसर, अधिकृत र सहायक स्तरमा ७४ कर्मचारी माग
350.   फाइलभित्र फाइल हाल्दै वैरो विभागमा धमाधम काम
Results 555: You are at page 14 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media