बुधवार, जेष्ठ ०९ गते, २०७५
मंगलवार, २०७५ बैशाख ३१ गते ००:१८

ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा आएका व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायीबीच उच्चस्तरिय अन्तरक्रिया सम्पन्न भएको  छ ।
 
काउन्सिलको नेतृत्वमा नेपाल आएका ९ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलले नेपालमा आफ्नो उत्पादनको विक्रि तथा प्रर्वद्धन गर्न उत्साहित भएको बताए । 
 
ताइवानका प्रतिष्ठित उत्पादक तथा सप्लायरहरू सम्मिलित सो प्रतिनिधिमण्डलले काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा नेपाली व्यवसायीहरूसँग आइतबार प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गरेका छन् ।
 
ताइवानबाट आएका कलरएड टेक्नोलोजि मार्केटिङ् लिमिटेडका जनरल म्यानेजर जेम्स वानले नेपालमा ताइवानका उत्पादनको बजार विस्तारको सम्भावना प्रचूर रहेको बताए । उनले नेपाल आएपछि ताइवानको उत्पादनको बजारिकरण गर्न ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिल सकारात्मक रहेको जनाए ।
 
कार्यक्रममा १ सय ४३ भन्दा बढि नेपाली व्यापारी तथा खरिदकर्ता सो अन्तरक्रियामा सहभागिता रहेको नेपालका लागि सम्पर्क व्यक्ति दर्शन न्यौपानेले बताए । उनले प्रतिनिधिमण्डलसँगको भेटघाट कार्यक्रममा विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स तथा सञ्चार प्रविधिका सामान, पीओएस प्रणाली, सेटटप बक्स, सौर्य ऊर्जा सामग्री, लिक्विड लेभल कन्ट्रोलर, कृषिऔजार, फ्लोरिङ तथा फर्निसिङ, प्लास्टिक कच्चापदार्थ, हार्डवेयर सामग्री, औजार लगायतका विषयमा छलफल भएको जानकारी दिए । 
 
न्यौपानेले ताइवानका व्यापारीले दक्षिण एसियामा आफ्नो उत्पादनलाई प्रर्वद्धन गर्ने उदेश्यले नेपाल, भारत र पाकिस्तानमा यस प्रकारको व्यापारिक अन्तरक्रिया गदैँ आएको बताए । उनले यसरी नेपाल आएका ताइवानी व्यापारीले नेपाली व्यापारीसँगको भेटघाटमा यसपटक नौ थरीका विभिन्न उत्पादनको प्रर्वद्धन गरेको जानकारी दिए ।  
 
कार्यक्रममा सहभागिता जनाउन नेपाली उद्योगी तथा व्यवसायिका लागि निःशुल्क रजिष्ट्रेसनको व्यवस्था गरिएको थियो ।  
 
नेपाली व्यवसायीका लागि ताइवानी उत्पादक तथा सप्लायरसँग अन्तरक्रिया कार्यक्रम मार्फत् नेपाल र ताइवानबीच व्यापारिक सम्बन्ध भविष्यमा अझ प्रगाढ र दिगो हुने न्यौपाने विश्वास व्यक्त गरे । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
2.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
3.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
4.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
5.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
6.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
7.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
8.   रन-वेको पिच उप्किएपछि त्रिभुवन विमानस्थल बन्द
9.   लोडसेडिङ अन्त्यको घोषणा, औद्योगिक क्षेत्रमा पनि बत्ती नजाने
10.   ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न
11.   पोखरा विमानस्थलमा बम फेला, बम डिस्पोज
12.   आइतबार उपत्यकामा सार्वजनिक बिदा
13.   भारतीय प्रधानमन्त्री मोदी नेपालमा
14.   स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड
15.   कृषिमन्त्रीले ल्याए कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ५८ बुँदे मार्गचित्र
16.   तातोपानी नाका खुल्ने सम्भावना :नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सम्झौता
17.   श्रमिकका अधिकार पूरा भएको छैन् : पूर्वप्रम नेपाल
18.   वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे नियुक्त
19.   आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा
20.   श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी
21.   आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
22.   मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार निर्वाचित
23.   योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
24.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
25.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
Results 706: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media