बुधवार, जेष्ठ ०९ गते, २०७५
अन्तर्राष्ट्रिय बजारमा ‘बेलाको ब्राण्ड’को चर्चा
शनिवार, २०७५ बैशाख २८ गते ०२:०५

खाडी मुलुक कतारमा ख्याती कमाइरहेको ‘बेलाको ब्राण्ड’ले कतारमा रहेका नेपालीहरुलाई लक्षित गरी आफ्नो ब्राण्डका सामग्री खरिद गर्दा विशेष छुटसहितको विशेष अफर ल्याएको छ । 
 
कतारमा अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनीमार्फत उत्पादन तथा वितरण हुदै आएको बेलाको ब्राण्डको ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा नेपालीहरुका लागि २० प्रतिशत छुटको योजना सार्वजनिक गरेको हो । 
 
अन्तर्राष्ट्रिय बजारमा प्रख्यात ब्राण्डलाई नेपालीहरुका लागि पनि प्रदान गर्न लागिएको संचालकको भनाई छ । नेपालीहरुलाई बेलाको ब्राण्डको एयरकन्डिशन ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा २० प्रतिशत छुट योजना ल्याइएको संचालक अब्दुल बशिदले जानकारी दिए । उनी भन्छन–‘बेलाको ब्राण्डको फाइदा नेपालीहरुले पनि लिन सकुन् भनेर हामीले उहाँहरुका लागि यो योजना अघि सारेका हौ ।’ 
 
 
हालसालै मात्र कतारमा सम्पन्न ‘प्रोजेक्ट कतार एक्जिविशन’मा हजारौ अन्तर्राष्ट्रिय ब्राण्डहरुका माझमा चर्चा कमाउन सफल ‘बेलाको ब्राण्ड’को स्टलमा अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरुको भीड नै लागेको थियो ।


 
यस ब्रान्ड अन्तर्गत आउट डुअर कुलर, मिस्टीङ फ्यानहरु ,ड्रम फ्यान, वाल फ्यान, वेंतिलेशन फ्यान, इन्ड्रसियल फ्यान, आउटडोर हिटर, एसीजस्ता सामाग्रीहरु रहेको संचालक अब्दुल वाशिदले जानकारी दिएका छन् । 
 
जनकपुर बेला गाउँका तीन दाजुभाई अब्दुल वाशिद, अब्दुल हाफिज र अब्दुल कदिरले कतारमा आफनो गाउँ जनकपुरको बेलाको नामबाट संचालनमा ल्याएका ‘बेलाको ब्राण्ड’ अहिले कतारमा प्रख्यात ब्राण्डको रुपमा चिनिन्छ भने उनीहरुले केहि समय अघि मात्र यस ब्राण्डलाई लण्डनमासमेत विस्तार गरेका छन् ।    
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
126.   काम सिकेर आएमा युएईमा प्रशस्त अवसर छ
127.   प्रवासीतर्फ राप्रपा केन्द्रीय सदस्यमा कुँवरको उम्मेदवारी
128.   भिजिट भिषामा यूएई आउनेलाई व्यवस्थित गर्नु पर्ने माग
129.   जिल्ला समन्वय समिति कतारको अन्तरक्रिया सम्पन्न
130.   लेवनानबाट डिपोट भएका सुजना र रोजीको अपिल: ‘हामीलाई न्याय र फसाउनेलाई कारवाही होस्’
131.   कुवेतमा नेपाली दुताबासको हटलाइन सेवा सुरु
132.   मृतकको परिवारलाई युएर्इबाट सहयोग
133.   मोरङ्ग–सुनसरी कतारको अध्यक्षमा कार्की
134.   मलेसियामा भएको हिमालयन गोल्डकप फुटबलको उपाधि आयोजकलाई
135.   मलेसियामा हिमालय गोल्डकप फुटबलको उद्घाटन
136.   कतारमा अलपत्र परेका तीन नेपालीको उद्धार
137.   इजरायलको लागि जासूसी गरेको अभियोगमा लेबनानमा दुई नेपाली महिला पक्राऊ
138.   जनसम्पर्क समिति अष्ट्रेलियाद्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न
139.   मलेसियामा हिमालय गोल्ड कप फुटबलको अन्तिम तयारी
140.   मलेसियामा एकता दिवस मनाइयो
141.   नेपाली विद्यार्थीलाई अमेरिकी अवार्ड
142.   साउदीमा नेपाली कामदारका संकटबारे अन्तरक्रिया
143.   पत्रकार महासंघ यूएई अध्यक्षमा बस्याल
144.   अष्ट्रेलियाको सर्बोच्च शिखर चढेर नेपालीहरुले राखे कीर्तिमान
145.   अमेरिकामा १० अवैतनिक दूत
146.   उद्योगी बिनोद चौधरीले अमेरिकाको पशुपति बुद्ध मन्दिरलाई बुद्धको मुर्ति उपहार दिने
147.   धुर्मुस सुन्तलीलाई मुसहर बस्ती बनाउन कतारका व्यवसायी कोइरालाले दिए ४० लाख
148.   सुडानमा अपहरित दुई नेपालीसहित तीनजना राष्ट्रसङ्घ कर्मचारी अपहरणमुक्त
149.   पर्यटनमन्त्री शाही र अष्ट्रेलियाका छायाँमन्त्री बुर्केबीच भेटवार्ता
150.   युएईमा संचालित ग्रीनलाइन ट्राभलले बार्षिकोत्सवको अवसरमा विशेष छुट दिने
Results 392: You are at page 6 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media