बुधवार, जेष्ठ ०९ गते, २०७५
अन्तर्राष्ट्रिय बजारमा ‘बेलाको ब्राण्ड’को चर्चा
शनिवार, २०७५ बैशाख २८ गते ०२:०५

खाडी मुलुक कतारमा ख्याती कमाइरहेको ‘बेलाको ब्राण्ड’ले कतारमा रहेका नेपालीहरुलाई लक्षित गरी आफ्नो ब्राण्डका सामग्री खरिद गर्दा विशेष छुटसहितको विशेष अफर ल्याएको छ । 
 
कतारमा अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनीमार्फत उत्पादन तथा वितरण हुदै आएको बेलाको ब्राण्डको ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा नेपालीहरुका लागि २० प्रतिशत छुटको योजना सार्वजनिक गरेको हो । 
 
अन्तर्राष्ट्रिय बजारमा प्रख्यात ब्राण्डलाई नेपालीहरुका लागि पनि प्रदान गर्न लागिएको संचालकको भनाई छ । नेपालीहरुलाई बेलाको ब्राण्डको एयरकन्डिशन ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा २० प्रतिशत छुट योजना ल्याइएको संचालक अब्दुल बशिदले जानकारी दिए । उनी भन्छन–‘बेलाको ब्राण्डको फाइदा नेपालीहरुले पनि लिन सकुन् भनेर हामीले उहाँहरुका लागि यो योजना अघि सारेका हौ ।’ 
 
 
हालसालै मात्र कतारमा सम्पन्न ‘प्रोजेक्ट कतार एक्जिविशन’मा हजारौ अन्तर्राष्ट्रिय ब्राण्डहरुका माझमा चर्चा कमाउन सफल ‘बेलाको ब्राण्ड’को स्टलमा अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरुको भीड नै लागेको थियो ।


 
यस ब्रान्ड अन्तर्गत आउट डुअर कुलर, मिस्टीङ फ्यानहरु ,ड्रम फ्यान, वाल फ्यान, वेंतिलेशन फ्यान, इन्ड्रसियल फ्यान, आउटडोर हिटर, एसीजस्ता सामाग्रीहरु रहेको संचालक अब्दुल वाशिदले जानकारी दिएका छन् । 
 
जनकपुर बेला गाउँका तीन दाजुभाई अब्दुल वाशिद, अब्दुल हाफिज र अब्दुल कदिरले कतारमा आफनो गाउँ जनकपुरको बेलाको नामबाट संचालनमा ल्याएका ‘बेलाको ब्राण्ड’ अहिले कतारमा प्रख्यात ब्राण्डको रुपमा चिनिन्छ भने उनीहरुले केहि समय अघि मात्र यस ब्राण्डलाई लण्डनमासमेत विस्तार गरेका छन् ।    
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
376.   मलेसियामा गैरकानूनी रुपमा कार्यरत २३ नेपाली सेक्युरिटी गार्ड पक्राउ
377.   बर्खास्त गर्ने निर्णयको विरुद्ध राजदुत शर्मा सर्वोच्चमा
378.   नेपाल–ईटाली उद्योग वाणिज्य संघ गठन
379.   राजदूत शर्मा अदालत जाने
380.   राजदुत शर्मालाई पदमुक्त गर्ने मन्त्रीपरिषदको निर्णय
381.   नराम्रो प्रचारवाजीले म डराउँदिन : राजदूत डा.शर्मा
382.   कतार फुटबल एसोसिएसनबाट सागर नेपाल सम्मानित
383.   मोरङ–सुनसरी सेवा समाजको नवौं साधारण सभा सम्पन्न, अध्यक्षमा तामाङ
384.   दूतावासका भ्रष्ट कर्मचारीलाई तत्काल फिर्ता बोलाउन माग
385.   मायाकुमारी शर्मा राजदूतबाट बर्खास्त हुदै
386.   १० नेपाली साउदीमा अलपत्र
387.   सिराहा सेवा समाजको शुभकामना आदानप्रदान कार्यक्रम
388.   परिचयात्मक भेटघाट सम्पन्न
389.   कतारमा मृत्यु भएका परियारको शव आयो
390.   स्याङ्जा सेवा समाजद्वारा मृतकको परिवारलाई सहयोग
391.   जर्मनीमा नेपाल फेस्टिवल
Results 391: You are at page 16 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16

Powered By : Unitech Media