बुधवार, जेष्ठ ०९ गते, २०७५
विहिवार, २०७५ बैशाख २७ गते २२:३७

नेपालको हेल्थकेयर क्षेत्रमा क्रियाशील युवा उद्यमी तथा नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्डबाट पुरस्कृत भएका छन् ।
 
सिंगापुरको ‘एसिया वान’ म्यागजिनले हरेक वर्ष प्रदान गर्ने अवार्ड यस वर्ष हेल्थकेयर क्षेत्रमा विगत डेढ दशकदेखि क्रियाशील नेपाली उद्यमी खड्कालाई प्रदान गरिएको हो । खड्कालाई बुधबार साँझ दुबईमा आयोजित विशेष कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो ।
 
यो अवार्ड ४० वर्ष कम उमेरका व्यक्तिले निश्चित क्षेत्रमा गरेको उद्यमशीलताको बहुआयमिक विश्लेषण गरेर प्रदान गरिन्छ । नेपालबाट पुरस्कृत हुने उनी यस वर्षका पहिलो नेपाली युवा उद्यमी हुन् । ३४ वर्षीय खड्कालाई ‘मस्ट इन्फुलेन्सियल एसियन अन्डर ४०’ को उपाधिबाट पुरस्कृत गरिएको छ ।
 
४० वर्ष कम उमेरका युवा उद्यमीले समाज परिवर्तनमा देखाएको प्रभावकारीता, प्रभाव, प्रगति र योगदानलाई मुख्य आधार बनाइने आयोजकले बताएका छन् ।
 
सिंगापुरको ‘एसिया वान’ पत्रिकाले स्वतन्त्र अनुसन्धन टिम बनाएर एसियाभर अध्ययन गरेर अवार्डका लागि नोमिनेशन गर्ने र छनोट समितिले अवार्डका लागि चयन गर्ने गर्छ ।
 
चार वर्षदेखि नेपाल स्वास्थ्य ब्यवसायी महासंघको अध्यक्ष रहेका खड्का वेलकेयर हस्पिटल एण्ड रिसर्च सेन्टर र वेलकेयर इन्स्टिच्युट अफ मेडिकल साइन्स एण्ड टेक्नोलोजीका अध्यक्ष हुन् । उनी प्राइभेट हस्पिटल एसोसियसन ९अपिन० मा पनि आबद्ध छन् ।
 
अष्टे«लियाको सेन्टरल क्विन्सल्याण्ड युनिभर्सिटीमा अध्ययन गरेर फर्किएका खड्का हेल्थकेयरको माइक्रो अनुसन्धानको क्षेत्रमा पनि क्रियाशील छन् । उनी विगत दुई दशकदेखि नेपालको हेथ केयरका विभिन्न क्षेत्रमा सक्रिय छन् । श्रम तथा रोजगार मन्त्रालयको विज्ञ समूहमा पनि उनी सदस्य छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
2.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
3.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
4.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
5.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
6.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
7.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
8.   रन-वेको पिच उप्किएपछि त्रिभुवन विमानस्थल बन्द
9.   लोडसेडिङ अन्त्यको घोषणा, औद्योगिक क्षेत्रमा पनि बत्ती नजाने
10.   ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न
11.   पोखरा विमानस्थलमा बम फेला, बम डिस्पोज
12.   आइतबार उपत्यकामा सार्वजनिक बिदा
13.   भारतीय प्रधानमन्त्री मोदी नेपालमा
14.   स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड
15.   कृषिमन्त्रीले ल्याए कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ५८ बुँदे मार्गचित्र
16.   तातोपानी नाका खुल्ने सम्भावना :नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सम्झौता
17.   श्रमिकका अधिकार पूरा भएको छैन् : पूर्वप्रम नेपाल
18.   वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे नियुक्त
19.   आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा
20.   श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी
21.   आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
22.   मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार निर्वाचित
23.   योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
24.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
25.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
Results 706: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media