बुधवार, जेष्ठ ०९ गते, २०७५
मंगलवार, २०७५ बैशाख १७ गते ०१:३२

 
 
सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न विभिन्न योजना ल्याइरहे पनि यो क्षेत्रमा हुने ठगी र न्याय सम्पादनको अवस्था भने दयनीय रहेको देखिएको छ । वैदेशिक रोजगारीमा लैजाने प्रलोभन देखाएर ठगीमा परेर उजुरी दिने युवाको संख्याको तुलना गर्दा न्याय पाउनेको संख्या न्यून छ । 
वैदेशिक रोजगारीका नाम भएका ठगीको उजुरी दिएको वर्षौंपछि थोरै युवाले मात्र न्याय र क्षतिपूर्ति पाएका छन् । विगत ३ वर्षको तथ्यांक हेर्ने हो भने वैदेशिक रोजगारीमा जाने व्यक्तिले वैदेशिक राजगारीको सिलसिलामा भएका ठगी तथा अपराधजन्य क्रियाकलापको उजुरीको औसत ३८ प्रतिशतमात्र फछ्र्योट भएको देखिन्छ । 
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीले तत्कालमा लागि भएका उजुरी छिटो टुंगो लगाई दिर्घकालीन रूपमा सेवालाई ७७ वटै जिल्लामा विकेन्द्रित गर्ने योजना रहेको बताए । “लामो समयदेखि केन्द्रमा रहेका उजुरीका बारेमा मन्त्रालयले दैनिक अनुगमन गरेर छिटोछरितो गर्ने निर्णय भएको छ,” सहसचिव ज्ञवालीले भने, “ऐन संशोधन गरेर अब स्थानीय तहबाट नै उजुरी र न्यायको काम गर्ने गरी व्यवस्था गरिन्छ, यसले सबै क्षेत्रमा मुद्दाको चाप कम हुन्छ ।” 
 
सरकारले ठगीमा परेका युवाको उजुरी सुन्न वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गर्ने कामको लागि विभागमा न्यायतर्फ सरकारी वकिल समूहको ११ दरबन्दी रहेको महालेखा परीक्षकको हालै सार्वजानिक प्रतिवेदनमा उल्लेख छ । “वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई तोकिएबमोजिमको सेवा सुविधा प्राप्त नभएको, तोकिएभन्दा बढी शुल्क लिएको उजुरीमा मुद्दा दायर गरेको उल्लेख छ,” प्रतिवेदनमा भनिएको छ । यसरी नै सम्झौतामा उल्लेख भएको भन्दा फरक र कठिन काम दिएको, मेडिकल जाँच गरी विदेशमा गएकोमा अयोग्य भनी फिर्ता पठाएको लगायतका विषयमा उजुरीमा मुद्दा दायर गरेको उल्लेख छ । 
 
आर्थिक वर्ष ०७१र०७२ देखि ०७३र०७४ सम्म क्रमशः २ हजार ६७९, २ हजार १७२ र २ हजार ३८३ उजुरी परेको छ । यसरी परेको उजुरीमा आव ०७१र०७२ मा ६६३ फरफारक र १६६ मुद्दा दायर गरेको देखिन्छ भने ०७२र०७३ मा ५२० उजुरी फरफारक र २२० उजुरीमा मुद्दा दायर गरिएको छ । गत आवमा ८४६ उजुरी फरफारक भएको र ३१७ उजुरीमा मुद्दा दायर गरेको उल्लेख छ । कुल उजुरीमा सम्बन्धित वर्षमा फरफारक तथा मुद्दा दायर गरेको प्रतिशत क्रमशः ३१, ३४ र ४९ रहेको छ । उजुरीमाथि कारबाहीको प्रतिशत क्रमशः बढ्दो भए पनि सम्बन्धित वर्षमा कुल उजुरीको ५० प्रतिशत पनि कारबाही टुंगो लागेको छैन । यसबाट उजुरी फछ्र्योट प्रणाली प्रभावकारी नरहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
 
विभागले वार्षिक प्रतिवेदन तयार गर्दा सो वर्षमा परेको उजुरी र फछ्र्योटको विवरणमात्र तयार गरेको र पछिल्लो वर्षको प्रतिवेदन तयार गर्दा अघिल्लो वर्षमा फछ्र्योट नभई बाँकी रहेका मुद्दा सम्बन्धमा उल्लेख नगरेकोले प्रत्येक वर्ष फछर्योट नभई बाँकी रहेका उजुरीको जानकारी हुने अवस्था छैन । प्रतिवेदनमा उजुरीको टुंगो समयमा लगाउनेतर्फ विभाग संवेदनशील हुनुपर्ने उल्लेख छ । 
 
“सम्बन्धित वर्षमा फछ्र्योट नभई बाँकी रहेका मुद्दाको जिम्मेवारी पछिल्लो वर्ष सारी मुद्दाको आयुगत वर्गीकरण गरी पुराना मुद्दालाई प्राथमिकता दिई फछ्र्योट गर्नुपर्छ,” प्रतिवेदनले सुझाव दिँदै भनेको छ । 
 
विभागबाट प्राप्त विवरणअनुसार चालू आर्थिक वर्षमा व्यक्तिगततर्फ ९३१ उजुरीबाट ३२ करोड १७ लाख ७७ हजार माग दाबी गरेकोमा ६ करोड ९१ लाख ३ हजार ९२१।४७ प्रतिशत० बिगो भराएको छ । त्यस्तै २६५ उजुरीको सम्बन्धमा अदालतमा मुद्दा दायर गरी १६ करोड ६५ लाख ४२ हजार ९५१।७५ प्रतिशत० बिगो दाबी गरेको छ । संस्थागततर्फ पीडितबाट १ हजार ४५२ उजुरीबाट ४३ करोड ६० लाख ६५ हजार दाबी गरेकोमा ९ करोड ३ लाख १४ हजार रुपैया ९२०।७१ प्रतिशत० बिगो भराएको छ भने अदालतमा ५२ मुद्दा दर्ता गरी १५ लाख रुपैयाँ दाबी गरेको छ । व्यक्तिगततर्फ पीडितको संख्याको आधारमा २८।४६ प्रतिशत र दाबी रकमको आधारमा ५१।७५ प्रतिशतको लागि अदालतमा मुद्दा दायर गरेकोमा संस्थागततर्फ संख्याको आधारमा ३।५८ प्रतिशत र बिगो दाबी रकमको आधारमा ०।३४ प्रतिशतको लागि अदालतमा मुद्दा दर्ता गरेको देखिन्छ ।  

गोपाल संग्रौला, कारोवारबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   मलेसियन दूतावास भन्छ : ओएससी र भिएलएन बन्द नगर्नु
2.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
3.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
4.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
5.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
6.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
7.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
8.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
9.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
10.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
11.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
12.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
13.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
14.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
15.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
16.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
17.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
18.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
19.   कतारले कामदारको क्षतिपूर्ति दिने
20.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
21.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
22.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
23.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
24.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
25.   १६ हजार युवालाई सीपमूलक तालीम दिइने
Results 555: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media