बुधवार, जेष्ठ ०९ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ ०१ गते २३:२९

 

 
केन्द्र स्थापनाका लागि हरेक प्रदेशमा कम्तिमा १० विधा (करिब १ सय ३० रोपनी) जमिन आवश्यक पर्ने र प्रत्येक प्रदेशका लागि २० करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए । 
‘यो नयाँ कन्सेप्ट हो, हामीले लामो छलफलपछि यस्तो गर्न सकिने निष्कर्ष निकालेका हौं,’ उनले भने, ‘स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले सातै प्रदेशमा स्किल्ड डेभलपमेन्ट सेन्टर स्थापना गर्न सकिन्छ ।’ यसबाट वार्षिक ४२ हजार दक्ष जनशक्ति उत्पादन हुन्छ । नेपालमा नै काम गर्नेले पनि राम्रो सीप र सुरक्षित ड्राइभिङ गर्न सक्छ भने विदेश नै जान चाहने पनि दक्ष भएर जान सक्ने उनको भनाइ छ । 
 
अहिले सडकमा नै ड्राइभिङ सिक्ने अर्थात सिकाउने काम भइरहको छ । यसले दुर्घटना त निम्त्याएको छ नै, अन्य प्रविधिक ज्ञानसमेत चालकहरूमा निक्कै कम हुने गरेको छ । एउटा इन्स्टिच्युट निर्माणमा करिब २० करोड रुपैयाँ लाग्ने दाहालको आकलन रहेको छ । ७ वटा इन्स्टिच्युट निर्माण गर्न १ अर्ब ४० करोड रुपैयाँ लाग्छ । यसको लगानीका विषयमा उनले भने –‘लगानीको खाँचो छैन । पैसा जुटाउने माध्यम मैले भेटाएको छु तर, समस्या जमीन कसरी उपलब्ध हुन्छ भन्ने हो । यदि सरकारले हरेक प्रदेशमा १०÷१० बिघा जमिन दिन्छ भने ५ वर्ष्भित्र सबै प्रदेशमा इन्स्टिच्युट स्थापना गरिसक्ने सोच बनाएको छु ।’ 
 
यो इन्स्टिच्युट आफूहरुले नाफा कमाउनका लागि गर्न लागेको नभइ देशको आवश्यकता महशुस गरि गर्न लागिएको बताए । ५ वर्षमा निर्माण सक्ने लक्ष्य रहेको र त्यसपश्चात पाँच वर्ष सञ्चालन गरेपछि सरकारलाई नै हस्तान्तरण गर्ने उनको भनाइ छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा लगानी गर्नुपर्ने नियमले धेरैले मिलेर बनाउन सक्ने अस्था रहेको उनको भनाइ छ । यसको नेतृत्व कसले लिने भन्ने हो, त्यसको लागि आफूहरू तयार रहेको दाहालले बताए । ‘सञ्चालनको मोडालिटीलगायत स्पष्ट खाका लिएर छिट्टै तिनै तहको सरकारमा जाने तयारी गरिएको छ’ उनले भने । 
 
सेन्टरमा ३ हजार मानिसका लागि आवासीय सुविधा हुनेछ र यो अन्तर्रा्ष्ट्रिय मापदण्डको बन्नेछ । हरेक प्रदेशको सेन्टरले वार्षिक ३ हजार मेकानिक्स र ३ हजार कमर्सियल सवारी चालक उत्पादन गर्नेछ । यो योजनाले देशमा जनशक्ति विकासमा निकै सहयोगी बन्ने देखिन्छ ।
कारोवार दैनिकबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
301.   कोरियन भाषा परीक्षाको नतिजा साउन ११ मा आउने
302.   गैरकानूनीरुपमा विदेश जाने अनि बैधानिक हुने
303.   ऐन संशोधनको विषयमा अन्तर्राष्ट्रिय संस्थाहरुसँग संघले गर्यो छलफल
304.   राजदूत फिर्ता बोलाउन संघद्वारा परराष्ट्र मन्त्रीको ध्यानाकर्षण (ज्ञापनपत्रसहित)
305.   श्रममन्त्री बोहराको मलेसिया भ्रमण घुमफिरमै सीमित (भिडियो सहित )
306.   मलेसियाका राजदुत बस्न्यात कमिशन र घुसखोरीमा लिप्त रहेको व्यवसायीको आरोप
307.   मलेसियामा न्युनतम पारिश्रामिकमा बृद्धि, नेपाली कामदार लाभान्वित हुने
308.   कामदार उड्न छोडेपछि श्रम मन्त्री किन मलेसिया उड्दैछन् ?
309.   वैदेशिक रोजगारलाई सुरक्षित बनाउन स्थानियस्तरमा युवाहरु जुटदै
310.   द्वन्द्वग्रस्त मुलुकबाट फर्कन चाहने नेपालीलाई तत्काल फर्काउने व्यवस्था मिलाउन निर्देशन
311.   इपीएस कोरियन भाषा परीक्षा सम्पन्न, ८८ नक्कली परीक्षार्थी पक्राउ
312.   आयल निगममा अवसर, विभिन्न पदमा ६२ जनाको माग
313.   कोरियन इपीएस भाषा परीक्षा आजबाट, नतिजा साउन ११ मा
314.   बैंकिङ च्यानलमार्फत रेमिट्यान्स पठाउने व्यवस्थासहित श्रम सम्झौता गर्न निर्देशन
315.   भिसा लाग्दा–लाग्दै पनि जेनेभा वैठकमा किन गएनन् संघका अध्यक्ष ढकाल ?
316.   इपीएस कोरियन भाषा परीक्षाको परीक्षाकेन्द्र तोकियो (सूचिसहित)
317.   ईपीएस कोरियन भाषा परीक्षाको तयारी अब मोबाइल एपबाटै
318.   सुनसरीमा सुरक्षित वैदेशिक रोजगारका लागि प्रहरीसँग अन्तरक्रिया
319.   वैदेशिक रोजगारको क्षेत्रमा अलपत्र महिला कामदारको उद्धार गर्न ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन
320.   बजेटमा वैदेशिक रोजगार : ४ वटा मुलुकसँग श्रम सम्झौता गरिने
321.   अभिमूखिकरण महासंघका अध्यक्षको सहित ४ संस्थालाई विभागको कारवाही
322.   बायोमेट्रिकबिरुद्धको मुद्धा अदालतद्धारा खारेज
323.   वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो
324.   चार मेनपावरमा मन्त्रालयको छापा
325.   विदेशिएको छोरो वर्षौपछि घर आएपछि ...(भिडियोसहित)
Results 555: You are at page 13 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media