बुधवार, जेष्ठ ०९ गते, २०७५
विहिवार, २०७५ बैशाख २७ गते २२:३३

सुदूर पश्चिमको प्रख्यात पर्यटकीय स्थल खप्तडमा वृहत साहित्यिक, सांस्कृतिक एवम् आध्यात्मिक महोत्सव भइरहेको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भइरहेको सो महोतसवमा भारत, नेपालका विभिन्न कवि, चिन्तक, योगी एवम् धार्मिक व्यक्तित्वहरुको सभागिता भइरहेको छ ।
 
त्रिवेणी महास्नान, कवि गोष्ठी, खेचरनाथ अनुष्ठान, ध्यान, योग, सांस्कृतिक प्रवचन, लोक संस्कृतिका अनेक झाँकीहरु प्रदर्शन गरिने उक्त महोत्सवको जेठ १० खप्तडकै पूर्णाप्रति सहित सम्पन्न हुने प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशी ‘प्रभात’ बताउँछन् ।
 
पर्यटकीय क्षेत्र खप्तडको सौन्दर्य मात्र नभएर यसको धार्मिक महतव उजागर हाम्रो लक्ष्य हो । यसका लागि यो पटक अलिक फरक हिसाबले खप्तड महोत्सवको आयोजना भएको हो– प्रभातले भने । उनले अरु बताए– भारतबाट आउने पर्यटकले धार्मिक र सांस्कृतिक अनुभू ितगर्न सकून खप्तडका ।
 
खप्तडको महोत्सवमा सहभागी हुन काठमाडौंबाट युवराज नयाँघरे, जयदेव भट्टराई, गीता कार्की, अश्विनी कोइराला, बाबा बस्नेत, ठाकुर बेलबासे, सन्ध्या पहाडी लगायतका साहित्यकारको सहभगिता हुने प्रतिष्ठानले जनाएको छ । यसै गरी भारतका विभिन्न प्रान्तबाट लब्ध प्रतिष्ठित साहित्यकार एवं सञ्चारकर्मीहरु आउने पनि प्रतिष्ठानले बताएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
51.   साहित्यकार जगदिश घिमिरेको निधन
52.   साहित्यकारद्वय जोशी र शर्मा सम्मानित
53.   मनमा यसरी डढेलो लाग्ने गरी फेरि यति चाँडै कसले गर्‍यो होला यो फोन ?
54.   बेलायतमा घन्कियो नेपाली गजल
55.   मनुज, ध्रुवचन्द्र र नयाँघरेलाई कलाश्री पुरस्कार
56.   शारदा शर्मा र सत्यमोहन जोशीलाई पद्मश्री
57.   युएईमा ‘श्रमिक साथी’ पुस्तक विमोचन
58.   ‘दमिनी भिर’लाई मदन पुरस्कार, जगदम्बा श्री रत्नशम्शेर थापालाई
59.   पत्रकार, प्रेमिका र डिसहोम
60.   अन्सारीको अतीत:युवराज नयाँघरे
61.   गर्भपतन
62.   बिचरा तिमी
63.   मिर्लुङको मेलोडी
64.   साइनो बेच्ने केटी
65.   सुडानमा मान्छेले मान्छे खान्छ रे हो ?
Results 65: You are at page 3 of 3
First Prev 1 2 3

Powered By : Unitech Media