बुधवार, जेष्ठ ०९ गते, २०७५
दूतावासका कर्मचारी मोटाउने खेल : व्यवसायी
मंगलवार, २०७५ बैशाख २५ गते २२:३८

 
वैदेशिक रोजगारीमा जाने कामदारको मागपत्र (डिमाण्ड) प्रमाणीकरण सम्बन्धित देशमा रहेको नेपाली दूतावास तथा नियोगबाट मात्र हुने भएको छ ।
 
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका–२०७५ मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि  स्वीकृत भएको हो । मागपत्र प्रमाणीकरणको अधिकार अब दूतावास वा नियोगलाई मात्र दिने गरी पेश गरेको निर्देशिका मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।
 
हालसम्म मागपत्रको प्रमाणीकरण सम्बन्धित देशका चेम्बर अफ कमर्स र नोटरी पब्लिकबाट हुँदै आएको थियो । यो व्यवस्थाले नक्कली डिमाण्ड बन्ने र नेपाली कामदारहरु ठगीमा पर्ने गुनासो बढिरहेको थियो । 
 
नेपाली नियोगबाट प्रमाणीकरण नहुँदा कामदार ठगिने, अनुगमन गर्न नसकिने समस्या थियो । अर्कोतर्फ दूतावासबाट प्रमाणिकरण गर्दा नेपाल सरकारलाई राजस्व पनि उपलब्ध हुनेछ । 
 
श्रम तथा रोजगार मन्त्रालयका अनुसार अब सम्बन्धित रोजगारदाता मुलुकमा रहेको दूतावासमा आधिकारिक जाँचबुझ भएर मात्रै वैदेशिक रोजगार विभागमा मागपत्र पेश गर्न सकिनेछ । यसले कामदारहरुलाई अप्ठेरो पर्दा दूतावासलाई उद्धार, पहल लगायतका काम गर्न पनि सहज हुने अपेक्षा गरिएको छ ।
 
यता मेनपावर व्यवसायीहरुले भने दूतावासबाट प्रमाणिकरण गर्दा समय लाग्ने र अनावश्यक झण्झट थपिने भन्दै यस कार्यको विरोध जनाउँदै आएका थिए । एक मेनपावर व्यवसायीले भने–दूतावासका कर्मचारी मोटाउने खेल भयो, दूतावासमा कर्मचारी नहुँदा नेपालीले पाएको कोटा पनि गुम्ने खतरा बढ्यो ।’
 
महिला कामदार र अन्य केही डिमाण्डको प्रमाणीकरण गराउन दूतावासहरुमा नै जानु पर्ने प्रावधान भएको भएता पनि अन्य डिमाण्डका लागि दूतावास जानेको संख्या न्युन छ ।
 
नयाँ व्यवस्थापछि कम्पनी र कामदार लैजाने एजेन्ट स्वयम् दूतावासमा आउनुपर्ने भएकाले कामदारलाई दुःख दिने रोजगारदातामाथि सरकारले मागपत्र प्रमाणीकरण रोकेर दबाव सिर्जना गर्न सक्नेछ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   मलेसियन दूतावास भन्छ : ओएससी र भिएलएन बन्द नगर्नु
2.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
3.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
4.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
5.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
6.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
7.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
8.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
9.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
10.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
11.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
12.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
13.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
14.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
15.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
16.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
17.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
18.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
19.   कतारले कामदारको क्षतिपूर्ति दिने
20.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
21.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
22.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
23.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
24.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
25.   १६ हजार युवालाई सीपमूलक तालीम दिइने
Results 555: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media