मंगलवार, जेष्ठ ०८ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ ०१ गते २३:२९

 

 
केन्द्र स्थापनाका लागि हरेक प्रदेशमा कम्तिमा १० विधा (करिब १ सय ३० रोपनी) जमिन आवश्यक पर्ने र प्रत्येक प्रदेशका लागि २० करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए । 
‘यो नयाँ कन्सेप्ट हो, हामीले लामो छलफलपछि यस्तो गर्न सकिने निष्कर्ष निकालेका हौं,’ उनले भने, ‘स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले सातै प्रदेशमा स्किल्ड डेभलपमेन्ट सेन्टर स्थापना गर्न सकिन्छ ।’ यसबाट वार्षिक ४२ हजार दक्ष जनशक्ति उत्पादन हुन्छ । नेपालमा नै काम गर्नेले पनि राम्रो सीप र सुरक्षित ड्राइभिङ गर्न सक्छ भने विदेश नै जान चाहने पनि दक्ष भएर जान सक्ने उनको भनाइ छ । 
 
अहिले सडकमा नै ड्राइभिङ सिक्ने अर्थात सिकाउने काम भइरहको छ । यसले दुर्घटना त निम्त्याएको छ नै, अन्य प्रविधिक ज्ञानसमेत चालकहरूमा निक्कै कम हुने गरेको छ । एउटा इन्स्टिच्युट निर्माणमा करिब २० करोड रुपैयाँ लाग्ने दाहालको आकलन रहेको छ । ७ वटा इन्स्टिच्युट निर्माण गर्न १ अर्ब ४० करोड रुपैयाँ लाग्छ । यसको लगानीका विषयमा उनले भने –‘लगानीको खाँचो छैन । पैसा जुटाउने माध्यम मैले भेटाएको छु तर, समस्या जमीन कसरी उपलब्ध हुन्छ भन्ने हो । यदि सरकारले हरेक प्रदेशमा १०÷१० बिघा जमिन दिन्छ भने ५ वर्ष्भित्र सबै प्रदेशमा इन्स्टिच्युट स्थापना गरिसक्ने सोच बनाएको छु ।’ 
 
यो इन्स्टिच्युट आफूहरुले नाफा कमाउनका लागि गर्न लागेको नभइ देशको आवश्यकता महशुस गरि गर्न लागिएको बताए । ५ वर्षमा निर्माण सक्ने लक्ष्य रहेको र त्यसपश्चात पाँच वर्ष सञ्चालन गरेपछि सरकारलाई नै हस्तान्तरण गर्ने उनको भनाइ छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा लगानी गर्नुपर्ने नियमले धेरैले मिलेर बनाउन सक्ने अस्था रहेको उनको भनाइ छ । यसको नेतृत्व कसले लिने भन्ने हो, त्यसको लागि आफूहरू तयार रहेको दाहालले बताए । ‘सञ्चालनको मोडालिटीलगायत स्पष्ट खाका लिएर छिट्टै तिनै तहको सरकारमा जाने तयारी गरिएको छ’ उनले भने । 
 
सेन्टरमा ३ हजार मानिसका लागि आवासीय सुविधा हुनेछ र यो अन्तर्रा्ष्ट्रिय मापदण्डको बन्नेछ । हरेक प्रदेशको सेन्टरले वार्षिक ३ हजार मेकानिक्स र ३ हजार कमर्सियल सवारी चालक उत्पादन गर्नेछ । यो योजनाले देशमा जनशक्ति विकासमा निकै सहयोगी बन्ने देखिन्छ ।
कारोवार दैनिकबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
226.   वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक विचलनको भयावह अवस्था
227.   सोचेजस्तो माग सन् २०१७ मा कतारबाट आउदैन : पूर्वअध्यक्ष तामाङ
228.   कुवेतबाट फर्केकि एक महिलाको पीडा, ‘तलब माग्दा तातो पनिउँले कुट्थे’
229.   दक्षिण कोरियाले घटायो कामदारको कोटा, सन् २०१७मा ५६ हजार मात्र लिने
230.   कर्मचारी सञ्चय कोषमा २३ जना कर्मचारीको माग (सुचनासहित)
231.   कार्यान्वयन गर्न कठिन भए फ्री भिसा फ्री टिकट खारेज गरे हुन्छ : राज्यमन्त्री गच्छादार
232.   लोकसेवा आयोगले माग्यो ५ सय ४ अधिकृत (सूचनासहित)
233.   कतारमा कफला प्रणाली खारेज, आप्रवासी कामदारलाई जागिर परिवर्तनमा सहजता
234.   खाडि मुलुक जाने कामदार माथि आर्थिक भार थपिदै
235.   जिएफएमडीमा नेपालको जोड : गन्तव्य मुलुकसित ‘श्रम सम्झौता’
236.   'आप्रवासन डे'का दिन अनलाइन सिस्टम सुरु हुने
237.   वैदेशिक रोजगारीमा खाडि र मलेसियाको विकल्प कहिले खोज्ने ?
238.   मलेसिया सरकारसँग छलफल नै नगरी श्रम समितिको एकतर्फी निर्णय
239.   वन स्टप सेन्टर र इमिग्रेशन सेक्युरिटि सेन्टरको काम तत्काल रोक्न निर्देशन
240.   बेलायतमा गोर्खा सैनिकको भर्ना संख्या २५ प्रतिशतले थपिंदै
241.   सेक्युरिटी गार्डमा विदेश जान लागेको प्रतिबन्ध हटाउन समितिको निर्देशन,
242.   सरकारले सहमतिको वेवास्था गरेको भन्दै फ्रि भिसा फ्रि टिकटको औचित्य समाप्त भएको संघको ठहर
243.   कोरिया रोजगारीका समस्याबारे श्रममन्त्रीलाई ध्यानाकर्षण
244.   ‘सेफ जर्नी’ गर्न व्यवसायीलाई नवनियुक्त महानिर्देशक पाण्डेको निर्देशन
245.   मलेसिया रोजगारीमा किन गिरावट आयो?(भिडियो रिपोर्टसहित)
246.   वैरो बिभागका महानिर्देशकको सरुवा, महानिर्देशकमा पाण्डे आए
247.   अब कतार, मलेसिया, यूएई र साउदीसम्बन्धी जानकारी फोनबाटै
248.   मानव तस्करीमा श्रीलंका रुटको प्रयोग बढ्यो
249.   विदेश पठाउने दलाल छ्यासछ्यास्ती
250.   खाद्य संस्थानमा जागिर खुल्यो, ३१ कर्मचारी माग (सूचनासहित)
Results 555: You are at page 10 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media