बुधवार, जेष्ठ ०९ गते, २०७५
नेपाली राजदूतदेखि देशविदेशका अवलोकर्ताको लर्को
मंगलवार, २०७५ बैशाख २५ गते २३:४२

अन्तर्राष्ट्रिय बजारमा स्थापित बनिरहेका जनकपुर बेला गाउँका तीन दाजुभाई अब्दुल वाशिद, अब्दुल हाफिज र अब्दुल कदिरले कतारमा भइरहेको ‘प्रोजेक्ट कतार एक्जिविशन’मा आफ्नो ‘बेलाको ब्राण्ड’को प्रदर्शनी भब्यरुपमा गरिरहेका छन् । 

 
प्रदर्शनीमा रहेका एक हजारभन्दा बढि देश÷विदेशका कम्पनी तथा ब्राण्डहरुको भीडमा नेपालीले संचालन गरेको ब्राण्ड सबैको रोजाइमा परेको छ । कतारमा रहेर  आफ्नो जन्म गाउँको (बेलाको) नाममा ब्रान्ड बनाएर व्यवसाय गर्दै आएका दाजुभाईले दोहाको दोहा एक्जिविशन एण्ड कन्भेसन सेन्टरमा हिजो अर्थात मे ७ देखि १० तारीखसम्म हुने प्रदर्शनीमा आफ्नो आकर्षण बढाइरहेका छन् । उनीहरुको ब्राण्ड प्रदर्शनीको हल ३को डी ७३ मा रहेको छ । 
 
कतारका लागि नेपाली राजदूत रमेश कोइराला प्रदर्शनीको पहिलो दिन नै पुगेर अवलोकन गरे । उनले नेपालीहरुले अन्तर्राष्ट्रियस्तरको ब्राण्ड चिनाउन सफल भएकोमा खुशी व्यक्त गर्दै बेलाको ब्राण्डको अझै सफलताको शुभकामना दिए । ‘राजदूतले हामीलाई शुभकामना मात्र दिनुभएन अन्य धेरै देशका व्यक्तित्वहरुलाई चिनाइदिनुभयो पनि ’ संचालक अब्दुल वासिदले जानकारी दिए । 





 
कतारका लोकल कम्पनी र विश्वभर रहेका प्रख्यात कम्पनीहरुले आफ्ना नयाँ नयाँ सामान र ब्राण्डको प्रदर्शनी गर्ने स्थलमा नेपालीहरुको ब्राण्डले पनि स्थान पाउनु आफैंमा गौरवको कुरा हो । 
 
पछिल्लो समय लण्डनमा आफ्नो ब्यवसाय बिस्तार गरेका नेपाली दाजुभाईको ‘बेलाको र किंग कुल यूएसए’ ब्राण्ड कतारमा अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनी मार्फत उत्पादन र वितरण गरिरहेका छन् । 
 
उनको ब्रान्ड अन्तर्गत आउट डुअर कुलर, मिस्टीङ फ्यानहरु ,ड्रम फ्यान ,वाल फ्यान,वेंतिलेशन फ्यान, इन्ड्रसियल फ्यान, आउटडोर हिटरजस्ता रहेका छन् । यतिबेला उनको ब्राण्ड कतारको बजारमा अन्य देशको व्राण्डको प्रमुख प्रतिस्पर्धी बन्न सफल भएको छ । भोलिका दिनमा नेपालमा पनि बेलाको ब्राण्ड स्थापित गर्ने उनीहरुको लक्ष्य रहेको छ ।


 
एनआरएन आइसीसीको सामाजिक उद्यमशीलता विकास समितिको मध्यपूर्व संयोजक समेत रहेका वासिदले कतारमा रहेका नेपाली व्यवसायी, संचारकर्मी तथा नेपाली दाजुभाईलाई प्रदर्शनीमा अवलोकनका लागि आमन्त्रण गरेका छन् । 



 
जनकपुर बेला गाउँका तीन दाजुभाई अब्दुल वाशिद, अब्दुल हाफिज र अब्दुल कदिरका साथमा कतारका लागि नेपाली राजदूत रमेश कोइराला 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
2.   ‘बेलाको ब्राण्ड’ कतारको अन्तर्राष्ट्रिय प्रदर्शनीमा अब्बल बन्दै
3.   मलेसियाका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
4.   ६ बुदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय झापाली समाजको क्षेत्रीय भेला सम्पन्न
5.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
6.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
7.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
8.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
9.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
10.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
11.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
12.   दुबईमा नेपाली ब्राण्डको पानी
13.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
14.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
15.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
16.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
17.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
18.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
19.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
20.   रसुवाली समाज यूएईको गठन
21.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
22.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
23.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
24.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
25.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
Results 391: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media