बुधवार, जेष्ठ ०९ गते, २०७५
सोमवार, २०७५ बैशाख १६ गते ०१:५२

अन्तर्राष्ट्रिय झापाली समाजको प्रथम क्षेत्रीय भेला कतारमा एक विशेष कार्यक्रमको आयोजना गर्दै भव्यताका साथ समापन भएको छ । झापाली समाज कतारले यही अप्रिल महिनाको २७ तारिख शुक्रबारका दिन आयोजना गरेको अन्तर्राष्ट्रिय झापाली समाजको प्रथम क्षेत्रीय भेलामा सहभागिता जनाउन समाजका अध्यक्ष दिनेश पोखरेल, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्टलगायत विश्वभर रहेका समाजका प्रतिनिधि तथा कतार लगायत मध्यपूर्वका करिब तीनसय भन्दा बढी झापालीहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
 
कतारको होटल क्राउन प्लाजामा सम्पन्न पहिलो क्षेत्रीय भेलाले विश्वभर रहेका सम्पूर्ण झापालीहरुमा नयाँ उत्साह तथा उमंग प्रवाह गर्ने र समाजप्रतिको जिम्मेवारी अझ बहन गर्न अन्तर्राष्ट्रिय झापाली समाज तयार रहेको समाजका अध्यक्ष पोखरेलले बताए । उनले झापाली समाज अस्ट्रेलिया, झापाली समाज अमेरिका, झापाली समाज कतारलगायत विश्वभरका धेरै देशहरुमा छरिएर रहेको झापाली समाजहरुकोे साझा फोरमका रुपमा अन्तर्राष्ट्रिय झापाली समाजले काम गर्ने बताए ।
 
अध्यक्ष पोखरेलले विभिन्न देशमा रहेका झापाली समाजको समन्वयमा विदेशमा बसेर ज्ञान हासिल गरेका झापालीहरुको ज्ञान तथा स्रोतलाई नेपालको विकासको लागि अन्तर्राष्ट्रिय झापाली समाजले सदुपयोग गर्ने बताए । हाल २४ देशमा झापाली समाज गठन भैसकेको छ र अबको १८ महिनामा करिव ४० वटा देशमा झापाली समाजको गठन गर्ने अठोट पनि अध्यक्ष पोखरेलले गरेका छन् । उनले झापामा बाढीपीडितलाई सहयोग, झापामा असहायहरुका लागि घर निर्माण, झापा गोल्डकपमा सह–प्रायोजन जस्ता कार्यहरु समाजले गरिरहेको बताए । 


 
भेलाले ६ बुँदे दोहा घोषणापत्र जारी गरेको छ । घोषणापत्रको पहिलो बुँदामा संसारभर छरिएका झापालीका साथै नेपालीहरुबाट ५० करोडभन्दा बढी पूँजीकोष संकलन गरी त्यो कोषलाई नेपालका विविध क्षेत्रमा लगानी गर्ने र नेपालको विकासमा टेवा पु¥याउने उल्लेख छ । दोस्रो बुँदामा झापाको चन्द्रगढी विमानस्थलको सुधारको लागि सम्बन्धित निकायसँग समन्वय गरी ३ महिनाभित्र काम पूरा गर्ने उल्लेख छ । यसैगरी घोषणापत्रको तेस्रो बुँदामा झापाको कमल गाउँपालिकामा निर्माणाधीन मिस्त्रीटोल नमूना बस्ती निर्माणको काम ३ महिनाभित्र पूरा गर्ने उल्लेख छ । यो बस्ती निर्माणको लागि पहिलो भेलाले निर्णय गरेपछि काम सुरु गरिएको थियो । 
 
चौथो बुँदामा झापा ११ फुटबल टिमका एक जना व्यवसायिक खेलाडीलाई कम्तीमा १ वर्षसम्म प्रायोजन गर्ने, पाँचौं बुँदामा समाजको अर्को क्षेत्रीय सम्मेलन दक्षिण कोरियाको सिउलमा आगामी सेप्टेम्बर २२, २३ र २४ मा गर्ने उल्लेख छ । छैटौं बुँदामा क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र गैरआवासीय नेपाली संघ लगायतका संस्थाले गरेका सकारात्मक कामको प्रशंशा गर्दै आवश्यकता अनुसार सहकार्य गर्ने उल्लेख छ । 
 
यस्तै कार्यक्रमका आयोजक तथा झापाली समाज कतारका अध्यक्ष भवानी कोइरालाले कतारमा आयोजित कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबै कतारबासी नेपाली तथा कार्यक्रममा सहभागिता जनाउन विश्वबाट आएका नेपालीहरुलाई धन्यवाद दिए । 


 
झापाली समाज अमेरिकाकी उपाध्यक्ष सीता पाण्डेले कार्यक्रम सोचेभन्दा धेरै राम्रो भएकोमा खुशी व्यक्त गरिन् । उनले यो कार्यक्रम झापालीहरुको मात्रै नभएर सम्पूर्ण नेपालीको भएको बताउदै विश्वमा छरिएर रहेका नेपालीहरुको हकहितका लागि माइलस्टोन बन्ने धारणा पनि राखिन् । 
 
झापाली समाज अस्ट्रेलियाका अध्यक्ष भवानी ओलीले अन्तर्राष्ट्रिय झापाली समाजले सानो समयमै ठूलो फड्को मार्न सफल भएको बताए ।  उनले झापाली समाजले विश्वभरमा छरिएर रहेका नेपालीहरुले आर्जन गरेको सीपलाई समेटेर झापा लगायत सम्पूर्ण नेपालको विकासमा खर्चिने बताए ।


 
अन्तर्राष्ट्रिय झापाली समाजका प्रवक्ता तथा कार्यक्रमका आयोजक महेन्द्र चौलागाईले समाजले जारी गरेको घेषणापत्र अनुसार अगाडि बढ्ने बताए । उनले समाजले झापा लगायत सम्पूर्ण नेपालको विकासका लागि सक्दो सहयोग गर्ने पनि बताए । 
 
कार्यक्रममा सहभागिता जनाउन अमेरिकाबाट कतार आइपुगेका सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले झापा भनेको नेपालकै एक हिस्सा भएको बताउँदै समाजले नेपालका ७५ जिल्लालाई नै समेट्ने जमर्को गरेको बताए । उनले समाजले झापाको मात्रै नभएर सम्पूर्ण नेपालको विकासका लागि सहयोग जुटाउन भूमिका खेल्ने बताए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
2.   ‘बेलाको ब्राण्ड’ कतारको अन्तर्राष्ट्रिय प्रदर्शनीमा अब्बल बन्दै
3.   मलेसियाका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
4.   ६ बुदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय झापाली समाजको क्षेत्रीय भेला सम्पन्न
5.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
6.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
7.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
8.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
9.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
10.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
11.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
12.   दुबईमा नेपाली ब्राण्डको पानी
13.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
14.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
15.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
16.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
17.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
18.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
19.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
20.   रसुवाली समाज यूएईको गठन
21.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
22.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
23.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
24.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
25.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
Results 391: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media